Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

तराई–मधेसमा जारी आन्दोलन थप चर्किने संकेत

मधेसी मोर्चाले सडक, भन्सार र वित्तीय संस्था केन्द्रित आन्दोलन गर्ने घोषणा गरेपछि तराई–मधेसमा जारी आन्दोलन थप चर्किने देखिएको छ ।

नयाँ संविधानमा असहमति जनाउँदै मोर्चाले एक महिना अघिदेखि आमहड्ताल लगायतका आन्दोलन जारी राख्दा जनजीवन कष्टकर बनेको छ । प्रदेश सीमांकनमा असन्तुष्टि जनाउँदै सुरु भएको आन्दोलनका क्रममा हालसम्म तीन दर्जन बढीको मृत्यु भैसकेको छ ।

मोर्चाले आक्रामक रुपमा थप आन्दोलनका कार्यक्रम घोषणापछि सरकार अब के गर्ला ? मोर्चासँग वार्ता र सम्वादको वातावरण बनाउने जिम्मेवारी पाएका वनमन्त्री महेश आचार्य भन्छन्, ‘सरकारसँग सिधा मुठभेड हुने खालका, बल प्रयोग गर्नुपर्ने खालका कार्यक्रम गर्नु हुँदैन । त्यस्तो स्थिति नआवस् भनेर सरकार चाहान्छ । हामी कसैले पनि देशलाई कमजोर बनाउनु हुँदैन ।’उनले हरेक समस्याको समाधान वार्ता भएकाले वार्तामा बस्न मोर्चालाई आग्रह गरे ।

तर, सरकारले जबर्जस्ती संविधान जारी गरेर वार्ताको ढोका बन्द गरेको भन्दै मोर्चाले तत्काल वार्तामा नबस्ने र आन्दोलन अझै सशक्त पार्ने घोषणा गरेको छ । उसका पछिल्ला आन्दोलनका स्वरुपहरु सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, सीमा क्षेत्र र राजमार्ग केन्द्रित हुनेछन् ।

\"Madheshi-Morcha\"

तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयश त्रिपाठीले भने, ‘सरकारले वार्ताको नौटंकी बन्द गरोस् । कर्मकाण्डी रुपमा वार्ता हुँदैन ।’ उनले अबका आन्दोलन नाकाबन्दी र सरकारलाई असहयोग गर्ने प्रकारको हुने बताए ।

मधेसी मोर्चाले भारतले दिएको सात बुँदे सुझावसँग मिल्दोजुल्दो माग राखेको छ । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्नुपर्ने, नेपाली नागरिकसँग विहे गरेकी उसकी श्रीमती विदेशी नागरिक भए पनि तत्कालै अंगीकृत नागरिकता पाउनुपर्ने, राज्यका हरेक निकायमा समानुपातिक, समावेशी प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने लगायतका माग मधेसी मोर्चाका छन् ।

यी मागबारे प्रमुख तीन दलबीच छलफल हुँदै आएको छ । मोर्चाका नेताहरुसँगको बैठकमा पनि छलफल भएको छ । तर, वार्ता परिणाममुखी हुन सकेको छैन ।

अब सरकार कसरी अघि बढ्छ त ? कांग्रेस नेतासमेत रहेका मन्त्री आचार्य भन्छन्, ‘मोर्चाका जायज माग संविधानमा संशोधन गरेर राख्न सकिन्छ भनेर प्रधानमन्त्री जीले र प्रमुख दलका नेताहरुले सार्बजनिक अभिव्यक्ति दिनुभएको छ । संविधानसभा बैठकमा पनि पटक–पटक भन्नु भएको छ । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने मागमा हामी सबैको एकै किसिमको धारणा बनोस् भनेर हामी पनि चाहान्छौं ।’

प्रदेशको सीमांकनबारे विधि र प्रक्रिया भएकाले त्यसैअनुसार अघि बढ्न सरकार तयार रहेकाले वार्तामा बस्नुपर्ने मन्त्री आचार्यले बताए । त्यसो भए अब फेरि वार्ता कहिले होला त ? मन्त्री आचार्य भन्छन्, ‘हामी त जतिबेला पनि तयार छौं । अनौपचारिक छलफल भैरहेको पनि छ । छिट्टै औपचारिक रुपमा वार्तामा बस्छौं ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy