काठमाडौं। विपद्जन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबिच छलफल भएको छ ।
सहरी विकास मन्त्रालयमा आज भएको छलफलमा सूचना प्रवाहका लागि सञ्चार मन्त्रालयले गर्नसक्ने कामका बारेमा छलफल भएको हो । आइतबार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्वसूचना प्रभावकारी रूपमा प्रवाह गर्ने निर्णय गरेको सहरी विकास मन्त्रालयले जनाएको छ।
भारी वर्षा भएको समय र सो क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई एसएमएस पठाउने, स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रशारण गर्ने, मोबाइलमा ‘अर्ली वार्निङ रिङ’ बजाएर जोखिम क्षेत्रमा समयमै सचेत गराउने विषयमा कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्री गुरुङबिच छलफल भएको हो । सो क्रममा सञ्चारमन्त्री गुरुङले सरोकारवाला निकायहरूसँग छलफल गरेर आवश्यक समन्वय गर्ने बताए।
कार्यवाहक प्रधानमन्त्री सिंहले विपद्को समयमा मौसम पूर्वानुमान अनुसार पूर्वसूचनालाई प्रभावकारी बनाउन सके सम्भावित जोखिम कम गर्न र क्षति हुन नदिन महत्त्वपूर्ण भूमिका रहने भन्दै सूचना प्रवाह प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिएको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १४:०१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलाम सरवारले उनको कार्यकक्षमा शिष्टाचार भेट ...
बैशाख २४ गते, २०८३ - १३:५१
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस प्रक्रिया अघि बढाउन लोकसेवा आयोगका अध्यक्ष...
बैशाख २४ गते, २०८३ - १३:४२
काठमाडौं । काठमाडौं महानगरपालिका–२७ स्थित जमल क्षेत्रमा एसएलआर बन्दुकका ६ राउन्ड जिउँदो गोली फेला परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्य...
बैशाख २४ गते, २०८३ - १३:३३
सिन्धुलीमाढी। मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–१, राँगेमा बिहीबार बिहान जन्ती बोकेको डबलक्याप बलेरो दुर्घटना हुँदा पाँच जना घ...
बैशाख २४ गते, २०८३ - १३:२५
काठमाडौं । ठमेलस्थित सार्वजनिक कमलपोखरी मासेर निर्माण गरिएको छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ। बिहीबार सम्प...
बैशाख २४ गते, २०८३ - १३:१३
काठमाडौं । राज्यका पूर्व विशिष्ट पदाधिकारीहरूले विदेशमा गरेको उपचार खर्च गैरकानुनी रूपमा राज्यकोषबाट भुक्तान गरिएको भन्दै उक्त रकम फिर्ता गराउनुपर्ने ...
बैशाख २४ गते, २०८३ - १३:०४
न्युयोर्क। मध्यपूर्वको द्वन्द्व अन्त्यतर्फ उन्मुख हुन सक्ने सङ्केत र प्रविधि कम्पनीको बलियो आम्दानी प्रतिवेदनले लगानीकर्ताको मनोबल बढाएपछि बजारमा उत्स...
बैशाख २४ गते, २०८३ - १२:५१
काठमाडौँ । गृह मन्त्रालयमार्फत उपलब्ध गराइएका सरकारी सवारीसाधन एक पूर्वराष्ट्रपति र चार पूर्वप्रधानमन्त्रीले प्रयोग गरिरहेको पाइएको छ। गृह मन्त्राल...
बैशाख २४ गते, २०८३ - १२:३४
सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ खिला नजिक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजार न...
बैशाख २४ गते, २०८३ - १२:२६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा वैशाख २९ भित्र सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ। परीक्षा नियन्त...


प्रतिकृया लेख्नुहोस्: