बर्लिन । गरिबी र द्वन्द्वबाट बच्नका लागि विभिन्न मुलुकबाट खतरनाक समुद्री बाटो हुँदै समुद्री युरोप पुग्ने क्रममा विगत १० वर्षमा भूमध्यसागर क्षेत्रबाट एक लाख ७५ हजारभन्दा बढी आप्रबासीलाई उद्धार गरिएको त्यहाँ उद्धारमा खटेका विभिन्न सङ्घसङ्गठनले जनाएका छन् ।
यस क्षेत्रमा क्रियाशील २१ गैरसरकारी संस्थाको समूहले सन् २०१५ देखि अहिलेसम्म समुद्र पार गर्ने क्रममा कम्तीमा २८ हजार ९३२ जनाको मृत्यु भएको अनुमान गरेको छ । लिबिया, ट्युनिसिया, इटाली र माल्टाको बीचमा रहेको मध्य भूमध्यसागरीय क्षेत्रमा अधिकांशको मृत्यु भएको जर्मन गैरसरकारी संस्था ‘एसओएस ह्युम्यानिटी’का मिर्का शेफरले बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
सो क्षेत्रमा विगत एक दशकमा हरेक दिन पाँच वयस्क र एक बालबालिकाले ज्यान गुमाउनुपरेको उनले बताए । रेकर्ड नगरिएका घटनाहरूको सङ्ख्या ‘उल्लेखनीय रूपमा बढी’ हुन सक्ने उनले बताए । यस क्षेत्रमा हाल सामुद्रिक उद्धारमा संलग्न २१ संस्थामध्ये १० वटा जर्मनीमा रहेका छन् । यी समूहले १५ वटा डुङ्गा, चारवटा पानीजहाज र चारवटा विमान सञ्चालन गर्दै आएका छन् ।
सन् २०१५ मा युरोपको आप्रवासन सङ्कट सुरु भएपछि सुरु गरिएको उद्धार कार्यलाई लिएर यी सङ्गठन र अधिकारीबीच बारम्बार झगडा हुने गरेको छ । इटालीमा वर्तमान सरकारले गैरसरकारी संस्थाहरू प्रस्थानलाई प्रोत्साहित गर्ने मुख्य तत्व भएको भन्दै उनीहरूमाथि निगरानी कडा बनाएको छ । आफुहरूमाथि लागेका आरोपहरूको आप्रवासन पर्यवेक्षकहरूले अप्रमाणित दावी भन्दै खण्डन गर्नेगरेका छन् ।
इटालीको जर्जिया मेलोनीको कट्टर दक्षिणपन्थी सरकारले उद्धार जहाजहरूलाई निर्दिष्ट बन्दरगाहमा फर्कन आवश्यक कानून पारित गरेको छ, गैरसरकारी संस्थाहरूले यो उपाय समुद्री कानूनको विपरीत भएको बताएका छन् । “हामीमाथि दबाब बढिरहेको छ,” शेफरले जर्मन सरकारको सहयोगको अभावको आलोचना गर्दै भने ।
सी वाचका प्रवक्ता गिउलिया मेस्मरले पत्रकार सम्मेलनमा भने, “उद्धार सङ्गठनहरूले बर्लिनलाई ‘इयूद्वारा पूर्ण रूपमा वित्त पोषित एक प्रभावकारी, समन्वयित समुद्री उद्धार कार्यक्रम’ लाई समर्थन गर्न आह्वान गरिरहेका छन् । जर्मन सरकार र युरोपेली आयोगमा पठाइएको प्रस्तावमा इयूले उद्धार गस्ती र आगमन केन्द्रहरूमा वार्षिक १० करोड ८० लाख देखि २४ करोड युरो (१२ करोड ४० लाखदेखि २७ करोड ६० लाख अमेरिकी डलर) खर्च गर्न आह्वान गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: