मुम्बइ । फ्यानहरूले कंगना रनौतसँग आर माधवनको जोडीलाई निकै मन पराउँछन्। दुवैले दुईवटा फिल्ममा सँगै काम गरेका थिए र दुवै तस्विर हिट साबित भएका थिए । एउटा तनु वेड्स मनु ९२०११० र अर्को तनु वेड्स मनु ९२०१५० को सिक्वेल हो।
दुवै फिल्ममा कंगना र माधवनको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए । अब १० वर्षपछि यो जोडी फेरि ठूलो पर्दामा फर्किने भएको छ । कंगना र माधवनले नयाँ प्रोजेक्टका लागि हात मिलाएका छन् ।
प्राप्त जानकारी अनुसार कंगना रनौत र आर माधवन मनोवैज्ञानिक थ्रिलर फिल्म सर्कलमा सँगै देखिनेछन् । दुबैको फर्किएपछि फ्यानहरु निकै उत्साहित छन् । डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार, आगामी फिल्म सर्कल एक प्यान इन्डिया फिल्म हो, जसको सुटिङ हिन्दी, तमिल र तेलुगुमा एकैसाथ हुनेछ । करिब एक वर्षदेखि निर्माण भइरहेको यसको छायांकन अन्तिम चरणमा पुगेको छ ।
रिपोर्टका अनुसार कंगना(माधवनको फिल्मको अन्तिम दृश्य तेलंगानाको हैदरावादको जुबली हिल्सको क्लब इल्युजनमा खिचिएको थियो। यो मनोवैज्ञानिक थ्रिलर भारतका विभिन्न स्थानहरु जस्तै उटी, जयपुर, चेन्नई र हैदरावादमा छायांकन गरिएको छ । यो फिल्म टिडेन्ट आर्टका रवीन्द्रनले निर्माण गर्दैछन्, जसले शीर्षक पुष्टि गरे र कंगना रनौतको कामको पनि प्रशंसा गरे।
यो चलचित्र दर्शकले यस विधामा पहिले देखेका चलचित्र भन्दा फरक रहेको पनि निर्माताले बताए । रिपोर्टमा विश्वास गर्ने हो भने फिल्म सर्कल आफ्नो किसिमको पहिलो साइकोलोजिकल थ्रिलर रहेको बताइएको छ । जसका कारण फ्यानमा पात्र र कथालाई लिएर उत्साह बढ्दै गएको छ । कंगना रनौत र आर माधवन दुवै आफ्नो दमदार अभिनयका लागि परिचित छन्, त्यसैले फ्यानहरू यो फिल्मको रिलिजको लागि उत्सुक छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - १७:३२
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या भन...
फाल्गुन ८ गते, २०८२ - १७:२३
काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै शुक्रबार माइक्रोबस दुर्घटनामा परेको छ। प्राप्त जानकारी अनुसार, माइक्रोबस गति अनियन्त्रित...
फाल्गुन ८ गते, २०८२ - १७:१७
मोरङ। निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प...
फाल्गुन ८ गते, २०८२ - १७:०६
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ...
फाल्गुन ८ गते, २०८२ - १६:४७
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसदबाट निकालिए पनि जनताको मनबाट हटाउन सकिँदैन भन्दै चुनौती दिएका छन्। शु...
फाल्गुन ८ गते, २०८२ - १६:३७
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ फागुन २२ गते गर्ने साधारण तारेख तोकेको छ। रिटकर्ता अधिवक्ता कृतिनाथ शर्...
फाल्गुन ८ गते, २०८२ - १६:३०
वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख...
फाल्गुन ८ गते, २०८२ - १६:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता, बालेन शाह सुदुरपश्चिमको चुनावी अभियानको क्रममा बिरामी परेपछि काठमाडौं आएका छन्। शाह ...
फाल्गुन ८ गते, २०८२ - १६:०८
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा एमालेको झण्डा आफूहरुले नजलाएको स्पष्ट पारेको छ। पार्टीले झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न...
फाल्गुन ८ गते, २०८२ - १५:३३
पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त सम...



प्रतिकृया लेख्नुहोस्: