जेरुसेलम। ईरान र इजरायलबीच १२ दिनसम्म चलेको सैन्य द्वन्द्वपछिको युद्धविराम दोस्रो दिनमा प्रवेश गर्दा क्षेत्रीय अवस्था क्रमशः शान्त हुँदै गएको देखिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम ‘सफल रूपमा अघि बढिरहेको’ टिप्पणी गरेका छन्। उनको भनाइअनुसार अमेरिकी आक्रमणहरूले ईरानको आणविक क्षमतामा गहिरो क्षति पुर्याएको र ‘दशकौं पछाडि धकेलेको’ दाबी गरिएको छ।
तर अमेरिकी गुप्तचर विवरणहरूले ती आक्रमणहरूबाट ईरानको सबै सञ्चालित केन्द्रीय उपकरणहरू पूर्णरूपमा नष्ट नभएको उल्लेख गरेका छन्। रिपोर्टका अनुसार केही भूमिगत आणविक भवनहरू अझै सुरक्षित रहेका छन्, जसका कारण कार्यक्रम केही महिना मात्रै पछि धकेलिएको हो।
यता इजरायली सेनाले ईरानको आणविक पूर्वाधारमा ‘महत्त्वपूर्ण क्षति’ पु¥याएको दाबी गर्दै उक्त अभियानले केही वर्षसम्मको ढिलाइ गराएको विश्वास व्यक्त गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई ‘ऐतिहासिक विजय’ भनेका छन्।
ईरानका राष्ट्रपति मसउद पेसेश्कियानले शान्तिपूर्ण रूपमा परमाणु ऊर्जा प्रयोग गर्ने आफ्नो देशको अधिकार सुरक्षित रहने बताए। साथै, युद्धको समयमा सीमित गरिएको इन्टरनेट सेवा पुनः सामान्य अवस्थामा फर्काउने प्रक्रिया सुरु गरिएको क्रान्तिकारी गाड्र्सको साइबर शाखाले जनाएको छ ।
ईरानले युद्धमा ज्यान गुमाएका वरिष्ठ सैन्य अधिकृत र वैज्ञानिकहरूको सम्मानमा शनिबार राजकीय अन्त्येष्टि गर्ने तयारी गरेको छ। पहिलो दिनै इजरायली कारबाहीमा ज्यान गुमाएका क्रान्तिकारी गाड्र्सका प्रमुख होसेइन सलामीलाई बिहीबार अन्त्येष्टि गरिनेछ।
ईरानी स्वास्थ्य मन्त्रालयका अनुसार युद्धको क्रममा ६१० जना सर्वसाधारणको मृत्यु भएको छ भने इजरायली पक्षका अनुसार ईरानी आक्रमणबाट २८ जनाको ज्यान गएको छ। यता, इजरायलले ईरानको केन्द्रीय बैंकलाई आतंकको आर्थिक स्रोतको रूपमा औपचारिकरूपमा घोषणा गर्दै ‘मध्यपूर्वमा आतंकवादलाई प्रोत्साहन गर्ने प्रणाली’ को रूपमा दोष लगाएको छ।
यसैबीच, ईरानी संसदले अन्तर्राष्ट्रिय आणविक ऊर्जा नियामक संस्था (आइएइए) सँगको सहकार्य स्थगित गर्ने निर्णय गरेको छ, जुन कानुनी रूपमा लागू हुनका लागि संरक्षक परिषद्को अनुमोदन आवश्यक हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: