Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

धनुषामा जङ्गली जनावर तर्साउन जडान गरिएको विद्युतीय धरापले किसानकै ज्यान लिँदै

खबरडबली संवाददाता

धनुषा । जङ्गली जनावरलाई तर्साउन खेतमा जडान गरिएका विद्युतीय धरापले किसानका लागि नै ज्यानमारा साबित हुन थालेका छन् । बिहीबार धनुषाको मिथिला नगरपालिका–१, ढल्केबरकी ५० वर्षीया मङ्गलीदेवी महतोको यस्तै विद्युतीय धरापमा परेरमा ज्यान गयो ।

स्थानीय किसान रामप्रमोद महतोले जङ्गली जनावरबाट आफ्नो खेतको अन्नबाली जोगाउन बिच्छ्याइएको नाङ्गो तारमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ । सँगै टाँसिएर रहेको आफ्नो खेतमा काम गर्ने क्रममा मङ्गलीदेवी झुक्किएर नाङ्गो तार छुन पुगेका छन् ।

पाँच महिना अघि पनि सोही क्षेत्रमा किसान गर्भु महतोले खेतमा जडान गरेको विद्युतीय तारमा करेन्ट लागेर २० वर्षीय मिथलेशकुमार महतोको ज्यान गएको थियो । त्यसअघि धनुषाधाम नगरपालिका–७ का २४ वर्षीय धनी यादवको पनि त्यस्तै घटनामा मृत्यु भएको थियो । पछिल्ला केही वर्षदेखि धनुषा जिल्लाको उत्तरी भेगका किसान जङ्गली जनावरले खेतको अन्नबाली नोक्सानी गर्न थालेपछि त्यसबाट बाली सुरक्षित राख्न किसानले विद्युतीय धराप बिच्छ्याउने गरेका छन् । खेतमा लगाइएका धान, मकै, गहुँ, तरकारीजस्ता मुख्य बाली खाएर नोक्सानी पुर्‍याउने गरेको स्थानीय किसानको गुनासो छ ।

यस्ता जनावरको झुण्ड खेतमा पसेपछि पूरै बाली नष्ट गरिदिन्छन् । कतिपय अवस्थामा रोपेको बाली उखेलिदिने, पाकेको बाली खाइदिएर नष्ट गरिदिने गरेका छन् । स्थानीय सुरज महतोले वन्यजन्तुले दिनदिनै खेतको अन्नबाली सखाप बनाउन थालेपछि किसानले खेतको चारैतिर नाङ्गो तार तानेर त्यसमार्फत करेन्ट प्रवाह गर्ने असुरक्षित उपाय अपनाउन थालेको बताए । 

यसले गर्दा अन्नबाली जोगिए पनि यो जोखिमपूर्ण उपाय किसानकै लागि घातक बन्न थालेको उल्लेख गर्दै उनले खेतमै काम गर्ने आफन्त, छिमेकी वा पशु समेत यसबाट घाइते वा मृत हुने घटना बढ्दै गएको जानकारी दिए । उनका अनुसार सरकार तथा सम्बन्धित निकायले वैकल्पिक प्रविधि र चेतनामूलक कार्यक्रम तत्काल नल्याएसम्म यस्तो असुरक्षित उपाय किसानले अपनाइरहने छन् ।

ढल्केबरका अर्का स्थानीय महेश महतोले यस्ता गतिविधिमा संलग्नलाई कानुन अनुसार कडा कारबाही हुनुपर्ने बताए । गाउँमा पटकपटक यस्तो घटना हुने गरेको बताउँदै उनले बाली सुरक्षाका लागि अन्य विधि अपनाउनुपर्ने जानकारी दिए । 

विद्युत प्राधिकरण सखुवा महेन्द्रनगर शाखाका प्रमुख प्रविणकुमार मिश्रका अनुसार नेपालमा खेतबारी जोगाउन करेन्ट प्रवाह गरिने व्यवस्था वैधानिक नभएको बताए । खुला रूपमा नाङ्गो तारमा करेन्ट प्रवाह गर्न पाइँदैन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: