Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

भारी वर्षाको सम्भावना, सुरक्षित स्थानमा बस्न प्रधानमन्त्रीको आग्रह

खबरडबली संवाददाता

काठमाडौँ। देशको  विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमानसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छन्।

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशको विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। उक्त जानकारीका आधारमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै जनसाधारणलाई सुरक्षित रहन अपिल गरेको हो।

 ‘मौसम विज्ञान विभागले आज दिउँसो देशको विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ, मौसमजन्य विपद्‌बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ, अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु’ ओलीले लेखेको छन् । 

प्रधानमन्त्रीले सुरक्षाकर्मीलाई पनि आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई सक्रिय रहन आग्रह गरिएको छ।

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन ३ गते रातिदेखि ५ गते सोमबारसम्म देशको विभिन्न स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो। विपद् जोखिम न्यूनीकरण विज्ञहरुले लगातारको वर्षाले जोखिम  बढ्ने भन्दै पहिरो, डुबान सम्भावित क्षेत्रमा बसोबास गर्नेहरूलाई सचेत रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न सुझाव दिएका छन्।

देशको केही क्षेत्रहरूमा पछिल्ला दिनहरूमा आएको भारी वर्षाले जनजीवन प्रभावित बनेको छ। केही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध भएका छन् । सरकारले विपद्‌को जोखिम कम गर्न आवश्यक सबै तयारी भइरहेको जनाएको छ। सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय स्वयंसेवकहरू तयारी अवस्थामा राखिएको जनाइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विधि मिच्ने स्वार्थ प्रेरित कार्यले निरंकुशताको संकेत दिन्छ : सपना प्रधान मल्ल

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...

नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...

कांग्रेसका क्रियाशील सदस्यले अन्य चुनाव चिन्हमा मतदान गर्नु अनुशासनविपरीत : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...

ताप्लेजुङमा बेमौसमी हिमपात

ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।  हिमाली जिल्ला ताप्लेजु...

छ लाख रुपियाँ अवैध भारुसहित दुई जना पक्राउ

नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...

गगन थापासँग कमलबहादुर शाहको प्रश्न: देउवालाई टिकट नदिनुको कारण के ?

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...

रास्वपाको प्रशिक्षणमा न्युन उपस्थिति, दलका उपनेताले भने: सांसदले संसदीय भूमिकाबाट विमुख हुने सङ्केत गर्दैछन् ’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...

झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते

झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending