Ntc summer Offer
Khabar Dabali १२ भाद्र २०८२ बिहीबार | 28th August, 2025 Thu
Investment bank

काेशीका तीन जिल्लामा लागुऔषध कारोबारको आरोपमा नाैजना पक्राउ

खबरडबली संवाददाता

काठमाडाैं । कोशी प्रदेशको मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध ओसारपसार र  बेचबिखन गर्ने चार युवतीसहित नाैजना पक्राउ परेका छन् ।

सुनसरीको धरानमा लागुऔषध बेचबिखन गर्ने धरान– १० का २४ वर्षीय अंकित राई, धरान– ६ का २१ वर्षीय भरत मगर, धरान– १३ का २३ वर्षीय सागर राई, धरान– ५ की २१ वर्षीया ज्योति राई, २६ वर्षीया नुमा लिम्बू र धरान– ५ की २३ वर्षीया सुजना राई लागुऔषधसहित पक्राउ परेका हुन् ।

उनीहरूलाई बुधबार अस्थायी प्रहरी चौकी रेल्वे, अहरहाट र बरगाछीबाट खटिएको प्रहरी टोलीले ट्रामाडोल एक हजार ६२ क्याप्सुल, डिकोलिक ८४२ ट्याब्लेट र डिभोमिन २२० चक्कीसहित पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

कोशी प्रदेश प्रहरी विराटनगरका अनुसार  मोरङको रंगेली नगरपालिका– ६ बाट झापा दमक नगरपालिका– ९ का ३५ वर्षीय शिवकुमार सोरेन र कमल गाउँपालिका– १ का ३३ वर्षीय आकाश खड्कालाई नाइट्रोजाम १५५ चक्कीसहित र उदयपुरको बेलका नगरपालिका– ८ की २१ वर्षीया रेजिना राईलाई ट्रामाडोल ७६ क्याप्सुलसहित पक्राउ गरिएको हो ।

यसैगरी, मोरङ प्रहरीले आज बिहान १ बजे मोरङको धनपालथान गाउँपालिका– १ गदिया खोलाकिनारबाट बेवारिसे अवस्थामा ३२३ किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाको टोलीले खोलाको किनारको खेतमा प्लास्टिकको १० वटा बोरामा लुकाएर राखेको गाँजा बरामद गरेको हो ।

त्यसैगरी, सुनसरीको देवानगँज गाउँपालिका– ७  स्थित सडक किनारबाट पनि ४९ किलो गाँजा बरामद गरेको छ । कोशी प्रदेशका पहाडी जिल्लामा अवैध रूपमा उत्पादन भएका  गाँजा  लुकाएर भारततर्फ तस्करी हुँदै आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हाजिरी जमानीमा छुटे एमाले केन्द्रीय सदस्य ऐन महर

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गाली–बेइज्जती गरेको अभियोगमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन्...

मानव बेचबिखन मुद्दाका आराेपित कुवेतबाट पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगंगा नगरपालिका–२ सप्तरी समाझिंघा बस्ने कृष्ण...

वीरगञ्जमा हैजा सङ्क्रमितको संख्या १३२

वीरगञ्ज । वीरगञ्जमा गएको शुक्रबार तीन जनामा संक्रमण पुष्टि भएको हैजा बुधबार साँझ ६ बजेसम्ममा १३२ जनामा फैलिएको छ । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य...

प्रधानमन्त्री ओलीले चीन भ्रमणमा सी चिनफिङसँग भेट गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलन...

गाईघाट–फत्तेपुर सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्रे

उदयपुर । उदयपुरकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्ने काम तीव्र गतिमा भइरहेको छ ।  सन् २०२५ सालअघि नै ट्र्याक खुले...

मुलुकभर हाल करिब ६०.५ हजार हेक्टर खेतीयोग्य जमिन बाँझै

काठमाडौं । मुलुकभर हाल करिब ६०.५ हजार हेक्टर खेतीयोग्य जमिन बाँझो अवस्थामा रहेको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. हरिबहादुर क...

डेनमार्कमा पाषाण युगको डुबेको बस्ती फेला

डेनमार्क । उत्तरी डेनमार्कको आर्हस खाडीको नीलो गहिरो पानीमुनि पुरातत्त्वविद्हरूले आठ हजार पाँच सय वर्षअघि बढ्दो समुद्री सतहले डुबाएको तटीय बस्तीको प्र...

दोस्रो विश्वयुद्धमा मारिएका मजदुरहरूको जापानी स्थलमा फेला परेका हड्डीहरू मानव अवशेष भएको पुष्टि

टोकियो । जापानको युद्धकालीन खानीमा फेला परेका हड्डीहरू मानव अवशेष भएको प्रहरीले बुधबार बताएको छ । साथै, ती अवशेषहरू खोज्न मद्दत गर्ने एक जापानी समू...

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

कोलम्बो । पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेलाई मङ्गलबार जमानतमा रिहा गरिएको छ...

ग्रिनल्यान्डमा अमेरिकी प्रभाव सञ्चालनको रिपोर्टपछि डेनमार्कले अमेरिकी राजदूतलाई बोलायो

कोपनहेगन । डेनमार्कका विदेशमन्त्रीले देशका शीर्ष अमेरिकी कूटनीतिज्ञलाई छलफलका लागि बोलाएपछि मुख्य राष्ट्रिय प्रसारणकर्ताले बुधबार राष्ट्रपति डोनाल्ड ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending