काठमाडौं । काठमाडौंको सुन्धारामा अवस्थित नेपालको ऐतिहासिक स्तम्भ ‘धरहरा’ लाई गुगल म्यापमा ‘सेतो टावर’ भनेर लेखिएको देखिएको छ ।
आइतवार बिहान गुगल म्यापले धरहरालाई ‘सेतो टावर’ भनेर देखाएपछि सामाजिक सञ्जालमा यस विषयमा जिज्ञासा उत्पन्न भएको छ । धेरैले नेपालको ऐतिहासिक सम्पत्तिको अपमान भएको बताएका छन् भने केहीले यस्तो गल्ती गर्नेहरूलाई छिटोभन्दा छिटो कारवाहीम ल्याउनुपर्ने माग गरेका छन् ।
काठमाडौंको ऐतिहासिक धरहरा क्षेत्रलाई गुगल म्यापमा ‘सेतो टावर’ भनेर उल्लेख गरिएको पाइएको छ। गुगल म्यापमा नेपालको सांस्कृतिक र ऐतिहासिक सम्पदा धरहराको नाम सेतो टावर देखिएपछि सामाजिक सञ्जालमा आलोचना चुलिएको हो ।
प्रसिद्ध पर्यटकीय स्थल धरहरा काठमाडौंको सुनधारामा अवस्थित छ र नेपाली इतिहासमा महत्वपूर्ण स्थान राख्दछ । तर, यसको नाम गलत ढंगले अनुवाद गरिएको देखिएपछि धेरैले आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गुगल म्यापमा देखिएको नामले नेपालको सांस्कृतिक पहिचानको अपमान भएको बताएका छन् । कतिपयले ‘धरहरा भनेको धरहरै हो, सेतो टावर होइन’ भन्दै यस्ता गलत नामाकरण सच्याउन पर्ने बताएका छन् ।
त्यस्तै केहिले ‘ऐतिहासिक सम्पदाको यस्ता डिजिटल माध्यममा गलत नामले प्रस्तुतिनु गम्भीर विषय हो । भन्दै आक्रोश व्यक्त गरेका छन् । कोहिले त नेपालको ऐतिहासिक सम्पदाको अपमान भएको बताएका बताउँदै यस्तो गल्ती गर्नेहरूलाई छिटोभन्दा छिटो कारबाहीमा ल्याउनुपर्ने माग गरेका छन् ।
तत्कालिन प्रधानमन्त्री भीमसेन थापाद्वारा निर्माण गरिएको महत्वपूर्ण स्मारक हो धरहरा । २०७२ सालको भूकम्पमा धरहरा ढलेपछि पुनर्निर्माण गरिएर अहिले नयाँ स्वरूपमा पुनः निर्माण भएको हाे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी
माघ ८ गते, २०८२ - २०:०३
सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार...
माघ ८ गते, २०८२ - १९:२९
काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm...
माघ ८ गते, २०८२ - १९:२५
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गते बिहीबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्द...
माघ ८ गते, २०८२ - १९:२१
काठमाडौँ । प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सञ्चार माध्यम तथा तिनका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा १६३...
माघ ८ गते, २०८२ - १९:१०
रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिव...
माघ ८ गते, २०८२ - १९:०४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये चार जिल्लाका पाँच जनाविरुद्ध उजुरी परेको छ । ...
माघ ८ गते, २०८२ - १८:५९
काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा.राकेश पाण्डेबीच भेटवार्ता भएको छ । का...
माघ ८ गते, २०८२ - १८:५६
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते राति शौचा...




प्रतिकृया लेख्नुहोस्: