Ntc summer Offer
Khabar Dabali १० भाद्र २०८२ मंगलवार | 26th August, 2025 Tue
Investment bank

सर्पकाे टाेकाइबाट एक महिलाको मृत्यु

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीको बागमतीमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार बागमती नगरपालिका– ११, निवासी बागलाल स्याङतानकी श्रीमती ३६ वर्षकी मुना राईको सर्पको डसाइबाट मृत्यु भएको हो ।

राईलाई बिहान करेसाबारीमा तरकारी टिप्ने क्रममा पहिचान नभएको विषालु सर्पले डसेको थियो । लगत्तै राईलाई आफन्तले लालबन्दी नगरपालिका– १, स्थित सर्पदंश उपचार केन्द्रमा पुर्‍याएका थिए । 

अवस्था गम्भीर बनेका कारण उपचार सम्भव नभएपछि जनकपुर रिफर गरिएको केन्द्रका स्वास्थ्यकर्मी जगनाथ यादवले जानकारी दिए । जनकपुर पुर्‍याउनेबित्तिकै राईलाई चिकित्सकले मृत घोषणा गरेका परिवारले जनाएका छन् ।

स्थानीय स्तरमा रहेको उपचार केन्द्रमा आवश्यक उपकरण आइसियू र भेन्टिलेटर सञ्चालन गर्ने चिकित्सक नहुँदा गम्भीर अवस्थामा बिमारीलाई अन्यत्र रिफर गर्नुपरेको केन्द्रका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए । यसरी जोखिमपूर्ण अवस्थामा बिमारी अन्यत्र रिफर गर्दा बाटोमा ज्यान जाने क्रम बढेको केन्द्रका चिकित्सक यादवको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ गरेका छन् ।  पक्राउ पर्नेहरूमा स्याङ्जा पुतली...

सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ

गुल्मी । मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ भएको छ । निर्माण व्यवसायीले तोकिएको समयमा सडक निर्...

इम्बोस्ड नम्बर प्लेटबारे विभागको स्पष्टिकरण: तत्काल कारबाही नहुने, डिजिटाइजेसनमा स्वस्फूर्त सहभागिताको आग्रह

काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटबारे पछिल्ला दिनहरूमा फैलिएको भ्रमबारे स्पष्टीकरण दिएको छ । विभागका अनुसार तत्काललाई इम्बोस्ड ...

पर्यटकीय गन्तव्य बन्दै जन्तीढुङ्गा

काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका–१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बजारको कोलाहल, धुँवाधुलो र प्...

सिन्धुपाल्चाेकमा भोटेकोसीमा बोलेरो खस्दा चालकसहित दुई बेपत्ता

सिन्धुपाल्चाेक । तातोपानीबाट बाह्रबिसे जाँदै गरेको बोलेरो भोटेकोसी नदीमा खस्दा चालकसहित दुईजना बेपत्ता भएका छन् । दिउँसो साँढे ३ बजे भोटेकोसी गाउँप...

सुदूरपश्चिममा कार्यान्वयन नभएपछि ऐन संशोधन गरिँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दलित सशक्तिकरण ऐन संशोधन गर्न लागेको छ । बनेको चार वर्षसम्म पनि कार्यान्वयन हुन नसकेपछि सरकारले दलित सशक्तिकरण ऐन स...

चीन-रुस सम्बन्ध अशान्त विश्वमा सबैभन्दा स्थिर : राष्ट्रपति सी

बेइजिङ । राष्ट्रपति सी जिनपिङले मङ्गलबार चीन-रुस सम्बन्धलाई प्रमुख विश्व शक्तिमध्ये ‘सबैभन्दा स्थिर, परिपक्व र रणनीतिकरूपमा महत्वपूर्ण’ भन्दै प्रशंसा ...

विश्वका चार मध्ये एक जना सुरक्षित पिउने पानीबाट वञ्चित : राष्ट्रसङ्घ

जेनेभा । विश्वभर अझै पनि दुई अर्बभन्दा बढी मानिस सुरक्षित र व्यवस्थित पिउने पानीको पहुँचबाट वञ्चित रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । राष्ट...

नेप्से परिसूचक ४ अंकले बढ्यो, कारोबार रकम कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज परिसूचक ४ दशमलव ८३ अङ्कले बढेर २ हजार ७६६ दशमलव ०९ बिन्दुमा काय...

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । उम्मेदवारी दिन सङ्घीय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending