इन्डोनेसिया । इन्डोनेसियाको पूर्वमा ज्वालामुखी विस्फोट भएपछि रिसोर्ट टापु बाली जाने र आउने दर्जनौँ उडानहरू बुधबार रद्द गरिएको अधिकारीहरूले बताएका छन् ।
पर्यटकीय टापु फ्लोर्समा रहेको एक हजार पाँच सय ८४ मिटर (पाँच हजार एक सय ९७ फिट) अग्लो ज्वालामुखी माउन्ट लेवोटोबी लाकी–लाकी मङ्गलबार विस्फोट भएपछि अधिकारीहरूले यसको सतर्कता स्थिति चार–स्तरीय प्रणालीको उच्चतम स्तरमा बढाएका छन् ।
“पूर्वी नुसा तेङ्गारामा लेवाटोबी लाकी–लाकीको ज्वालामुखी गतिविधिका कारण आई गुस्ती नगुराह राय विमानस्थलमा धेरै उडान रद्द गरिएको छ”, विमानस्थल अपरेटर अङ्कासा पुरा इन्डोनेसियाले एक विज्ञप्तिमा एएफपीलाई बताएको छ ।
रद्द गरिएका उडानहरूमा अस्ट्रेलियाका सहरहरूमा जेटस्टार र भर्जिन अस्ट्रेलिया सेवाहरू समावेश छन् । यस्तै एयर इन्डिया, एयर न्युजिल्याण्ड, सिङ्गापुरको टाइगरएयर र चीनको जुनेयाओ एयरलाइन्सले पनि ‘ज्वालामुखीका कारण’ उडानहरू रद्द गरेको बालीको अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाइटले जनाएको छ । जेटस्टारले बुधबार आफ्नो वेबसाइटमा एक विज्ञप्तिमा बाली जाने र आउने उडानहरू रद्द भएको पुष्टि गरेको छ ।
“पूर्वानुमानले आज रातिसम्म खरानीको बादल सफा हुने अपेक्षा गरिएको छ । नतिजाका रूपमा आज दिउँसोका उडानहरू आज साँझपछि सञ्चालन गर्न ढिलाइ हुनेछ”, जेटस्टारले भन्यो । फ्लोर्समा लोकप्रिय पर्यटकीय हटस्पट लाबुआन बाजोका लागि प्रस्थान गर्ने धेरै घरेलु एयरएसिया उडानहरू पनि रद्द गरिएका छन् ।
बालीको नगुराह राई विमानस्थलले आन्तरिक र अन्तर्राष्ट्रिय मार्गमा टापुभित्र र बाहिरका ३२ वटा उडान रद्द गरिएको बताएको छ । विमानस्थलका एक ग्राहक सेवा एजेन्टका अनुसार उडानहरू रद्द भए पनि उड्डयन हब अझै पनि सामान्य रूपमा सञ्चालन भइरहेको छ । “यो मार्ग र एयरलाइन्समा पनि निर्भर गर्दछ”, नाम उल्लेख गर्न नमान्ने ती एजेन्टले भने ।
फ्लोरेस टापुको माउमेरे नजिकैको अपेक्षाकृत सानो विमानस्थल फ्रान्सिस्कस जाभेरियस सेडा विमानस्थल बिहीबार बिहानसम्म बन्द गरिएको अधिकारीहरूले सामाजिक सञ्जालमा बताएका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: