Ntc summer Offer
Khabar Dabali ६ भाद्र २०८२ शुक्रबार | 22nd August, 2025 Fri
Investment bank

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

खबरडबली संवाददाता

चीन । चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस तुरुन्तै बन्द गर्न शुक्रबार आग्रह गरेका छन् । शुक्रबार इजरायलले इरानमा आक्रमण गरी इरानको आणविक सुविधाहरूलाई क्षति पुर्‍यायो ।

इरानको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डता उल्लङ्घन गर्ने इजरायलको कार्यको चीनले निन्दा गर्दछ, संयुक्त राष्ट्रका लागि चिनका स्थायी प्रतिनिधि फु कङ्गले भने । चीन तनाव र द्वन्दको विस्तारको विरोधमा भएको जनाउँदै उनले इजरायली अपरेसनको परिणामको बारेमा चिन्तित रहेको सुरक्षा परिषद्को आपतकालीन बैठकमा बताए । द्वन्दको वृद्धिले कसैको हितमा काम नगर्ने बताउँदै इजरायललाई तत्काल सबै सैन्य दुस्साहस बन्द गर्न र थप तनावबाट बच्न आग्रह गरे । 

उनले चीनको पक्षबाट सम्बन्धित पक्षहरूलाई राष्ट्रसङको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न, र कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न र क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न आह्वान गरे । हालको घटनाक्रमको नकारात्मक प्रभाव बारे चिन्ता व्यक्त गर्दै चीन सधैँ वार्ताको माध्यमबाट इरानको आणविक सवाललाई शान्तिपूर्ण समाधान गर्न प्रतिबद्ध रहि आक्रमणको विरोध गरेको उनले बताए । 

आणविक सन्धिको एक पक्षको रूपमा, इरानको आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगको अधिकारलाई पूर्ण रूपमा सम्मान गर्नु पर्ने उनले उल्लेख गरे । उनले इजरायलमाथि प्रभाव भएका देशहरूले रचनात्मक भूमिका खेल्नु पर्ने र सुरक्षा परिषद्ले आफ्ना प्रस्तावको कार्यान्वयन सुनिश्चित गरी शान्ति कायम गर्ने बडापत्रमा लिपिबद्ध माध्यमहरू प्रयोग गर्नु पर्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला सीमाका कारण लागुऔषध नियन्त्रण चुनौतीपूर्ण छ: डिआइजी कार्की

धनकुटा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी ईश्वर कार्कीले खुला सीमाका कारण दक्षिणी क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौतीपूर्ण...

इजरायलकाे गाजा सहर कब्जा गर्ने याेजनाकाे विपक्षमा विश्वका नेताहरू

इजरायल । इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमणलाई अझ बढाउने र पश्चिम किनारको ई–१ क्षेत्रमा अवैध बस्ती विस्तार गर्ने योजना बनाएपछि विश्वभरका नेताहरूले...

पुटिनसँग शिखर सम्मेलनभन्दा पहिला सुरक्षाको सुनिश्चितता हुनुपर्छ : जेलेंस्की

किएभ । युद्ध रोकिएपछि भविष्यमा हुने रुसी आक्रमण रोक्नका लागि युक्रेनका लागि सुरक्षा प्रत्याभूति युक्रेनको पहिलो शर्त भएको युक्रेनका राष्ट्रपति भोलोदिम...

पर्वतमा पाँच वर्षमा पनि सञ्चालन भएनन् आधारभूत अस्पताल

पर्वत । एक पालिका एक अस्पताल अभियानअन्तर्गत विगत पाँच वर्ष अघिदेखि जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण थालिएका कुनै पनि आधारभूत अस्पताल हालसम्म सञ्च...

खेती गर्दै आएको जग्गाको लालपुर्जा पचास वर्षपछि...

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ का ८३ वर्षीया जयकुमारी तामाङ आफूले खेती गर्दै आएको जग्गाको लालपुर्जा हातमा प्राप्त हुँदा खुसी छि...

पाथीभरामा सङ्कलित ३६ क्विन्टल सिक्काको गणना सुरु

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा गत १० महिनामा सङ्कलित ३६ क्विन्टल सिक्काको गणना कार्य सुरु भएको छ ।  पाथीभरा क्षेत्र विकास सम...

पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने

काठमाडौं । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको छ । विभागले कार्यसम्पादनलाई क्रमशः संस्थागत, प्रक्रियागत सरलीकरण, प्रणाल...

पत्रकारलाई खोज पत्रकारिता गर्न पूर्वसभामुखकाे सुझाव

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले पत्रकारहरूले खोज पत्रकारिता क्षेत्रमा सक्...

सहकारीमा राखेको बचत फिर्ता नपाउँदा निक्षेपकर्ता भौतारिँदै हिँड्न बाध्य

बाँके । नेपालगन्जका सहकारीमा राखेको बचत फिर्ता नपाउँदा निक्षेपकर्ता भौतारिँदै हिँड्न बाध्य भएका छन् ।पाँच वर्ष अघिदेखि नेपालगन्जको एउटा सहकारी संस्थाम...

चौध वर्षदेखि ‘शीत भण्डार’ प्रयोगविहीन

इलाम । इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि प्रयोगविहीन बनेको छ । इलाम नगरपालिका–९ सेरामा करोडौं खर्चेर निर्माण गरिएको स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending