बागलुङ । बागलुङको ढोरपाटनमा गत शुक्रवार (जेठ २) भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ ।
दुर्घटनामा परी घाइते हुनुभएकी ढोरपाटन नगरपालिका वडा नं. २ की २३ वर्षीय इन्द्रा कुँवरको उपचारको क्रममा मृत्यु भएपछि ज्यान गुमाउने सङ्ख्या पाँच पुगेको हो । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत गम्भीर घाइते कुँवरको आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक वसन्त पाण्डेले जानकारी दिए ।
यसअघि ढोरपाटन नगरपालिका २ का नरबहादुर कार्की, भीमकुमारी बुढा, टीकाकुमारी कुँवर र मनकुमारी थापाको मृत्यु भएको थियो । कार्की र बुढाको बुर्तिवाङ अस्पताल, थापाको मणिपाल अस्पताल पोखरामा र कुँवरको उपचारका लागि मणिपाल अस्पताल पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्ड हुँदै सही खोलातर्फ जाँदै गरेको लु. प्र. ०१–००१–१७७५ नम्बरको जिप ढोरपाटन नगरपालिका वडा नं. ५ बतासे डाँडामा दुर्घटना भएको थियो । जिप सडकदेखि ६० मिटर तल खसेको थियो । जिपमा १६ जना सवार थिए । क्षमताभन्दा बढी यात्रु बोकेको जिप ब्रेक फेला हुँदा भयानक दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पाण्डेले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:५५
सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...
पौष १ गते, २०८२ - १७:५२
काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्ट...
पौष १ गते, २०८२ - १७:४५
झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुम...
पौष १ गते, २०८२ - १७:४२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा)ले प...
पौष १ गते, २०८२ - १७:४०
महोत्तरी । मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने कि...
पौष १ गते, २०८२ - १७:३७
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गत मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँ...
पौष १ गते, २०८२ - १७:३४
काठमाडाैँ । श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालयहरू मङ्गलबारदेखि पुनः खोलेको एक वरिष्ठ अधिकारीले ब...
पौष १ गते, २०८२ - १७:३१
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूसबिचको युद्धको अन्त्य गर्न युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच ...
पौष १ गते, २०८२ - १७:२८
काठमाडौँ । नेकपा एमालेका नेता गोकर्ण विष्टले जारी ११औं महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुने विश्वास राखेको बताएका छन् । महाधिवेशन स्थल भृकुटीमण्डप...
पौष १ गते, २०८२ - १७:२१
काठमाडाैँ । गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू पत्ता लगाउन र देशभरि घुसपैठ गर्नेहरूको प्रयास रोक्न देशका विभिन्न क्षेत्र...




प्रतिकृया लेख्नुहोस्: