काठमाडौं । नेकपा (एमाले)को आसन्न विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि बन्न नपाउने भएकी छन्।
बिहीबार सम्पन्न सचिवालय बैठकले १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिलाई मात्रै विधान महाधिवेशनमा सहभागी गराउने निर्णय गरेसँगै भण्डारीको सहभागिताको मार्ग बन्द भएको हो।
बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले स्पष्ट पारे, "१०औं महाधिवेशनमा सहभागी नभएका, तर पछि केन्द्रीय कमिटी वा अन्य निकायमार्फत पार्टी संरचनामा आएका साथीहरू आयोजकका रूपमा त सहभागी हुन सक्छन्, तर प्रतिनिधि बन्न सक्दैनन्। विधान अनुसार, केवल १०औं महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएकाहरूलाई मात्र विधान महाधिवेशनको प्रतिनिधिको मान्यता दिइन्छ।"
पूर्वराष्ट्रपति भण्डारीले हालै एमालेको साधारण सदस्यता नवीकरण गर्दै पार्टीमा पुनः सक्रिय भूमिका लिन सुरु गरेकी थिइन्।
तर, उनी पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधिमा परेकी थिइनन्, जसकारण विधानअनुसार उनी विधान महाधिवेशनकी प्रतिनिधि बन्न अयोग्य ठहरिएकी हुन्।
यस निर्णयले पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिक भूमिकामा अवरोध त ल्याएको छ नै, साथै एमाले नेतृत्वले पार्टी संरचनाको नियममा स्पष्टता ल्याउने प्रयास गरेको पनि देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २१ गते, २०८२ - ०९:२०
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘एकता सन्देश सभा तथा साक...
पौष २१ गते, २०८२ - ०९:१६
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भक्तपुर २ मा एमाले सचिव महेश बस्नेत एकल सिफारिस भएका छन् । आइतबार राति सम्पन्न बैठकले बस्नेतलाई सर्वसम्...
पौष २१ गते, २०८२ - ०९:११
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ भएको जिप दुर्घटनामा ज्यान गुमाउने ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहर...
पौष २१ गते, २०८२ - ०८:३९
काठमाडौँ । महाधिवेशन समय तालिकाको किचलोमा फसिरहेको नेपाली कांग्रेसले सोमबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी फुटसम्मको बहस हुन थालेपछि मध्...
पौष २१ गते, २०८२ - ०८:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। काठमाडौँ महानगरका प्रमुख बालेन साह, उज्यालो नेपाल पार्टी ...
पौष २१ गते, २०८२ - ०८:३२
विराटनगर । तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, श...
पौष २१ गते, २०८२ - ०८:२५
काठमाडौं । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिन आयोगलाई अन्ततः बयान दिएका छन् । आयोगका कर्म...
पौष २१ गते, २०८२ - ०८:१८
काठमाडौं । समानुपातिक उम्मेदवार मनोनयनसँगै २१ फागुनमै प्रतिनिधिसभा निर्वाचन हुने माहोल बनेपछि प्रमुख राजनीतिक दलहरू १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक...
पौष २१ गते, २०८२ - ०७:५५
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बनेका छन्। आइतबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको बैठकले बालेनलाई क...
पौष २१ गते, २०८२ - ०७:२७
बेलायत। बेलायतमा वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति ज...




प्रतिकृया लेख्नुहोस्: