Ntc summer Offer
Khabar Dabali ६ श्रावण २०८२ सोमबार | 21st July, 2025 Mon
Investment bank

माेरङमा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

खबरडबली संवाददाता

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज  श्रीमान श्रीमतीको मृत्यु भएको छ ।

स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू तथा उनको श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन । 

मदेली खोलाको पुलमुनि विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिइन । लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’  गरेर खोलामा करेन्ट प्रवाह गर्दा अचानक करेन्ट लागेर दुवै जनाको  घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थल पुगेर इलाका प्रहरी कार्यालय बेलबारी नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवपरीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको  जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण भएको छ । आगामी पुस १३ गते सम्पन...

बलात्कार मुद्दामा मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा पक्राउ

काठमाडाैं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार मुद्दामा पक्राउ परेका हुन् ।  आइतबार पक्राउ गरी उनलाई अदालतमा उपस्थित गराइए...

मकवानपुरमा लागुऔषधसहित सातजना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषध खैरो हेरोइनसहित सातजनालाई पक्राउ गरेको छ ।  लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा साउन २ र...

पर्वतमा पहिरोले घर पुर्दा श्रीमान-श्रीमतीको मृत्यु

पर्वत । शनिबार रातिदेखिको अविरल वर्षाको कारण आएको पहिरोले घर पुर्दा पर्वतको मोदी गाउँपालिकामा दुईजनाको मृत्यु भएको छ । मोदी–३ देउराली लाङ्दीमा घरमा...

भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछ : स्वास्थ्यमन्त्री

नवलपरासी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाबापतको भुक्तानी गर्नुपर्ने सबै रकम भदौ महिनाभित्रमा भुक्तानी गरिने बताएका छन् ...

एमालेले देश, जनता र गठबन्धनलाई धोका दियाे: काेइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीय निजामती विधेयकमा आफ्ना सांसदलाई संशोधन हाल्न लगाएर एमालेले देश, जनता र गठबन्धनलाई धोका दिए...

सुनसरीमा डुबेर दुई बालककाे मृत्यु

सुनसरी । इटहरीको ट्याङ्ग्राखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–३ स्थित खोलामा साथीसँग पौडी खेल्ने क्रममा आज दिउँसो दुई जनाको ...

हा लङ बे पर्यटक डुङ्गा डुब्दा भियतनाममा दर्जनौँको मृत्यु

भियतनाम । भियतनामको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यमध्ये एकमा डुङ्गा डुब्दा कम्तीमा ३८ जनाको मृत्यु भएपछि उद्धारकर्ताहरूले आइतबार बेपत्ता पाँच जनाक...

इक्वेडरको पर्यटकीय सहरमा पुल बारमा गोली हानी नौ जनाको हत्या

इक्वेडोर । इक्वेडरको दक्षिणपश्चिमी पर्यटकीय सहरमा पुल खेलिरहेका बेला शनिबार कम्तीमा नौ जनाको गोली हानी हत्या गरिएको देशको अभियोजकको कार्यालयले जनाएको ...

ताप्लेजुङमा ४२ प्रतिशत रोपाइँ

ताप्लेजुङ । ताप्लेजुङमा हालसम्म करिब ४२ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार आइतबारसम्ममा कुल ४२.७३ प्रतिशत मात्र धान र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending