Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

इरान–इजरायल युद्धः कूटनीतिक समाधानका लागि अवसरको खोजी गरिँदै

खबरडबली संवाददाता

जेरुसेलम । युरोपेली शक्तिहरूले शुक्रबार जेनेभामा इरानसँग वार्ता सुरु गरेका छन् । इरानसँगको वार्तामा युरोपेली मुलुकका नेताहरूले कूटनीतिक समाधानका लागि अवसरको ढोकाको बारेमा छलफल गरेका हुन् ।

इजरायलले शङ्कास्पद इरानी आणविक अनुसन्धान केन्द्रलगायत लक्ष्यमा रातभर दर्जनौँ आक्रमण गरेपछि इरानले इजरायलविरूद्ध क्षेप्यास्त्र प्रहार गरेको थियो ।

जेनेभा वार्ता

इरानका विदेशमन्त्री आबास अराघचीसँग जेनेभामा भएको वार्तामा युरोपका उच्च कूटनीतिज्ञले युद्धको कूटनीतिक समाधान’ दिन चाहेको बताएका छन् ।

वार्ताअघि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले वार्तामा फर्कन प्राथमिकता दिनु आवश्यक’ भएको र युरोपेली शक्तिराष्ट्रहरूले इरानलाई कूटनीतिक समाधान’ दिने बताएका थिए ।

बेलायत, फ्रान्स र जर्मनीका विदेशमन्त्री तथा युरोपेली सङ्घका उच्च कूटनीतिज्ञले तनाव कम गर्न आग्रह गरेका छन् भने बेलायती विदेशमन्त्री डेभिड ल्यामीले कूटनीतिक समाधान खोज्नका लागि आगामी केही दिन पहल गरिने बताएका छन् । 

इजरायलले वार्तामा इरानसँग ’दृढ अडान’ अपनाउन युरोपेली राष्ट्रहरूलाई दबाब दिँदै आफू उक्त बैठकमा सहभागी नहुने बताएको छ ।  “हामी आशा गर्दछौं, युरोपेली विदेश मन्त्रीहरूले ... आणविक कार्यक्रम पूर्ण रूपमा फिर्ता लिन, ब्यालेस्टिक क्षेप्यास्त्र शस्त्रागार र कार्यक्रमलाई अन्त्य गर्न, इरानको क्षेत्रीय आतङ्कवादी गतिविधिहरू अन्त्य गर्न माग गर्नेछन्,”  जेनेभाका लागि इजरायली राजदूत डेनियल मेरोनले पत्रकारहरूसँग भने । 

जर्मन पत्रिका बिल्डलाई दिएको अन्तर्वार्तामा इजरायलका उच्च कूटनीतिज्ञ गिदोन सारले आफू इरानसँगको कूटनीतिमा विश्वास नगर्ने बताए । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र प्रमुख शक्तिराष्ट्रबिच भएको आणविक सम्झौता त्याग्ने निर्णयलाई समर्थन गरेका सारले भने, “अहिलेसम्मका सबै कूटनीतिक प्रयास असफल भएका छन् ।”

यसअघि संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्सँग कुरा गर्दै अराघचीले इरान र अमेरिकाबीच आणविक वार्ता भइरहेका बेला इजरायलले सैन्य कारबाही गरेको भन्दै निन्दा गरेका थिए । इरानी मन्त्रीले भने, “जारी कुटनीतिक प्रक्रियाका बीच हामीमाथि आक्रमण भएको हो ।”

सुरक्षा परिषद्ले शुक्रबार युद्धबारे छलफल गर्ने तयारी गरिरहँदा संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले सबै पक्षलाई  शान्तिलाई अवसर दिन’ आग्रह गरे । 

आक्रमणको नयाँ दिन

इजरायलको सेनाले इरानमा क्षेप्यास्त्र प्रहार गरेको शुक्रबार जनाएको छ । इजरायलमा शुक्रबार दोस्रो पटक इरानबाट क्षेप्यास्त्र प्रहार गरिएपछि दिउँसो साइरन बजाइएको थियो र उद्धारकर्ताहरूले १६ वर्षीय एक किशोरसहित दुई जना घाइते भएको जानकारी दिएका थिए ।

एक सैन्य अधिकारीका अनुसार पछिल्लो समयमा इजरायलतर्फ करिब २० वटा क्षेप्यास्त्र प्रहार गरिएको छ । इजरायली अधिकारीहरुका अनुसार युद्ध सुरु भएयता इजरायलमा कम्तीमा २५ जनाको मृत्यु भइसकेको छ । इरानले आइतबार इजरायली आक्रमणमा सैन्य कमाण्डर, आणविक वैज्ञानिक र सर्वसाधारणसहित कम्तीमा २२४ जनाको मृत्यु भएको जनाएको छ । त्यसपछि अधिकारीहरूले मृतकको सङ्ख्यालाई अद्यावधिक गरेका छैनन् ।

इरान र इराकमा इजरायलविरोधी प्रदर्शन

इरानी राजधानी र अन्य शहरमा शुक्रबार साप्ताहिक प्रार्थनापछि हजारौं मानिस इजरायलविरुद्ध प्रदर्शनमा सामेल भएका थिए र आफ्ना नेताहरूको समर्थनमा नाराबाजी गरेका थिए ।

सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई सङ्केत गर्दै एक प्रदर्शनकारीको ब्यानरमा लेखिएको थियो, “म मेरो नेताको लागि आफ्नो जीवन बलिदान गर्नेछु ।”

छिमेकी मुलुक इराकमा शक्तिशाली धर्मगुरु मोक्तादा सदरका हजारौँ समर्थकले पनि बग्दाद र अन्य शहरमा युद्धको विरोधमा  र्‍याली निकालेको एएफपीका संवाददाताले बताएका छन् ।

प्रदर्शनकारी अबु हुसेनले इजरायललाई इरानमाथि आक्रमण गर्ने कुनै अधिकार नभएको बताउँदै भने, “यो अन्यायपूर्ण युद्ध हो ।”

कूटनीतिज्ञ तेहरानबाट बाहिरिँदै

द्वन्द्व चर्किएपछि बेलायतले इरानबाट आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता बोलाएको बताएको छ भने स्विट्जरल्याण्डले आफ्नो दूतावास अस्थायी रुपमा बन्द गर्ने घोषणा गरेको छ । “वर्तमान सुरक्षा स्थितिको कारण, हामीले इरानबाट हाम्रा बेलायती कर्मचारीहरूलाई अस्थायी रूपमा फिर्ता गर्न सावधानीको उपाय अपनाएका छौँ”, बेलायती विदेश मन्त्रालयले भनेको छ, “हाम्रो दूतावासले टाढाबाट काम गरिरहेको छ ।”

स्विट्जरल्याण्डले इरानी भूमिबाट ‘जमीनमा अत्यधिक अस्थिर स्थिति’ को हवाला दिँदै दूतावास अस्थायी रुपमा बन्द गर्ने निर्णय गरेको छ भने उसले इरानमा अमेरिकी हितको प्रतिनिधित्व गर्ने आफ्नो भूमिकालाई निरन्तरता दिने बताएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: