Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

वार्ताका लागि अमेरिकालाई इरानको शर्त- थप आक्रमण नगर्ने ग्यारेन्टी हुनुपर्‍यो

खबरडबली संवाददाता

काठमाडौं । यदि आफूसँग कूटनीतिक वार्ता पुन: गर्न चाहेको हो भने अमेरिकाले थप आक्रमण नगर्ने ग्यारेन्टी गर्नु पर्ने तेहरानका उपविदेशमन्त्रीले बीबीसीलाई बताएका छन्।

मजिद तख्त-रवान्चीले ट्रम्प प्रशासनले मध्यस्थकर्ताहरूमार्फत् वार्तामा फर्कन चाहेको सन्देश दिइरहेको तर आफ्नो मागबारे प्रस्ट जबाफ नदिएको बताएका छन्।

जुन १३ मा इजरेलले इरानमाथि हमला गरेपछि त्यसको दुई दिनपश्चात् ओमानको राजधानी मस्कटमा हुने तय भएको अमेरिका र इरानबीचको छैटौँ चरणको मूलत: अप्रत्यक्ष वार्ता भाँडिएको थियो।

अघिल्लो सप्ताहान्तमा अमेरिका उक्त युद्धमा प्रत्यक्ष सामेल भयो जब उसले इरानका तीनवटा परमाणु केन्द्रहरूमा शक्तिशाली बम हमला गर्‍यो।

इरानका शर्त 

वार्ताका निम्ति थप आक्रमण नहुने ग्यारेन्टीका साथै इरानी मन्त्री तख्त-रवान्चीले शान्तिपूर्ण कार्यहरूका लागि आफ्नो देशलाई युरेनिअम इन्रिच गर्न दिइनु पर्ने पनि बताए।

इरान गोप्य ढङ्गले परमाणु बम बनाउन क्रियाशील रहेका आरोपहरूलाई उनले अस्वीकार गरे।

इरानलाई उसका अनुसन्धान कार्यहरूका निम्ति परमाणु सामग्रीमा पहुँच नदिइएकाले तिनको निम्ति आफैँमा भर पर्नु आवश्यक भएको उनले बताए।

"कुन स्तरमा (इन्रिच) गर्ने भन्नेबारे, क्षमताका बारे कुराकानी हुन सक्छ। तर इरानले एक रति पनि इन्रिच गर्न नपाउने, नमानेको खण्डमा बम हान्छु भन्ने – यो त जङ्गलराज हो," उपविदेशमन्त्रीले भने।

इजरेलले आक्रमणको प्रारम्भमै इरानका परमाणु तथा सैन्य केन्द्रहरू अनि इरानका कमान्डर तथा वैज्ञानिकहरूलाई निसानामा पारेको थियो। तेहरान परमाणु हतियार बनाउने दिशामा अन्तिम चरणमा पुगिसकेको इजरेलको दाबी छ।

इरानले जबाफमा इजरेलविरुद्ध क्षेप्यास्त्र प्रहार गरेको थियो। १२ दिनसम्म जारी उक्त युद्धका बेला अमेरिकाले फोर्दो, नतान्ज र इस्फाहानस्थित इरानका तीनवटा परमाणु केन्द्रहरूमा बमबारी गरेको थियो।

परमाणु कार्यक्रममा क्षति

उक्त बमबारीबाट इरानको परमाणु कार्यक्रममा कति क्षति पुग्यो भन्ने स्पष्ट भइसकेको छैन। मन्त्री तख्त-रवान्चीले आफूले यकीन बताउन नसक्ने जबाफ दिए।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)का प्रमुख राफेल ग्रोसीले अमेरिकी आक्रमणले गम्भीर क्षति पुर्‍याए तापनि ती केन्द्र पूर्ण नष्ट नभएको बताएका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले चाहिँ इरानका परमाणु केन्द्रहरू पूरै सखाप भएको घोषणा गरेका छन्।

ग्रोसीका अनुसार केही महिनाभित्रै युरेनिअम इन्रिच गर्न सक्ने इरानसँग क्षमता रहेको बताए। त्यसबारे प्रतिक्रिया दिँदै तख्त-रवान्चीले त्यस्तो हुनसक्ला भन्नेबारे आफूलाई थाहा नभएको बताए।

आईएईएसँगको इरानको सम्बन्ध पनि तनावपूर्ण बनेको छ। बुधवार इरानको संसदले सो आणविक निगरानी निकायले अमेरिका र इजरेलको साथ दिएको भन्दै ऊसँग सबै सहयोग कार्य स्थगन गर्ने प्रस्ताव पारित गर्‍यो।

यदि इरानले युरेनिअमको चिन्ताजनक स्तरमा इन्रिच गर्ने कार्य थालेमा आफूले त्यहाँ फेरि बम आक्रमण गर्ने बारे 'बिल्कुल' सोच्ने ट्रम्पले चेतावनी दिएका छन्।

कहिले होला वार्ता?

ट्रम्पले यसै साता फेरि वार्ता हुन सक्ने बताइरहँदा तख्त-रवान्चीले फेरि वार्ताको कुनै मितिमा सहमति भइनसकेको अनि त्यसको एजेन्डा के हुने पनि थाहा नभएको बताए।

"अहिलेको समयमा हामीले एउटा प्रश्नको जबाफ खोजिरहेका छौँ: वार्तारत रहँदा आक्रमण गरिने अवस्था फेरि दोहोरिन्छ?" उनले सोधे।

उक्त 'महत्त्वपूर्ण प्रश्न'बारे अमेरिकाले 'प्रस्ट जबाफ' दिनुपर्ने भन्दै उनले सोधे, "हामीलाई त्यस्तो वार्तामा बस्ने आत्मविश्वास दिलाउन उनीहरूले के आश्वासन दिने छन्?"

वार्ताका क्रममा इरानमाथि लागेका आर्थिक प्रतिबन्ध हटाउने र त्यहाँ लगानी भित्र्याउने शर्तमा के इरानले उसका परमाणु कार्यक्रमबारे पुनर्विचार गर्न सक्छ भन्ने प्रश्नको जबाफमा तख्त रवान्चीले भने: "त्यस्तो प्रस्तावमा हामी किन सहमत हुने?"

उनले युरेनिअमलाई ६०% इन्रिच गर्ने सहितका इरानका परमाणु कार्यक्रमहरू 'शान्तिपूर्ण उद्देश्य'का निम्ति भएको बताए।

सन् २०१५ मा इरानसँग पश्चिमा देशहरूले गरेको परमाणु सम्झौताअन्तर्गत इरानलाई युरेनिअमको ३.६७% -परमाणु ऊर्जाकेन्द्रका निम्ति चाहिने स्तर - भन्दा धेरै इन्रिच गर्न निषेध गरिएको थियो। साथै उसको फोर्दो केन्द्रमा १५ वर्षसम्म कुनै इन्रिच कार्य गर्न पनि वर्जित गरिएको थियो।

तर आफ्नो पहिलो कार्यकालका बेला राष्ट्रपति ट्रम्पले उक्त सम्झौता खारेज गरिदिए। त्यसले इरानलाई बम बनाउन नरोक्ने भन्दै उनले आर्थिक प्रतिबन्ध लगाइदिए।

प्रतिक्रियास्वरूप इरानले आफूमाथि लागिरहेका निषेध अस्वीकार गर्‍यो। सन् २०२१ मा उसले फोर्दोमा इन्रिचमेन्ट थाल्यो अनि आईएईएका अनुसार ९ वटा परमाणु बम बनाउन पुग्ने परिमाणमा ६०% स्तरमा इन्रिच्ड युरेनिअमको सञ्चिति गर्‍यो।

उनले अमेरिकी र इजरेली हमलालाई समर्थन गरेकोमा युरोपेली तथा पश्चिमा नेताहरूको पनि आलोचना गरे।

"यदि तिनमा अमेरिकाको आलोचना गर्ने हिम्मत छैन भने आक्रमणको औचित्य पुष्टि गर्दे हिँड्नु साटो चुप लागेर बस्नु पर्छ," उनले भने।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईलाई निसाना गरेर तेहरानको शासनसत्ता ढाल्ने काममा अमेरिका नलागेको भन्ने सन्देश मध्यस्थकर्ताहरूमार्फत् पाएको तख्त-रवान्चीले बताए।

इजरेली प्रधानमन्त्रीले इरानका जनतालाई 'मुक्तिका लागि उठ्न' आह्वान गरेका थिए। तख्त-रवान्चीले त्यस्तो केही हुन नसक्ने भन्दै तिनलाई 'व्यर्थको प्रयास' भने।

केही इरानीहरूलाई 'सरकारका केही कामबारे गुनासो हुन सक्ने तर विदेशी आक्रमणको विरुद्ध सबै जनता एकताबद्ध भएर जुझ्ने' उनले बताए।

इजरेलसँगको जारी युद्धविराम कायम रहने कि नरहने भन्ने आफूलाई स्पष्ट नभएको भन्दै उपविदेश मन्त्रीले "आफ्नो देशविरुद्ध आक्रमण नभएसम्म इरान युद्धविराममा कायम रहने" बताए।

अरब जगतका सहयोगी देशहरूले वार्ताका लागि उपयुक्त वातावरण निर्माणमा भरमग्दूर प्रयास गरिरहेको उनले बताए। वर्तमान युद्धविरामका लागि कतारले महत्त्वपूर्ण भूमिका बहन गरेको ठानिन्छ।

उनले भने: "हामी युद्ध चाहँदैनौँ। हामी वार्ता र कूटनीतिमा सामेल हुन चाहन्छौँ तर हामीले हाम्रो तयारी पनि गर्नुपर्छ, सावधान रहनु पर्छ ताकि अहिलेजस्तो आश्चर्यमा पर्नु नपरोस्।"

(आफूले गरेका रिपोर्टहरू बीबीसी पर्सिअन सेवाले प्रयोग नगर्ने शर्तमा लीज डुसेटलाई इरानबाट रिपोर्टिङ् गर्ने अनुमति प्राप्त भएको छ। इरानी अधिकारीहरूले यो नियम इरानभित्र क्रियाशील सबै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका लागि लागु गरेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending