Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

विपद् आउनुभन्दा पहिले सम्पूर्ण तयारीमा जुटाैँ: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्न सबैलाई आग्रह गरेका छन् ।

पार्टीको विपद् व्यवस्थापन विभागले शुक्रबार राजधानीमा गरेको ‘नेपालमा विपद्को अवस्था, समस्या र समाधान’ विषयक अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले मौसम विभागले ठुलो विपद् आउन सक्ने अनुमान गरेकाले पूर्व तयारीमा जुट्न सरकारी, गैरसरकारी, राजनीतिक दल, भातृसंगठन लगायत सबैलाई आग्रह गरेका हुन् ।

‘यसवर्ष मौसम पहिलाको भन्दा अझ ठुलो स्केलको हुन्छ भन्ने मौसमविद्को अनुमान छ । त्यसकारण ठुलो खतराको सननिकट हामी छौँ । यसको तयारीका लागि सबै सरकारी गैरसरकारी, राजनीतिक दल, भातृसंगठन तथा सबै सङ्घ संस्थाहरू क्रियाशील हुनुपर्ने छ’, उनले भने, ‘विपद् नआउँदासम्म त्यसको तयारीमा त्यति ध्यान नदिने, आइसकेपछि तयारी नपुगेर ठुलो क्षतिको सामना गर्न बाध्य हुने । यो परिस्थितिको अन्त्यका निम्ति पनि हामीले आवश्यक ऐन, कानुन लगायत अन्य तयारी गर्नुपर्छ । विपद् आउनुभन्दा पहिले सम्पूर्ण तयारीमा जुट्न म आग्रह गर्छु ।’

यसमा राष्ट्रिय जोखिम न्यूनीकरण प्राधिकरणले बढी पहल लिन  जरुरी उनले बताए । प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण प्रधानमन्त्रीको कार्यालय अन्तर्गत राख्नुपर्ने विज्ञको सुझावको आधारमा यसको गम्भीरतालाई लिएर आजै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए ।

विपद् व्यवस्थापनको पूर्वतयारी, राहत तथा व्यवस्थापनका लागि सम्पूर्ण पार्टी र भातृसंगठनले स्वयम सेवक बनाएर जोखिम न्यूनीकरणमा भूमिका खेल्नमा उनले विश्वास व्यक्त गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: