Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

वैदेशिक रोजगारीको पीडा: तनहुँका ३७ जना बाकसमा फर्किए

खबरडबली संवाददाता

तनहुँ। मुलुकभित्र रोजगारीका अवसरको कमीले गर्दा विदेशी भूमिमा पसिना बगाएर परिवार सुखसँग पाल्ने र छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने उद्देश्यले विदेशिएका तनहुँका ३५ युवा सम्झनामा सीमित भएका छन् । वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाएपछि उनीहरु सम्झनामा सीमित भएका हुन् ।

चालु आर्थिक वर्षको हालसम्म जिल्लाबाट वैदेशिक रोजगारीमा गएका ३७ जनाले ज्यान गुमाएर बाकसमा फर्किएको सुरक्षित आप्रवासन ९सामी० कार्यक्रमअन्तर्गत आप्रवासी स्रोत केन्द्रले जनाएको छ । विदेशमा काम गर्दा सो सङ्ख्यामा ज्यान गुमेको केन्द्र तनहुँका संयोजक लुना रानाले बताए।

व्यास नगरपालिकाका आठ जना, शुक्लागण्डकी नगरपालिकाका सात, भिमाद नगरपालिका चार, भानु नगरपालिकाका चार, म्याग्दे गाउँपालिकाका एक, बन्दीपुर गाउँपालिकाका चार, घिरिङ गाउँपालिका तीन, ऋषिङ गाउँपालिका दुई र अन्य जिल्लामा घर भई यहाँ अस्थायी बसोबास गर्ने चार गरी ३७ जनाको रोजगारीका क्रममा मृत्यु भएको रानाले जानकारी दिए।

यस्तै, चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा तनहुँमा ठगीका घटना १२०, जेलसम्बन्धी चार, स्वास्थ्य उपचाररपारिवारिक स्वास्थ्य उपचार २३, उद्धार  २२, अन्य छ वटा दर्ता हुन आएकोमा १०८ वटा समाधान गरिएको र सात करोड २२ लाख नौ हजार २५७ रुपियाँ क्षतिपूर्ति प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । देशमा रोजगारीको अवसर नहुँदा प्रत्येक वर्ष नेपाली युवा जनशक्ति विदेशिने क्रम बढ्दै गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार तनावमा र अत्यधिक काम गर्नेलगायतले गर्दा उनीहरूको ज्यान गएको पाइएको छ । ठुलो रकम खर्चेर विदेश गएकोले धेरै आम्दानी गर्ने दबाबले लगातार काम गर्दा पनि कतिपय घटना हुने केन्द्रका परामर्शदाता गोमा तिवारी बताउनुहुन्छ ।

मुख्य रूपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटनालगायतले गर्दा नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कामदारका मुख्य गन्तव्यका रूपमा मलेसिया, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । केन्द्रले बिहीबार दमौलीमा पत्रकार सम्मेलन गरेर आफ्नो सेवा प्रवाहको बारेमा जानकारी दिएको थियो । सञ्चारकर्मीहरुले बैदेशिक समस्यालाई प्राथमिकता दिएर कलम चलाइदिएकोले वैदेशिक रोजगारीका क्रममा ठगिएका र अलपत्र परेका धेरै पीडितले राहत पाएको भन्दै भविष्यमा यस्ता विषयहरुलाई प्राथमिकता दिन सञ्चारकर्मीहरुले भूमिका खेल्नुपर्ने संयोजक रानाको भनाइ थियो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि सामी कार्यक्रम प्रभावकारी बनेको बताए। यस कार्यक्रमले समस्यमा पर्न नदिन र परिसकेकालाई उद्धारका लागि प्रभावकारी ढङ्गबाट काम गरेकाले पीडितलाई राहत दिलाउन सजिलो भएको न्यौपानेको भनाइ थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भैरहवामा ४१.५ डिग्री तापक्रम, विभिन्न जिल्लामा भारी वर्षा

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम पनि ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो...

विवादित अभिव्यक्तिबारे मन्त्री लम्सालको संसद्मा स्पष्टीकरण, “कसैलाई हतोत्साही बनाउने मनसाय थिएन”

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आफ्नो विवादित अभिव्यक्तिबारे संसद्मा स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नहर...

समयानुकूल र प्रभावकारी कानुन मस्यौदा गर्न कानुनमन्त्री गौतमको आग्रह

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानुन निर्माण गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छिन्। बुधब...

सभामुख अर्याल र युएईका राजदूतबिच शिष्टाचार भेटवार्ता

काठमाडौँ। सङ्घीय संसद्‍ प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले शिष्ट...

तीन वर्षभित्र सबै पहिरोको व्यवस्थापन र तीन हजार नयाँ पुल निर्माण हुन्छन् : मन्त्री लम्साल

एक लेनका सबै सडक दुई लेनमा विस्तार गरिने

भौतिक मन्त्रालयले १० खर्ब बराबरका आयोजना एकैपटक टेन्डर प्रक्रियामा लैजादै

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षमा करिब १० खर्ब रुपैयाँ बराबरका पूर्वाधार आयोजना एकैपटक टेन्डर प्रक्रियामा लैजाने तया...

नारायणी र भोटेकोसीमा बगेका दुई जनाको सकुशल उद्धार

चितवन। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । नवलपरासी (बर्दघाट स...

पूर्वाधार बजेट तीन वर्षे योजनाअनुसार विनियोजन गरिएको हो : भौतिकमन्त्री लम्साल

काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यस वर्षको पूर्वाधार बजेट तीन वर्षे योजनाअनुसार विनियोजन गरिएको बताएका छन् । संसद्मा बजेटमाथि...

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्दै सरकार, विद्यालय पुनर्संरचना पनि अघि बढाइने

काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोज...

ई–पासपोर्ट खरिद प्रकरण: आरजु राणालाई बयानका लागि अख्तियारको बोलावट

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरणमा अनुसन्धानका लागि पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि बोला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending