Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

इरान–इजरायल युद्धः कूटनीतिक समाधानका लागि अवसरको खोजी गरिँदै

खबरडबली संवाददाता

जेरुसेलम । युरोपेली शक्तिहरूले शुक्रबार जेनेभामा इरानसँग वार्ता सुरु गरेका छन् । इरानसँगको वार्तामा युरोपेली मुलुकका नेताहरूले कूटनीतिक समाधानका लागि अवसरको ढोकाको बारेमा छलफल गरेका हुन् ।

इजरायलले शङ्कास्पद इरानी आणविक अनुसन्धान केन्द्रलगायत लक्ष्यमा रातभर दर्जनौँ आक्रमण गरेपछि इरानले इजरायलविरूद्ध क्षेप्यास्त्र प्रहार गरेको थियो ।

जेनेभा वार्ता

इरानका विदेशमन्त्री आबास अराघचीसँग जेनेभामा भएको वार्तामा युरोपका उच्च कूटनीतिज्ञले युद्धको कूटनीतिक समाधान’ दिन चाहेको बताएका छन् ।

वार्ताअघि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले वार्तामा फर्कन प्राथमिकता दिनु आवश्यक’ भएको र युरोपेली शक्तिराष्ट्रहरूले इरानलाई कूटनीतिक समाधान’ दिने बताएका थिए ।

बेलायत, फ्रान्स र जर्मनीका विदेशमन्त्री तथा युरोपेली सङ्घका उच्च कूटनीतिज्ञले तनाव कम गर्न आग्रह गरेका छन् भने बेलायती विदेशमन्त्री डेभिड ल्यामीले कूटनीतिक समाधान खोज्नका लागि आगामी केही दिन पहल गरिने बताएका छन् । 

इजरायलले वार्तामा इरानसँग ’दृढ अडान’ अपनाउन युरोपेली राष्ट्रहरूलाई दबाब दिँदै आफू उक्त बैठकमा सहभागी नहुने बताएको छ ।  “हामी आशा गर्दछौं, युरोपेली विदेश मन्त्रीहरूले ... आणविक कार्यक्रम पूर्ण रूपमा फिर्ता लिन, ब्यालेस्टिक क्षेप्यास्त्र शस्त्रागार र कार्यक्रमलाई अन्त्य गर्न, इरानको क्षेत्रीय आतङ्कवादी गतिविधिहरू अन्त्य गर्न माग गर्नेछन्,”  जेनेभाका लागि इजरायली राजदूत डेनियल मेरोनले पत्रकारहरूसँग भने । 

जर्मन पत्रिका बिल्डलाई दिएको अन्तर्वार्तामा इजरायलका उच्च कूटनीतिज्ञ गिदोन सारले आफू इरानसँगको कूटनीतिमा विश्वास नगर्ने बताए । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र प्रमुख शक्तिराष्ट्रबिच भएको आणविक सम्झौता त्याग्ने निर्णयलाई समर्थन गरेका सारले भने, “अहिलेसम्मका सबै कूटनीतिक प्रयास असफल भएका छन् ।”

यसअघि संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्सँग कुरा गर्दै अराघचीले इरान र अमेरिकाबीच आणविक वार्ता भइरहेका बेला इजरायलले सैन्य कारबाही गरेको भन्दै निन्दा गरेका थिए । इरानी मन्त्रीले भने, “जारी कुटनीतिक प्रक्रियाका बीच हामीमाथि आक्रमण भएको हो ।”

सुरक्षा परिषद्ले शुक्रबार युद्धबारे छलफल गर्ने तयारी गरिरहँदा संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले सबै पक्षलाई  शान्तिलाई अवसर दिन’ आग्रह गरे । 

आक्रमणको नयाँ दिन

इजरायलको सेनाले इरानमा क्षेप्यास्त्र प्रहार गरेको शुक्रबार जनाएको छ । इजरायलमा शुक्रबार दोस्रो पटक इरानबाट क्षेप्यास्त्र प्रहार गरिएपछि दिउँसो साइरन बजाइएको थियो र उद्धारकर्ताहरूले १६ वर्षीय एक किशोरसहित दुई जना घाइते भएको जानकारी दिएका थिए ।

एक सैन्य अधिकारीका अनुसार पछिल्लो समयमा इजरायलतर्फ करिब २० वटा क्षेप्यास्त्र प्रहार गरिएको छ । इजरायली अधिकारीहरुका अनुसार युद्ध सुरु भएयता इजरायलमा कम्तीमा २५ जनाको मृत्यु भइसकेको छ । इरानले आइतबार इजरायली आक्रमणमा सैन्य कमाण्डर, आणविक वैज्ञानिक र सर्वसाधारणसहित कम्तीमा २२४ जनाको मृत्यु भएको जनाएको छ । त्यसपछि अधिकारीहरूले मृतकको सङ्ख्यालाई अद्यावधिक गरेका छैनन् ।

इरान र इराकमा इजरायलविरोधी प्रदर्शन

इरानी राजधानी र अन्य शहरमा शुक्रबार साप्ताहिक प्रार्थनापछि हजारौं मानिस इजरायलविरुद्ध प्रदर्शनमा सामेल भएका थिए र आफ्ना नेताहरूको समर्थनमा नाराबाजी गरेका थिए ।

सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई सङ्केत गर्दै एक प्रदर्शनकारीको ब्यानरमा लेखिएको थियो, “म मेरो नेताको लागि आफ्नो जीवन बलिदान गर्नेछु ।”

छिमेकी मुलुक इराकमा शक्तिशाली धर्मगुरु मोक्तादा सदरका हजारौँ समर्थकले पनि बग्दाद र अन्य शहरमा युद्धको विरोधमा  र्‍याली निकालेको एएफपीका संवाददाताले बताएका छन् ।

प्रदर्शनकारी अबु हुसेनले इजरायललाई इरानमाथि आक्रमण गर्ने कुनै अधिकार नभएको बताउँदै भने, “यो अन्यायपूर्ण युद्ध हो ।”

कूटनीतिज्ञ तेहरानबाट बाहिरिँदै

द्वन्द्व चर्किएपछि बेलायतले इरानबाट आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता बोलाएको बताएको छ भने स्विट्जरल्याण्डले आफ्नो दूतावास अस्थायी रुपमा बन्द गर्ने घोषणा गरेको छ । “वर्तमान सुरक्षा स्थितिको कारण, हामीले इरानबाट हाम्रा बेलायती कर्मचारीहरूलाई अस्थायी रूपमा फिर्ता गर्न सावधानीको उपाय अपनाएका छौँ”, बेलायती विदेश मन्त्रालयले भनेको छ, “हाम्रो दूतावासले टाढाबाट काम गरिरहेको छ ।”

स्विट्जरल्याण्डले इरानी भूमिबाट ‘जमीनमा अत्यधिक अस्थिर स्थिति’ को हवाला दिँदै दूतावास अस्थायी रुपमा बन्द गर्ने निर्णय गरेको छ भने उसले इरानमा अमेरिकी हितको प्रतिनिधित्व गर्ने आफ्नो भूमिकालाई निरन्तरता दिने बताएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending