ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले झण्डै ५९ करोड रुपियाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाले उक्त रकम बराबरको बजेट ल्याएको हो ।
आइतबार प्रशासकीय केन्द्र तेल्लोकमा आयोजित गाउँपालिकाको १७ औं सभा तथा अधिवेशनमा उपाध्यक्ष डा. चित्रकुमार माबो लिम्बूले आगामी आवका लागि कुल ५८ करोड ७५ लाख आठ हजार ८६३ रुपियाँको बजेट प्रस्तुत गरेका हुन् । उपाध्यक्ष डा. माबोद्वारा प्रस्तुत कुल बजेटमध्ये सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानतर्फ १२ करोड ७८ लाख रुपियाँ रहेको छ ।
यस्तै सङ्घीय सरकारकै राजस्व बाँडफाँडतर्फ १० करोड ६० लाख ७१ हजार रुपियाँ, रोयल्टी बाँडफाड पर्वतारोहणतर्फ पाँच लाख ६९ हजार ८६३ रुपियाँ रहेको छ । सशर्त अनुदानतर्फ २६ करोड ३८ लाख, समपुरक अनुदानतर्फ ८७ लाख र विशेष अनुदानतर्फ एक करोड १३ लाख रुपियाँ रहेको छ ।
त्यस्तै उपाध्यक्ष डा. माबोले प्रस्तुत गरेका बजेट विवरणअनुसार प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानतर्फ एक करोड १४ लाख ३४ हजार रुपियाँ रहेको छ । प्रदेश सरकारकै सवारीसाधन कर बाँडफाँडतर्फ ७१ लाख ८७ हजार रुपियाँ, समपुरक अनुदानतर्फ एक करोड ३० लाख रहेको छ । सशर्त अनुदानतर्फ भने एक करोड ५२ लाख ५७ हजार रुपियाँ रहेको बजेट विवरणमा उल्लेख छ ।
यसैगरी प्रदेश सरकारकै दहत्तर बहत्तर बाँडफाडतर्फ पाँच लाख रुपियाँ, घरजग्गा रजिष्ट्रेसन (मालपोत) बाँडफाडतर्फ १० लाख रुपियाँ र आन्तरिक आयतर्फ बैङ्क मौज्दातसहित ६६ लाख ६५ हजार रुपियाँ रहेको छ । गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले भने आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिए । एक नगरपालिका र आठवटा गाउँपालिकासहित नौ स्थानीय तह रहेको जिल्लामा आगामी आवको बजेट प्रस्तुत गर्नेमा सिरिजङ्घा गाउँपालिका दोस्रो भएको छ ।
आगामी आवको बजेट प्रस्तुत गर्नेमा सिदिङ्वा गाउँपालिका पहिलो भएको छ । सिदिङ्वाले गत असार ५ गते बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेको थियो । सोमबार आठराई त्रिवेणी गाउँपालिकासहितका स्थानीयले आगामी आवको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् । जिल्लाको एक मात्र फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाले असार १० गते मङ्गलबार बजेट सार्वजनिक गर्ने तयारी गरेका बुझिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ११ गते, २०८२ - २०:४१
काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गाली–बेइज्जती गरेको अभियोगमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन्...
भाद्र ११ गते, २०८२ - २०:२८
काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगंगा नगरपालिका–२ सप्तरी समाझिंघा बस्ने कृष्ण...
भाद्र ११ गते, २०८२ - २०:२५
वीरगञ्ज । वीरगञ्जमा गएको शुक्रबार तीन जनामा संक्रमण पुष्टि भएको हैजा बुधबार साँझ ६ बजेसम्ममा १३२ जनामा फैलिएको छ । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य...
भाद्र ११ गते, २०८२ - २०:०९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलन...
भाद्र ११ गते, २०८२ - १९:३०
उदयपुर । उदयपुरकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्ने काम तीव्र गतिमा भइरहेको छ । सन् २०२५ सालअघि नै ट्र्याक खुले...
भाद्र ११ गते, २०८२ - १८:५३
काठमाडौं । मुलुकभर हाल करिब ६०.५ हजार हेक्टर खेतीयोग्य जमिन बाँझो अवस्थामा रहेको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. हरिबहादुर क...
भाद्र ११ गते, २०८२ - १८:५०
डेनमार्क । उत्तरी डेनमार्कको आर्हस खाडीको नीलो गहिरो पानीमुनि पुरातत्त्वविद्हरूले आठ हजार पाँच सय वर्षअघि बढ्दो समुद्री सतहले डुबाएको तटीय बस्तीको प्र...
भाद्र ११ गते, २०८२ - १८:४४
टोकियो । जापानको युद्धकालीन खानीमा फेला परेका हड्डीहरू मानव अवशेष भएको प्रहरीले बुधबार बताएको छ । साथै, ती अवशेषहरू खोज्न मद्दत गर्ने एक जापानी समू...
भाद्र ११ गते, २०८२ - १८:४१
कोलम्बो । पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेलाई मङ्गलबार जमानतमा रिहा गरिएको छ...
भाद्र ११ गते, २०८२ - १८:३९
कोपनहेगन । डेनमार्कका विदेशमन्त्रीले देशका शीर्ष अमेरिकी कूटनीतिज्ञलाई छलफलका लागि बोलाएपछि मुख्य राष्ट्रिय प्रसारणकर्ताले बुधबार राष्ट्रपति डोनाल्ड ट...
प्रतिकृया लेख्नुहोस्: