काठमाडौं। उज्वेकिस्तानमा सम्पन्न एसिसी महिला एसियन कप छनोट–२०२६ खेलेर नेपाली महिला फुटबल टोली सोमबार बिहान स्वदेश फर्किएको छ । टोलीलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
विमानस्थलमा नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि चाहेको नतिजा निकाल्न नसकेको बताइन्। ूसमूहका अघिल्ला दुई खेलमा राम्रो भयो । उज्वेकिस्तानसँग पुनरागमन गरेर पनि टाइब्रेकरमा हार्नुपर्दा दु:ख लागेको छ । यस हारले मलाई लामो समय पिरोल्नेछ । मलाई विश्वास गरेर कप्तानको जिम्मेवारी दिकोमा प्रशिक्षकप्रति आभारी छु । मेरो खेल करिअरमा योभन्दा ठूलो प्रतियोगिता अर्को थिएन । पेनाल्टीमा चुक्दा निकै खल्लो भयो । अन्तिम खेलको नतिजाले हाम्रो भविष्य देखाउनेवाला थियो । तर रिजल्ट दिन नसक्दा सबै खेलाडीलाई पछिसम्म यस कुराले झस्काउनेछ,ू साम्बाले भनिन् ।
नेपाल समूह ‘एफ’ को अन्तिम खेलमा घरेलु टोली उज्वेकिस्तानसँग टाइब्रेकरमा ४(२ गोलले पराजित भएको थियो । नेपालले समूहको पहिलो खेलमा खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलङ्कालाई ८(० गोलले पराजित गरेको थियो । नेपाली टोली फर्किए पनि टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड भने उज्वेकिस्तानबाटै बेल्जियम जानुभएको एन्फाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १ गते, २०८३ - १७:२४
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक...
बैशाख १ गते, २०८३ - १७:०५
कञ्चनपुर। मलामी गएका एक युवक महाकाली नदीमा डुबेर बेपत्ता भएको छन् । मङ्गलबार दिउँसो छिमेकीको मलामी गएका बेला शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प...
बैशाख १ गते, २०८३ - १६:४८
काठमाडौं । सरकारले आगामी दशकभित्र देशको विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्याउने महत्वाकांक्षी लक्ष्य तय गरेको छ। ६ राजनीतिक दलका चुनावी प्रतिब...
बैशाख १ गते, २०८३ - १६:१६
काठमाडौं । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्...
बैशाख १ गते, २०८३ - १६:०४
काठमाडौं । सरकारले शासकीय सुधारलाई लक्ष्य गर्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गरेको छ। उक्त मस्यौदामाथि सुझाव तथा प्रतिक्रि...
बैशाख १ गते, २०८३ - १४:००
काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको उपचारका क्रममा निधन भएको छ। ३२ वर्षीय लामा सवार बा.प्...
बैशाख १ गते, २०८३ - १३:५६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित काम अगाडि बढाएको छ। बोर्डले आगामी...
बैशाख १ गते, २०८३ - १३:५०
लमजुङ। मनाङको नासोँ गाउँपालिका–३ धारापानी नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार घर भई हाल मर्स्याङ्दी गाउँ...
बैशाख १ गते, २०८३ - १३:४४
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने 'जरा अभियान' को शुभारम्भ गरेको छन् । काठमाडौँ मह...
बैशाख १ गते, २०८३ - १२:३९
काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएको छिन् । नय...


प्रतिकृया लेख्नुहोस्: