काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्माले मंगलबार एक विवादीत र गैरराजनीतिक अभिव्यक्ति दिएका छन् ।
प्रभाकरबाट बिस्तारै जर्नादन शर्मा हुँदै गएका उनले पार्टी नेतृत्वलाई निरन्तर खुइलाउनका लागि विभिन्न फण्डा गर्दै आइरहेका छन् । मंगलबार पनि उनले पार्टी नेतृत्वमाथि प्रहार गर्नका लागि मनमोहन अधिकारीबाहेक सबै वामपन्थी पूर्वप्रधानमन्त्रीले भ्रष्टाचार गरेको निराधार आरोप लगाएका छन् ।
तर, जर्नादनले आफू नै राज्यकोषदेखि राज्य शक्तिको केन्द्रमा बसेर सत्ताको चास्नीमा डुबेको कुरा स्मरण गरेनन् । अर्थमन्त्री, गृह, ऊर्जामन्त्री हुँदा उनले गरेका क्रियाकलापमा उठेको प्रश्नको उत्तर नदिएरै जर्नादनले पार्टी नेतृत्वमाथि प्रहार किन गरिरहेका छन् ? राज्यका प्रमुख मन्त्रालयको नेतृत्व त्यो पनि पटक पटक लिने र दोष अरुलाई थोपर्ने काम कसको हितमा भइरहेको छ ? स्वदेशका भट्टको हो कि विदेशका भट्टको योजनामा यो काम भइरहेको छ । विचौलियाको आरोप लाग्ने गरेका दीपक भट्टसँगको साझेदारीमा उठेका प्रश्नको उत्तर उनले दिनुपर्दैन ?
एकजनाले छिमेकीको काक्रा चोरेर खाएछ, छिमेकीले थाहा पाउँछ कि भन्ने डरले एक सोझो व्यक्तिलाई निधारमा काक्राको बियाँ टाँसेमा राम्रो हुने जुक्ति दिएछ । सोझो व्यक्तिलाई काक्राको बियाँ निधारमा लगाइदिएर छिमेकीकोमा पुगेर त्यहीँ सोझो व्यक्तिलाई काक्राको बियाँ टाँसेकै आधारमा चोरमा परिणत गरे जस्तैगरी आधारहीन र तथ्यहीन कुरा गरेर पार्टीलाई कता लैजाने प्रयास हुँदैछ ?
अर्थ र गृह मन्त्रालयको नेतृत्वमा हुँदा हुँदा उठेका प्रश्नको उत्तर दिनु नपर्ने, पार्टीका मिडिया संचालनका लागि लिएको करोडौँ रकमको हिसाब पनि देखाउन नपर्ने, आफूले जावलाखेलको चिडिया खाना नजिकै किनेको घरको स्रोत पनि देखाउन नपर्ने, दाजुभाइ, नातागोता र आफन्तका नाममा ठडिएका घर, जग्गा र सेयरको हिसाब पनि देखाउन नपर्ने, पार्टी नेतृत्वविरुद्ध निरन्तर पैसा परिचालन गरेर गरिएको अराजनीतिक गुटबन्दीको स्रोत पनि देखाउन नपर्ने ? अझ स्वतन्त्र छानविनको वकालत गर्न कमरेड जर्नादनलाई कुन नैतिकताले दिन्छ ? कि स्वतन्त्र व्यक्ति दीपक भट्ट नै हुन् ? जनमैत्री अस्पतालदेखि विभिन्न विचौलियासँग जोडेर उठेका प्रश्नको उनले जवाफ नदिएर नेतृत्वलाई तथ्यहीन आरोप लगाएर उन्मुक्ति पाउन सकिन्छ कमरेड ?
जर्नादनले पार्टी नेतृत्वको विरुद्ध निरन्तर आक्रमण गर्न कुन शक्तिले लगाएको भन्ने कुराको जवाफ अब दिनुपर्छ । मुसाले भकारीको संरक्षणको माग गरेजस्तै कमरेड जर्नादनले भ्रष्टाचारको छानबिनको माग गरेपछि पार्टी भित्र नयाँ बसह सुरु भएको छ ‘मुसा प्रवृत्ति’ । यो मुसा प्रवृत्ति तार काटेको प्रशंगसँग पनि कतिपयले जोडेका छन् ।
सामाजिक संजालमा पनि यसबारेमा बहस सुरु भएको छ । युवा नेता लेखनाथ न्यौपाने लेख्छन्, ‘राजनीतिमा लागेर जजस्ले अकुत सम्पत्ति थुपारे उनीहरुले नै सम्पत्ति छानविनको माग गर्नु जस्तो बेइमानी अरु के होला ?’
अर्का नेता ओमविक्रम भाट सरलले लामो स्टाटस लेखेर प्रश्न गर्छन, ‘मुसा प्रवृत्तिले सर्टिफिकेट बाँड्नु भन्या जो चोर उसकै ठूलो स्वर भएन र भन्या ?’ माओवादी आन्दोलनको नेतृत्व गरिरहेकाहरुले नेतृत्वमाथिको आक्रमणको निन्दा गरेका छन् । पछिल्ला समय जर्नादनबाट भएको अराजनीतिक गतिविधिको प्रतिवाद गर्न जरुरी छ । नेतृत्वलाई खुइलाएर ‘प्रचण्ड’ बन्ने सपना देख्ने मुसा प्रवृत्तिका बारेमा पार्टी नेतृत्वले अब छलफल गर्न आवश्यक छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: