Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

म्यानमारकी नेत्री आङ सान सुकीको ८० औँ जन्मदिन जेलमै

खबरडबली संवाददाता

याङगुन । म्यानमारकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८० औँ जन्मदिन सैन्य सरकारको हिरासतमा मनाएकी छिन् । हिरासतमा उनले आफ्नो बाँकी जीवनभर चल्ने सजायहरू भोगिरहेकाे छ । 

सुकी म्यानमारको एक दशकको लोकतान्त्रिक सुधारकालको प्रतिनिधि व्यक्तित्व थिइन् । सैन्य शासनबाट खुल्दै गर्दा उनि वास्तविक नेत्री बनेकी थिइन् । तर सन् २०२१ को विद्रोहमा जनरलहरूले सत्ता फिर्ता लिएपछि उनि भ्रष्टाचारदेखि लिएर कोभिड–१९ महामारीको प्रतिबन्ध उल्लङ्घन गर्ने अभियोगमा बन्दी बनाइन । २७ वर्षको सजाय भोगिरहेकी छिन् ।

“यो क्षणमा उत्सव मनाउन गाह्रो हुनेछ”, बेलायतका उनका ४७ वर्षीय छोरा किम एरिसले भने, “यो यति लामो समयदेखि चलिरहेकाले हामीले सहन सिकेका छौँ ।” उनले आफ्नी आमाको जन्मदिनसम्मका आठ दिनमा ८० किलोमिटर (५० माइल) दौडिरहेका छन् । आफ्नी आमाका लागि ८० हजारभन्दा बढी शुभकामना भिडियो सन्देशहरू सङ्कलन गरिरहेका छन् । 

तर सुकीले ती देख्न पाएकी छैनन् । उनि म्यानमारको फैलिएको राजधानी नेपिडोमा एकान्तमा छन् । जहाँबाट सेनाले गुरिल्ला लडाकूहरूविरुद्ध गृहयुद्धको निर्देशन गर्छ ।  एरिसले आफ्नी आमा जेल परेदेखि दुई वर्षअघि पत्रमार्फत एक पटक मात्र आफ्नी आमाबाट सुनेको बताए । “उहाँको अवस्था कस्तो छ हामीलाई थाहा छैन”, उनले भने । उनले आफ्नी आमाले मुटु, हड्डी र दाँतको समस्याको उपचार नपाएर पीडा भोगिरहेको हुनसक्ने डर व्यक्त गरे । 

के तपाईं अझै याद गर्नुहुन्छ ?

सैन्य नियन्त्रणमा रहेका म्यानमारको भागहरूमा कुनै औपचारिक उत्सवको योजना छैन, तर सैन्य नियन्त्रित मान्डले सहरमा अनुयायीहरूको एउटा समूहले उनको जन्मदिनअघि स्वतःस्फूर्त विरोध प्रदर्शन गरेको स्थानीय मिडियाले जनाएको छ ।

केही मास्क लगाएका प्रदर्शनकारीले सडकमा ‘डरबाट मुक्ति’ र ‘जन्मदिनको शुभकामना’ लेखिएका पर्चाहरू छरेका थिए र एक सदस्यले सामाजिक सञ्जालमा साझा गरिएको अस्थिर क्यामेराको फुटेजमा सुकीको तस्वीर समातेका थिए । “के तपाईं अझै यो महान् व्यक्तिलाई याद गर्नुहुन्छ रु”, भिडियोमा एक प्रदर्शनकारीले सोधे ।

सुकी बहुसङ्ख्यक बौद्ध देशमा निकै लोकप्रिय छिन् । तर उनले रोहिङ्ग्या मुस्लिम अल्पसङ्ख्यक विरुद्धको कारबाहीमा सेनापतिहरूको रक्षा गरेपछि सैन्य अधिग्रहण हुनुअघि विदेशमा लोकतन्त्रको प्रतीकका रूपमा उनको स्थिति ध्वस्त भएको थियो । म्यानमारको सेनाको लामो प्रभावको विरुद्धमा उनि शक्तिहीन रहेको तर्क गरे तापनि लाखौँ रोहिङ्ग्यालाई उनको शासनअन्तर्गत छिमेकी बङ्गलादेशमा भाग्न पठाइयो ।

तैपनि एकपटक सुकीलाई पुरस्कारहरूको वर्षा गर्ने संस्थाहरू र व्यक्तित्वहरूले तुरुन्तै आफूलाई टाढा राखे र उनको दोस्रो कारावासले धेरै कम अन्तर्राष्ट्रिय ध्यान पाएको छ ।

बन्द भएको जन्मदिन

म्यानमारको स्वतन्त्रता नायक आङ सानकी छोरी सुकी लगभग संयोगवश लोकतन्त्रकी च्याम्पियन बनिन । आफ्नो युवावस्थाको धेरै समय विदेशमा बिताएपछि उनि सन् १९८८ मा आफ्नी बिरामी आमाको हेरचाह गर्न फर्किइन । तर दमनद्वारा कुल्चिएको सैन्य विरोधी प्रदर्शनको नेतृत्व गर्न थाले । 

उनि १५ वर्षसम्म बन्द थिइन् । जसमध्ये अधिकांश समय उनको परिवारको याङ्गुन लेकसाइड हवेलीमा थियो । त्यहाँ उनले अझै पनि सीमा पर्खालमाथि भाषणका लागि भीड आकर्षित गरे । सेनाले निर्वासनमा गए स्वतन्त्रता दिने प्रस्ताव गरेको थियो तर उनको शान्त अस्वीकारले उनलाई स्पटलाइटमा ल्यायो र उनलाई सन् १९९१ को नोबेल शान्ति पुरस्कार दिलायो ।

सुकी सन् २०१० मा रिहा भइन । सन् २०१५ मा उनको नेसनल लिग फर डेमोक्रेसी पार्टीको चुनावी विजयमा नेतृत्व गरिन । सेनाद्वारा बनाइएको नियमहरूका कारण उनि कहिले पनि औपचारिक रूपमा राष्ट्रपति पदमा आउन सकिनन । 

यदि यी अस्सी वर्षीया आफ्नो वर्तमान कारावासबाट रिहा भइन् । एरिसले उनि सम्भवतः म्यानमारको राजनीतिमा ‘अग्रङ्क्तिको स्थिति’ बाट पछाडि हट्नुहुने भविष्यवाणी गरे ।  सेनाले यस वर्षको अन्त्यमा नयाँ चुनावको वाचा गरेको छ, तर सुकीको अहिंसक दृष्टिकोणका पूर्व अनुयायीहरू मिलेर बनेका धेरै समूहले तिनलाई बहिष्कार गर्ने तयारी गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE