स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको छ ।
वालिङ नगरपालिकाको ‘एक विद्यालय एक करेसाबारी अभियान’ अन्तरगत सिक्दै कमाउँदै कार्यक्रममार्फत विद्यालयले मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आइरहेको छ ।
विद्यालयले शैक्षिक सत्र २०८१ देखि यो कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक मित्रलाल खनालले जानकारी दिए। नगरपालिकाले यो कार्यक्रम सञ्चालनका लागि शैक्षिक वर्ष २०८१ मा रु एक लाख उपलब्ध गराएको थियो भने चालु शैक्षिक वर्षका लागि रु एक लाख उपलब्ध गराउने गरी सम्झौता भइसकेको उनले बताए ।
सरकारले कक्षा १–५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि प्रति विद्यार्थी रु १५ उपलब्ध गराउँदै आएको छ । कक्षा १–८ सम्म सञ्चालनमा रहेको यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको उनले बताए ।“विद्यालयसँगै जोडिएको स्थानीयको तीन रोपनी जग्गा भाडामा लिएर शिक्षक विद्यार्थी मिलेर मौसमी तथा बेमौसमी जातका तरकारी उत्पादन गर्दै आएका छौँ” उनले भने, “यहाँ उत्पादन भएको तरकारी विद्यालयको दिवा खाजामा प्रयोग गर्छौँं ।”
दिवा खाजामा प्रयोग गरेर रहेको उत्पादनलाई बिक्री गरी चामल, चना लगायतका अन्य खाद्यान्न विद्यालयले खरिद गर्दै आएको छ । कक्षा ६, ७, ८ का विद्यार्थी र शिक्षकहरुले कक्षा खाली भएका बेला, बिदाका दिनमा सामूहिकरुपमा करेसाबारीमा तरकारी लगाउन सिक्ने गरेका छन् ।
मलखाद बोक्ने, खनजोत गर्ने अथवा भारी कामका लागि कामदार खोज्ने र हल्का काम शिक्षक विद्यार्थीबाट हुने गरेको छ । करेसाबारीमा टनेलभित्र र बाहिर गरी मौसमी र बेमौसमी तरकारी अन्तरगत करेला, घिरौँला, काँक्रा, खुर्सानी, गोलभेडा, काउली, बन्दा, आलु, प्याज, लसुन उत्पादन गर्दै आएको छ ।
विद्यालयले गत शैक्षिक सत्र २०८१ मा रु ८० हजारको गोलभेडा लगायतका तरकारी बिक्री गरेर आम्दानीसमेत गर्न सफल भएको उनले बताए। यसवर्ष दिवा खाजामा प्रयोग गर्न मिल्ने खालका तरकारीसँगै व्यावसायिकरुपमा अकबरे खेती गरिएको छ । अहिले विद्यालयको करेसाबारीमा एक हजार बोट अकबरे खुर्सानी लगाइएको छ ।
विद्यार्थीले पढाईसँगै दैनिक जीवनमा प्रयोग हुने ज्ञान सीप विद्यालयमै सामूहिकरुपमा सिक्न पाएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र खाण ठकुरीले बताए । “विद्यालयमा सिकेको सीप आफ्नो घरमा आएर पनि प्रयोग गर्न विद्यार्थीहरु सक्ने भएका छन्” उनले भने, “यसबाट विद्यार्थी तथा अभिभावकहरुमा सकारात्मक सन्देश गएको छ, सिक्दै कमाउँदै कार्यक्रम प्रभावकारी भएको छ ।”ग्रामीण भेगमा रहेको उक्त विद्यालयमा ७६ जना विद्यार्थी र ११ जना शिक्षक तथा कर्मचारी रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - २२:३२
पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ वर्षीय सम्मरबहादुर र...
जेष्ठ १६ गते, २०८३ - २२:२७
काठमाडौं । काठमाडौं महानगरपालिका–११ ले ७० वर्ष उमेर पूरा गरेका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा सहभागी गराएको छ। घर र सहरको व्यस्तताबीच एक्लोपन...
जेष्ठ १६ गते, २०८३ - २२:२२
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले घरजग्गा तथा रियल इस्टेट क्षेत्रलाई चलायमान बनाउन सरकारसँग नीतिगत तथा कानुनी सहजीकरणको माग गरेको छ। संघले ह...
जेष्ठ १६ गते, २०८३ - २२:१३
काठमाडौं । सरकारले भाडामा सञ्चालन हुने सार्वजनिक तथा व्यावसायिक सवारी साधनहरूको वार्षिक आयकरमा उल्लेख्य वृद्धि गरेको छ। नयाँ आर्थिक वर्षको व्यवस्थाअनु...
जेष्ठ १६ गते, २०८३ - २२:०५
काठमाडौं । आगामी साताभर देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ। स्थानीय वायु, पश्चिमी वायु तथा नेपालको दक्षिणतर्फ रहेको न्यूनचापीय क्षेत्रको ...
जेष्ठ १६ गते, २०८३ - २१:५८
महोत्तरी । गौशाला नगरपालिकाले बजार क्षेत्रस्थित केही जग्गामा बनेका घरहरू हटाउने तयारी अघि बढाएपछि स्थानीय बासिन्दाले त्यसको विरोधमा संघर्ष समिति गठन ग...
जेष्ठ १६ गते, २०८३ - २१:५५
काठमाडौं । नेकपा (एमाले) ले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई गैरजिम्मेवार, हावादारी र जनअपेक्षाअनुसारको नभएको निष्कर्ष निकालेको छ। ...
जेष्ठ १६ गते, २०८३ - २१:४४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विभाजनको चर्चा चुलिएका बेला पार्टीका तीन पूर्वअध्यक्षहरूले नेता तथा कार्यकर्तालाई संगठन निर्मा...
जेष्ठ १६ गते, २०८३ - २१:४३
सर्लाही । चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा सर्लाहीको रामनगरका एक महिलाको मृत्यु भएको छ । रामनगर गाउँपालिका–६, मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिय...
जेष्ठ १६ गते, २०८३ - २१:३६
म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएका म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि आज भेटिएको छ । वैशा...



प्रतिकृया लेख्नुहोस्: