Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

इजरायल र इरानबाट आफ्ना नागरिकको निकासीमा सरकारहरूको हतारो

खबरडबली संवाददाता

हङकङ । विश्वभरका सरकारहरूले द्रुत गतिमा बढिरहेको इजरायल–इरान द्वन्द्वमा फसेका आफ्ना हजारौँ नागरिकलाई निकाल्ने प्रयास गरिरहेका छन् । उनीहरूले बस र विमानहरू व्यवस्थित गरिरहेका छन् र केही अवस्थामा मानिसहरूलाई पैदल सीमा पार गर्न मद्दत गरिरहेका छन् ।

गत शुक्रबार इजरायलले इरानको आणविक र सैन्य सुविधाहरूलाई लक्षित गरी अभूतपूर्व बम आक्रमण अभियान चलाएपछि तेहरानबाट बदलाको कारबाही सुरु भएकाले विदेशीहरूले दुवै देश छाड्न हतार गरेका छन् । तर इजरायलको हवाई क्षेत्र बन्द भएपछि र दुई देशले भारी क्षेप्यास्त्र प्रहार गर्दा धेरै मानिसलाई तेस्रो देशहरूबाट निकालिएको छ ।

युरोप

युरोपेली देशहरूले पहिले नै इजरायलबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फिर्ता गरिसकेका छन् । चेक गणतन्त्र र स्लोभाकियाले मङ्गलबार सरकारी विमानमा एक सय ८१ जनालाई स्वदेश फिर्ता गरेको बताएका छन् ।

“हवाई क्षेत्र बन्द भएकाले सेनाको विमान सिधै इजरायल पठाउन सम्भव भएन”, चेक रक्षा मन्त्रालयले एक वक्तव्यमा भन्यो, “उद्धार गरिएकाहरूलाई बसमार्फत छिमेकी देशको एउटा विमानस्थलमा लगियो । उनीहरूले पैदल सीमा पार गरे ।”

जर्मन सरकारले जोर्डन हुँदै बुधबार र बिहीबार उडानहरू तय गरिएको बताएको छ भने पोल्यान्डले आफ्ना नागरिकहरू मध्ये पहिलो समूह बुधबार फर्कने बताएको छ ।

ग्रिसले आफ्ना एक सय पाँच नागरिक र धेरै विदेशी नागरिकलाई इजिप्ट हुँदै स्वदेश फिर्ता गरेको बताएको छ । एक सय ४८ जना यात्रु बोकेको निजी विमान मङ्गलबार बुल्गेरियाको राजधानी सोफियामा अवतरण गरेको छ ।

संयुक्त राज्य अमेरिका

इजरायलका लागि अमेरिकी राजदूतले बुधबार हवाई र समुद्री मार्गबाट अमेरिकीहरूलाई निकाल्ने योजना घोषणा गरेका छन् । “दूतावासले इजरायल छोड्न चाहने अमेरिकी नागरिकहरूका लागि निकासी उडान र क्रूज जहाज प्रस्थानमा काम गरिरहेको छ”, राजदूत माइक हकाबीले एक्समा पोस्ट गरे ।

अस्ट्रेलिया

अस्ट्रेलियाले इरानबाट करिब एक हजार पाँच सय र इजरायलबाट एक हजार दुई सयभन्दा बढी नागरिक निकाल्न थालेको छ । तर अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले मिसाइल आक्रमणले नागरिक विमानहरू कुनै पनि देशमा अवतरण गर्न धेरै जोखिमपूर्ण बनाएको बताए । 

“त्यहाँ नागरिक विमानहरू भित्र ल्याउने क्षमता छैन, यो धेरै जोखिमपूर्ण छ र हवाई क्षेत्र बन्द छ”, उनले राष्ट्रिय प्रसारणकर्ता एबिसीलाई भने, “हामीले भूमि सीमा पार गरेर अस्ट्रेलियालीहरूको सानो समूहलाई इजरायलबाट बाहिर निकाल्ने अवसर लिएका छौँ । हामी आगामी २४ घण्टामा अझ बढी गर्ने प्रयास गरिरहेका छौँ ।”

पाकिस्तान

पाकिस्तानले आफ्नो घर फर्कन चाहने पाकिस्तानीहरू बाहेक छिमेकी इरानसँगको सीमा नाकाहरू बन्द गरेको छ । अहिलेसम्म कम्तीमा दुई सय विद्यार्थीसहित करिब एक हजार पाकिस्तानी भागेका छन् । इरानबाट कूटनीतिज्ञका परिवार र केही गैर–आवश्यक कर्मचारीहरूलाई बाहिर निकालिएको विदेश मन्त्रालयले जनाएको छ ।

भारत

आर्मेनियाबाट विशेष उडानमा इरानबाट करिब एक सय १० भारतीय विद्यार्थी निकालिएको भारतको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

न्युजिल्यान्ड

न्युजिल्यान्डले बिहीबार इरानमा रहेको आफ्नो दूतावास बन्द गरेको र दुई जना कर्मचारी र उनीहरूको परिवारलाई भूमिबाट अजरबैजानमा लगेको बताएको छ । “इरान र इजरायलमा अन्य न्युजिल्यान्डवासीहरूको प्रस्थानमा सहयोग गर्ने अवसरहरू आयो भने हामी उनीहरूलाई तुरुन्तै पछ्याउने छौँ”, विदेशमन्त्री विन्स्टन पिटर्सले एक विज्ञप्तिमा भने । 

जापान

जापानले इजरायलमा बस्ने करिब एक हजार र इरानमा करिब दुई सय ८० जापानी नागरिकका लागि सैन्य विमानहरूलाई तयारी अवस्थामा राख्न आदेश दिएको सरकारी मन्त्रीहरूले जनाएका छन् ।

इरान र इजरायलमा रहेका जापानी दूतावासहरूले छिमेकी देशहरूमा नागरिकहरू निकाल्न बसहरू प्रयोग गर्ने तयारी गरिरहेको एक सरकारी प्रवक्ताले बताए । युद्ध सातौँ दिनमा प्रवेश गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: