काठमाडौं । नेकपा (एमाले)को आसन्न विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि बन्न नपाउने भएकी छन्।
बिहीबार सम्पन्न सचिवालय बैठकले १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिलाई मात्रै विधान महाधिवेशनमा सहभागी गराउने निर्णय गरेसँगै भण्डारीको सहभागिताको मार्ग बन्द भएको हो।
बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले स्पष्ट पारे, "१०औं महाधिवेशनमा सहभागी नभएका, तर पछि केन्द्रीय कमिटी वा अन्य निकायमार्फत पार्टी संरचनामा आएका साथीहरू आयोजकका रूपमा त सहभागी हुन सक्छन्, तर प्रतिनिधि बन्न सक्दैनन्। विधान अनुसार, केवल १०औं महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएकाहरूलाई मात्र विधान महाधिवेशनको प्रतिनिधिको मान्यता दिइन्छ।"
पूर्वराष्ट्रपति भण्डारीले हालै एमालेको साधारण सदस्यता नवीकरण गर्दै पार्टीमा पुनः सक्रिय भूमिका लिन सुरु गरेकी थिइन्।
तर, उनी पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधिमा परेकी थिइनन्, जसकारण विधानअनुसार उनी विधान महाधिवेशनकी प्रतिनिधि बन्न अयोग्य ठहरिएकी हुन्।
यस निर्णयले पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिक भूमिकामा अवरोध त ल्याएको छ नै, साथै एमाले नेतृत्वले पार्टी संरचनाको नियममा स्पष्टता ल्याउने प्रयास गरेको पनि देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: