Ntc summer Offer
Khabar Dabali ४ श्रावण २०८२ शनिबार | 19th July, 2025 Sat
Investment bank

लमजुङमा सिमेन्ट बोकेको ट्रक पल्टिँदा दुई जना घाइते

खबरडबली संवाददाता

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-३, टुनिखर्कमा ट्रक दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्।

बेंसीशहर-मनाङ सडक खण्डमा सिमेन्ट बोकेर नाइचेतर्फ जाँदै गरेको ग २ ख ५७२ नम्बरको ट्रक शनिवार दिउँसो अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो।

दुर्घटनामा परि घाइते हुनेमा ट्रक चालक चितवन भरतपुर महानगरपालिका(२९ का करिब ४० वर्षीय सुक बहादुर गुरुङ र ट्रक साहु म्याग्दीको महुवाफाँट गाउँपालिका(७ का ३८ वर्षीय भगवान पाइजा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी, प्रहरी निरीक्षक राजकिशोर साहका अनुसार दुवैको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ।

घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल, लमजुङ पठाइएको छ।

ट्रक घटनास्थलमै रहेको र त्यसलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यद्यपि, दुर्घटनाका कारण बेंसीसहर-मनाङ सडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध नभएको प्रहरी निरीक्षक साहले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक बिबाद चरम हुदैँ गएको छ । राजावादी आन्दोलनबाट उत्साहित भए पनि अन्तत: आन्तरिक संघर्षका कारण राप्रपामा ...

भारतमा चट्याङबाट ३३ जनाको मृत्यु

पटना। पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीले शुक्रबार बताएका छन् । बिहारमा...

भ्रष्टाचार बढ्नुको कारण निर्वाचन प्रणाली : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल मतदाता अधिकार मञ्चले शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचनसम्बन्धी क...

झापामा लागुऔषधको गोदाम, मुख्य कारोबारी एमाले नेता भानुभक्त खरेल

विराटनगर । झापामा प्रहरीले ठुलो परिणामको लागू औषध राखेको गोदाम नै नियन्त्रणमा लिएको छ ।  बिहीबार प्रतिबन्धित लागुऔषधसहित अर्जुनधारा ६ का २५ वर्षीय ...

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

काठमाडौं। नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरू आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण...

एमाले पोलिटब्यूरो बैठकमा विधान महाधिवेशनबारे छलफल जारी

काठमाडौँ। नेकपा (एमाले)को पोलिटब्यूरो बैठक पार्टी च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।  एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव डा.भी...

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा

काठमाडौँ । नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ ।  शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोहमा ने...

२० दिनभित्र शिक्षा ऐन जारी गर्न महासंघको अल्टिमेटम

काठमाडौं । शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न सरकारलाई अल्टिमेटम दिएको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...

अख्तियारलाई राप्रपाको ज्ञापनपत्र: नयाँ पुराना सबै भ्रष्टाचार काण्डको छानबिन गर्न माग

काठमाडौं । राप्रपाले नयाँ– पुराना सबै भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ । देशमा भ्...

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

वासिङ्टन। संयुक्त राज्य अमेरिकाले बिहीबार काश्मीरमा अप्रिलमा भएको आक्रमणका लागि दोषी ठहराइएको एक रहस्यमय समूहलाई आतङ्कवादी घोषणा गरेको छ । ती आतङ्कवाद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending