काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरणमा अनुसन्धानका लागि पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ ।
अख्तियारको टोलीले बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेर उनलाई बयानका लागि उपस्थित हुन भन्दै म्याद तामेल गरेको स्रोतले जनाएको छ ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारका पदाधिकारीलाई बोलाएर कामकारबाही अघि बढाउन दबाब दिइएको बताइएपछि पूर्वपरराष्ट्रमन्त्री राणालाई समेत तीन दिने पुर्जी जारी गरिएको बताइएको छ ।
अख्तियारको प्रारम्भिक अनुसन्धानमा राहदानी छपाइ प्रकरणमा विभागीय मन्त्रीले हस्ताक्षर गरेको कुनै कागजात फेला नपरेको जनाइएको छ ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राहदानी विभागका उच्च अधिकारीहरूसँग सोधपुछ गरिएको थियो । त्यसपछि अख्तियारले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल, निर्देशक सुनिलकुमार केसी, नमस्ते ग्लोबल कम प्रालिका प्रमुख कार्यकारी अधिकृत मनिन्द्रराज मल्ल र तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलगायतलाई पक्राउ गरी बयान लिएको छ ।
उनीहरूसहित करिब ३५ देखि ४० जनामाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
यसैबीच केही दिनअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र विशेष अदालतलाई सम्बोधन गर्दै शेरबहादुर देउवा दम्पत्तिले आफूहरू देश नछाडेको र अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका थिए ।
उनीहरूले आफूविरुद्ध भ्रमपूर्ण धारणा नबनाउन र धरपकड नगर्न अनुरोध गर्दै कानुनी प्रक्रिया अनुसार निर्दोषिता प्रमाणित गर्न तयार रहेको पनि बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ४ गते, २०८३ - १५:२८
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानुन निर्माण गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छिन्। बुधब...
आषाढ़ ४ गते, २०८३ - १५:२०
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले शिष्ट...
आषाढ़ ४ गते, २०८३ - १५:०६
एक लेनका सबै सडक दुई लेनमा विस्तार गरिने
आषाढ़ ४ गते, २०८३ - १४:५६
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षमा करिब १० खर्ब रुपैयाँ बराबरका पूर्वाधार आयोजना एकैपटक टेन्डर प्रक्रियामा लैजाने तया...
आषाढ़ ४ गते, २०८३ - १४:४१
चितवन। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । नवलपरासी (बर्दघाट स...
आषाढ़ ४ गते, २०८३ - १४:३३
काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यस वर्षको पूर्वाधार बजेट तीन वर्षे योजनाअनुसार विनियोजन गरिएको बताएका छन् । संसद्मा बजेटमाथि...
आषाढ़ ४ गते, २०८३ - १४:२२
काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोज...
आषाढ़ ४ गते, २०८३ - १४:१५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरणमा अनुसन्धानका लागि पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि बोला...
आषाढ़ ४ गते, २०८३ - १३:२९
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट प्रतिनिधिसभामा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेटसम्बन्धी प्रश्नहरूको जवाफ दिने भएका छन् । आगामी आ...
आषाढ़ ४ गते, २०८३ - १३:०८
काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ले नेपालको चिया उद्योग बन्द हुने अवस्था सिर्जना भएको भन्दै संकट समाधानक...



प्रतिकृया लेख्नुहोस्: