पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं कार्यालयबाट खटी आएको टोलीले पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र पोखरिया नगरपालिकाका जिन्सी, प्रशासन तथा इन्धन वितरण शाखाका प्रमुख सन्दीप साहलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार काठमाडौंबाट खटिएको आयोगको टोलीले श्रीवास्तवलाई पोखरिया नगरपालिकामा कार्यरत रहँदा त्यहाँका विभिन्न योजनाहरूको स्वीकृति, खरिद आदेश तथा ठेक्कासम्बन्धी प्रक्रियामा अनियमितता गरेको आरोपमा पक्राउ गरेको हो भने सोही प्रकृतिका आरोपमा सन्दीप साह पनि पक्राऊ परेका हुन् ।
बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवलाई शुक्रवार बिहान वीरगन्ज १५ मा रहेको दिनबन्धु पेट्रोल पम्प अगाडि रहेको चिया पसलबाट पक्राऊ गरिएको थियो । त्यस्तै गरी पोखरिया नगरपालिकाका जिन्सी, प्रशासन तथा इन्धन वितरण शाखाका प्रमुख सन्दीप साहलाई आयोगको टोलीले वीरगन्जको प्रगतिनगरस्थित उनकै निवासबाट पक्राऊ गरेको हो ।
पक्राऊ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी ४ बजे काठमाण्डाैँ तर्फ लगिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने उद्देश्यले गैर कानुनी रकम मागेको र रकम लिएको प्रमाण भेटिएपछि अख्तियारले श्रीवास्तवविरुद्ध कानुनी कारबाही अघि बढाएको जनाईएको छ ।
पोखरिया नगरपालिकाका मेयर प्रदुमन चौहानका विश्वासपात्र साहलाई नगरपालिकाका विभिन्न आयोजना र सामान खरिदमा ठेकेदार तथा सेवाग्राहीहरूसँग अनधिकृत रूपमा आर्थिक लेनदेन गरेको आरोपमा आयोगले पक्राऊ गरेको हो ।
श्रीवास्तव एक महिना अघि मात्र पोखरिया नगरपालिकाबाट सरुवा भई बहुदरमाई नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर आए । उनि पोखरिया नगरपालिकामा रहँदा कर्मचारी नियुक्तिमा आर्थिक अनियमितता भएको, विभिन्न योजनाहरूको स्वीकृति, खरिद आदेश तथा ठेक्कासम्बन्धी प्रक्रियामा अनियमितता भएको भनी अख्तियारमा उजुरी परेपछि अनुसन्धानका क्रममा अख्तियारले यसअघि नै छापामारी गरी केही कागजात नियन्त्रणमा लिई अनुसन्धान गरी रहेको थियो ।
अनुसन्धानमा क्रममा केही प्रमाण भेटिनु, लिखित स्पष्टीकरणहरू समेत अख्तियार कार्यालयमा समयमा नपठाउनु जस्ता कारणले अख्तियार कार्यालयले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव लगायत ६/७ जना उपर पक्राऊ पुर्जी नै जारी गरी पक्राऊ गर्न सुरु गरेको बुझिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: