भारत । भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण सोमबारदेखि कम्तीमा १८ जनाको मृत्यु भएको राज्य अधिकारीहरूले बताएका छन् । अधिक भारी मनसुनी वर्षाका लागि तयारी गरिरहेका राज्यका दक्षिणका बासिन्दाहरूलाई सहयोग गर्न विपद् प्रतिक्रिया टोलीहरू तैनाथ गरिएको छ ।
“वर्षासँग सम्बन्धित घटनामा १८ जनाको ज्यान गएको छ, विपद् प्रतिक्रिया टोलीहरूले तल्लो क्षेत्रमा दर्जनौँलाई उद्धार गरेका छन्”, राज्य सरकारले मङ्गलबार राति भनेको छ । सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा पालिताना र जेसर सहरहरू समावेश छन् । यी सहरमा मङ्गलबार पछिल्लो २४ घण्टामा आठ सय ६७ मिलिमिटर (३४ इन्च) वर्षा भएको छ ।
राज्य राहत आयुक्त आलोककुमार पाण्डेले खराब मौसमका कारण आँधीबेहरी, चट्याङ र संरचनात्मक पतनका कारण १८ जनाको मृत्यु भएको बताए । “स्थितिलाई सम्हाल्न राज्य पूर्णरूपमा तयार छ र द्रुत राहत तथा उद्धार कार्य सुनिश्चित गर्न अन्तर-विभागीय समन्वयलाई तीव्र बनाइएको छ”, पाण्डेले भने । उद्धार गरिएकामध्ये गढडा क्षेत्रका आँपको बगैँचामा फसेका १८ जना खेत मजदुर र सुरेन्द्रनगर जिल्लाका २२ जना थिए ।
त्यहाँ बगिरहेको नदीको पानी उनीहरूको घरमा प्रवेश गरेको थियो । भारतको जुनदेखि सेप्टेम्बरसम्मको वार्षिक मनसुनी मौसमले तीव्र गर्मीबाट राहत दिन्छ र पानीको आपूर्ति पुनःपूर्तिका लागि महत्त्वपूर्ण छ । तर एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतभरि आकस्मिक बाढी र भूस्खलनका कारण हरेक वर्ष वर्षाको मौसममा धेरै मानिसको मृत्यु हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: