Ntc summer Offer
Khabar Dabali ६ श्रावण २०८२ सोमबार | 21st July, 2025 Mon
Investment bank

नागरिकलाई भरपर्दो यातायात सेवा उपलब्ध गराउनु पर्छ: देउवा

खबरडबली संवाददाता

ललितपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन समारोहमा सभापति देउवाले व्यावसायिक हक–हितको संरक्षणसँगै आम नागरिकलाई भरपर्दो यातायात सेवा उपलब्ध गराउनु साझा दायित्व भएको उल्लेख गरे ।

दुर्घटना न्यूनीकरणको दिशा र सुरक्षित यात्राको सुनिश्चितताका लागि यातायात व्यवसायीको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । “कठिन भौगोलिक अवस्थाका कारण देशका विभिन्न स्थानमा यातायातका साधन सञ्चालन गर्न जटिलता रहँदै आएको छ, पछिल्लो समय दिनहुँजसो भइरहेका सवारी दुर्घटनाले आम नागरिकको जीवन र सुरक्षामा गम्भीर चुनौती खडा गरेको छ, कांग्रेसले यी समस्यालाई गम्भीरतापूर्वक लिएको छ,” सभापति देउवाले भने । 

यातायात क्षेत्रमा देखिएका विविध समस्याको समाधानतर्फ लोकतान्त्रिक यातायात व्यवसायी सङ्घमा आबद्ध व्यक्तिको एकताबद्ध प्रयास र सहकार्य आवश्यक हुने उनले बताए । “लोकतान्त्रिक मूल्य मान्यतामा आस्थावान् यातायात व्यवसायीको हक हितका लागि कांग्रेसको सदैव साथ रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु”, सभापति देउवाले भने ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले विभागहरुको काम पार्टीको क्रियाशीलतासँगै त्यस क्षेत्रमा रहेका समस्याबारेमा पैरवी गर्ने रहेको उल्लेख गर्दै पार्टीको विज्ञ संस्थाका रुपमा विभिन्न विभागले काम गर्नुपर्नेमा जोड दिए । “सार्वजनिक यातायात लोकतन्त्रको महत्वपूर्ण पक्ष हो, सार्वजनिक यातायातको क्षेत्र  प्रभावकारी, सुरक्षित र बलियो हुँदा लोकतन्त्र बलियो हुन्छ, काठमाडौँको ट्राफिक जामले वार्षिक रु  ४० अर्ब खेर गएको छ, यहाँको सार्वजनिक यातायात बलियो र प्रभावकारी भए यी सबै समस्या समाधान हुन्छन्, हाम्रो सार्वजनिक यातायात अत्यन्तै चुनौतीपूर्ण छ,” उनले भने । 

धेरै जसो देशमा सार्वजनिक क्षेत्रमा साझेदारी लगानी भएकाले सफल हुँदै गएको उल्लेख गर्दै हाम्रो देशमा पनि सार्वजनिक क्षेत्रमा एकल निजी लगानीलाई भन्दा साझेदारी लगानीलाई प्रोत्साहित गरेर व्यवस्थापन गर्न जोड दिनुपर्नेमा ध्यानाकर्षण गराए । महामन्त्री थापाले बन्दकोठामा हुने नीतिगत छलफललाई बढी प्रभावकारी बनाएर उपभोक्ता मैत्री बनाउन कानुन बनाउन लागिपर्ने उल्लेख गर्दै विभागलाई सुझाव दिन आग्रह गरे । उनले नाफामा केन्द्रित हुने निजी क्षेत्रको चरित्र अनिवार्य भएको भन्दै यातायात क्षेत्रलाई नाफामुखीभन्दा सेवामुखी, प्रविधिमैत्री र व्यवस्थित बनाउन थप काम गर्न पार्टी तत्पर रहने बताए । उनले सौहार्द्रपूर्ण तरिकाले सङ्घको नेतृत्व चयन भएकामा खुसी व्यक्त गरे ।

पार्टी केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले यातायात क्षेत्रमा विगतमा आफूले विभिन्न अवरोध झेल्दै नेतृत्वदायी भूमिका खेलेको जिकिर गर्दै सबै किसिमको व्यवस्थापन गरी व्यवस्थित प्रबन्धका साथ यातायात व्यवसाय सञ्चालन गर्न आग्रह गरे । उनले यातायात क्षेत्रमा नेपालीको ठूलो लगानी रहेको र नेपाल सरकारलाई कर तिर्ने महत्वपूर्ण क्षेत्र यातायात क्षेत्र भएको बताए ।

पार्टी केन्द्रीय सदस्य एवम् सार्वजनिक यातायात समन्वय विभाग प्रमुख शिवप्रसाद हुमागाईंले पार्टीको संरचनाभित्र रहेको लोकतान्त्रिक यातायात व्यवसायी सङ्घलाई प्रदेश र जिल्ला तहमा समेटिएको बताए । उनले रु १३ खर्बभन्दा बढी लगानी भएको सार्वजनिक यातायात क्षेत्रले सरकारी राजस्वका साथै रोजगारीमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको धारणा राखे ।

नेपाली कांग्रेस काठमाडौँका सभापति सवुजकृष्ण बानियाँले सार्वजनिक सेवाको क्षेत्रमा खटिएर लागेको पार्टीको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घले समयमै सभ्य रुपमा महाधिवेशन सम्पन्न गरेर महत्वपूर्ण जिम्मेवारी र उत्कृष्ट भूमिका निर्वाह गर्दै पार्टीलाई बलियो बनाउने काम गरेको बताए । पार्टीका ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठले पार्टीभित्रको अन्तरविरोध र वैमनस्यता हटाउँदै पार्टीलाई बलियो बनाउन १५औँ महाधिवेशनमा  सबै तहमा सर्वसम्मत नेतृत्व चयनको अभ्यास अवलम्बन गरिनुपर्नेमा जोड दिए ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट र नेपाल यातायात मजदुर सङ्घका केन्द्रीय अध्यक्ष धर्मराज भण्डारीले यातायात व्यवसायलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाइनुपर्ने बताए । सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन गत  वैशाख १० र ११ गते काठमाडौँमा सम्पन्न भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण भएको छ । आगामी पुस १३ गते सम्पन...

बलात्कार मुद्दामा मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा पक्राउ

काठमाडाैं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार मुद्दामा पक्राउ परेका हुन् ।  आइतबार पक्राउ गरी उनलाई अदालतमा उपस्थित गराइए...

मकवानपुरमा लागुऔषधसहित सातजना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषध खैरो हेरोइनसहित सातजनालाई पक्राउ गरेको छ ।  लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा साउन २ र...

पर्वतमा पहिरोले घर पुर्दा श्रीमान-श्रीमतीको मृत्यु

पर्वत । शनिबार रातिदेखिको अविरल वर्षाको कारण आएको पहिरोले घर पुर्दा पर्वतको मोदी गाउँपालिकामा दुईजनाको मृत्यु भएको छ । मोदी–३ देउराली लाङ्दीमा घरमा...

भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछ : स्वास्थ्यमन्त्री

नवलपरासी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाबापतको भुक्तानी गर्नुपर्ने सबै रकम भदौ महिनाभित्रमा भुक्तानी गरिने बताएका छन् ...

एमालेले देश, जनता र गठबन्धनलाई धोका दियाे: काेइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीय निजामती विधेयकमा आफ्ना सांसदलाई संशोधन हाल्न लगाएर एमालेले देश, जनता र गठबन्धनलाई धोका दिए...

सुनसरीमा डुबेर दुई बालककाे मृत्यु

सुनसरी । इटहरीको ट्याङ्ग्राखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–३ स्थित खोलामा साथीसँग पौडी खेल्ने क्रममा आज दिउँसो दुई जनाको ...

हा लङ बे पर्यटक डुङ्गा डुब्दा भियतनाममा दर्जनौँको मृत्यु

भियतनाम । भियतनामको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यमध्ये एकमा डुङ्गा डुब्दा कम्तीमा ३८ जनाको मृत्यु भएपछि उद्धारकर्ताहरूले आइतबार बेपत्ता पाँच जनाक...

इक्वेडरको पर्यटकीय सहरमा पुल बारमा गोली हानी नौ जनाको हत्या

इक्वेडोर । इक्वेडरको दक्षिणपश्चिमी पर्यटकीय सहरमा पुल खेलिरहेका बेला शनिबार कम्तीमा नौ जनाको गोली हानी हत्या गरिएको देशको अभियोजकको कार्यालयले जनाएको ...

ताप्लेजुङमा ४२ प्रतिशत रोपाइँ

ताप्लेजुङ । ताप्लेजुङमा हालसम्म करिब ४२ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार आइतबारसम्ममा कुल ४२.७३ प्रतिशत मात्र धान र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending