विराटनगर । इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो ।
संक्रमित ४० वर्षीया ती महिला इलामको सूर्योदय नगरपालिकाकी भएको र उनको उपचारको क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मंगलबार बिहान मृत्यु भएको हो । अस्पताल स्रोतका अनुसार, उनी बाहिरबाटै संक्रमण पुष्टि भएर उपचारका लागि आएको र अवस्था अन्तिम रहेकाले उपचार प्रभावकारी हुन नसकेपछि मृत्यु भएको हो । उनीमा हेपाटाइटिस समेत देखिएको थियो ।
एक सातादेखि श्वास फेर्न अप्ठेरो भएपछि उनलाई उपचारका लागि भर्ना गरिएको थियो ।
यद्यपि प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भने उनको मृत्युबारे अनुसन्धान भइरहेकाले तत्काल केही जानकारी दिन नसक्ने बताएको छ । मन्त्रालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण खरेलले आफूहरूमा मृत्युबारे खबर आएको र सोबारे अनुसन्धान सुरु गरेको बताए । अनुसन्धानपछि आधिकारिक जानकारी दिने उनको भनाइ थियो ।
कोशी सरकारका अनुसार, झापाका ४, मोरङका २ र इलामका एक जना संक्रमितको उपचार जारी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १५:२४
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका मालु मतदानस्थलबाट ५५ वटा मतपत्र हराएपछि मतदान स्थगित भएको छ । केही व्यक्तिले कर्मचारीबाट मतपत्रको ठेली खोसेर लगेका...
फाल्गुन २१ गते, २०८२ - १५:१८
हुम्ला। एक घण्टादेखि स्थगित भएको सिमकोट गाउँपालिका–१ को कालाशिल्ता मतदान केन्द्रको मतदान कार्य सुरु भएको छ। मतदान स्थलमा बसेको सर्वदलीय बैठकमा सहमति भ...
फाल्गुन २१ गते, २०८२ - १५:१२
काभ्रेपलाञ्चोक । दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङका कुनै पनि मतदाता हालसम्म मतदान प्रक्रियामा सहभागी भएका छैनन्। वेदिङ आधारभूत विद्यालय रोल्वालि...
फाल्गुन २१ गते, २०८२ - १५:०६
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिहीबार दिउँसो २ बजेसम्म देशभर ६२ लाखभन्दा बढी मत खसेको छ। निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क...
फाल्गुन २१ गते, २०८२ - १४:५३
काठमाडौं । काठमाडौंमा मतदान गरेर आफ्नो निर्वाचन क्षेत्र झापा–५ जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आध...
फाल्गुन २१ गते, २०८२ - १४:४७
चितवन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा हालसम्म करिब ४५ प्रतिशत मतदान भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान क...
फाल्गुन २१ गते, २०८२ - १४:४१
दमक। झापामा ४१ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको विवरण अनुसार दिउसो १ बजेसम्ममा ४१ प्रतिशत मत खसेको हो । हालस...
फाल्गुन २१ गते, २०८२ - १४:३६
रुकुमपश्चिम। जिल्ला कारागार रुकुम पश्चिमका ७२ जना कैदीबन्दीले मतदान गरेका छन् । कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट ७२ जनाले मतदान गरेको मतदान...
फाल्गुन २१ गते, २०८२ - १४:२९
झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गरेकी ...
फाल्गुन २१ गते, २०८२ - १४:२३
बुटवल । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार रुपन्देही जिल्लाका पाँच...



प्रतिकृया लेख्नुहोस्: