Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

कम्बोडियासँग युद्ध हुनसक्ने थाइल्यान्डको चेतावनी

खबरडबली संवाददाता

सुरिन । दुवै देशले दोस्रो दिन घातक आक्रमणहरू गरिरहेको बेला थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाइले शुक्रबार कम्बोडियासँगको सीमापार झडपले एक लाख ३० हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको भन्दै यो झडप ‘युद्धमा परिणत’ हुनसक्ने चेतावनी दिएको छन् । 

लामो समयदेखि चलिरहेको सीमा विवाद बिहीबार जेट, तोपखाना, ट्याङ्क र स्थल सैनिकहरूसहित तीव्र लडाइँमा परिणत भएको छ र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले शुक्रबारपछि यस सङ्कटमा आपत्कालीन बैठक गर्ने तयारी गरेको छ ।

सीमाको कम्बोडियाली पक्षबाट लगातार तोप आक्रमणको आवाज सुन्न सकिन्छ । त्यहाँ ओड्डर मिन्चे प्रान्तले एक ७० वर्षीय नागरिक मारिएको र पाँच जना घाइते भएको रिपोर्ट गरेको छ । थाइल्यान्डको सीमावर्ती क्षेत्रहरूबाट एक लाख ३८ हजारभन्दा बढी मानिसलाई बाहिर निकालिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले १४ नागरिक र एक सैनिकसहित १५ जनाको मृत्यु भएको र १५ सैनिकसहित ४६ जना घाइते भएको बताएको छ । 

“हामीले छिमेकी भएकाले सम्झौता गर्ने प्रयास गरेका छौँ, तर अब हामीले थाई सेनालाई जरुरी अवस्थामा तुरुन्तै कार्य गर्न निर्देशन दिएका छौँ”, वेचाचाइले बैङ्ककमा पत्रकारहरूलाई भने, “ स्थिति बढ्यो भने यो युद्धमा परिणत हुनसक्छ, यद्यपि अहिलेका लागि यो झडपमा मात्र सीमित छ ।”

सीमाबाट २० किलोमिटर (१२ माइल) टाढा रहेको कम्बोडियाको सहर सामराङमा एएफपीका पत्रकारहरूले गोली चल्दा परिवारहरू आफ्ना छोराछोरी र सामानहरू लिएर गाडीमा द्रुत गतिमा भागेको देखेका छन् । “म सीमा नजिकै बस्छु । हामी डराएका छौँ किनभने उनीहरूले बिहान ६:०० बजे फेरि गोली चलाउन थाले”, ४१ वर्षीय प्रो बाकले भने ।

उहाँ आफ्नी श्रीमती र बच्चाहरूलाई शरण खोज्न बौद्ध मन्दिरमा लैजाँदै हुनुहुन्थ्यो । “हामी कहिले घर फर्कन सक्छौँ मलाई थाहा छैन”, उनले भने। एएफपीका पत्रकारहरूले पनि सैनिकहरू रकेट लन्चरहरू चलाउन र सीमातिर द्रुत गतिमा दौडिरहेको देखे । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आफूले बिहीबार दुवै देशका नेताहरूसँग वार्ता गरेको र युद्धविराम र संवादको आह्वान गरेको बताए। मलेसियाले हाल क्षेत्रीय समूह आसियानको अध्यक्षता गरिरहेको छ ।

“म बैङ्कक र नोमपेन्ह दुवैले यो अगाडिको बाटो विचार गर्न देखाएको सकारात्मक सङ्केत र इच्छाशक्तिको स्वागत गर्छु”, उहाँले बिहीबार साँझ फेसबुक पोस्टमा भन्नुभयो । तर अनवरको आशावादका बावजुद थाई सेनाले शुक्रबार बिहान ४स्०० बजे ९२१०० जिएमटी बिहीबार० तीन क्षेत्रमा लडाइँ पुन: सुरु भएको बताएको छ । कम्बोडियाली सेनाले भारी हतियार, फिल्ड आर्टिलरी र बिएम(२१ रकेट प्रणालीले बमबारी गरेको बताएको छ । थाई सेनाले ‘उचित सहायक फायर’ का साथ जवाफ दिएको बताएको छ ।

शान्तिका लागि आह्वान 

यो लडाइँले छिमेकी देशहरूबीचको साझा आठ सय किलोमिटर (पाँच सय माइल) सीमालाई लिएर लामो समयदेखि चलिरहेको विवादमा नाटकीय वृद्धि भएको छ । दुवै मुलुकको साझा सीमामा लाखौँ विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्यहरू छन् ।

धेरै क्षेत्रमा दर्जनौँ किलोमिटर विवादित छ । सन् २००८ र सन् २०११ को बीचमा लडाइँ सुरु हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको थियो भने हजारौँ विस्थापित भएका थिए । सन् २०१३ मा संयुक्त राष्ट्रसङ्घको अदालतले एक दशकभन्दा बढी समयका लागि यो मुद्दा सुल्झाएको थियो, तर हालको सङ्कट मे महिनामा नयाँ झडपमा एक कम्बोडियाली सैनिक मारिएपछि सुरु भयो ।

थाई सेनाका अनुसार बिहीबारको लडाइँ दुई प्राचीन मन्दिरसहित छवटा स्थानमा केन्द्रित थियो ।ट्याङ्कहरूद्वारा सुसज्जित स्थल सेनाहरूले क्षेत्रको नियन्त्रणका लागि लडाइँ गरे भने कम्बोडियाले थाइल्यान्डमा रकेट र गोलाहरू प्रहार गर्‍यो र थाईहरूले सीमापारका सैन्य लक्ष्यहरूमा प्रहार गर्न एफ–१६ जेटहरू उडाए ।

दुवै पक्षले पहिले गोली चलाएकोमा एकअर्कालाई दोष दिएका छन् । थाइल्यान्डले कम्बोडियालाई गोला प्रहार गरेको अस्पताल र कम्तीमा एउटा रकेटले प्रहार गरेको पेट्रोल स्टेसनसहित नागरिक पूर्वाधारलाई लक्षित गरेको आरोप लगाएको छ । थाइल्यान्डले कम्बोडियाली राजदूतलाई निष्कासन गरेको र थाई सैन्य गस्तीका पाँच सदस्य बारुदी सुरुङमा घाइते भएपछि आफ्नै दूतलाई फिर्ता बोलाएको केही घण्टापछि बिहीबारको झडप भएको थियो ।

कम्बोडियाले बिहीबार सम्बन्धलाई ‘निम्नतम स्तर’ मा घटायो, एक बाहेक आफ्ना सबै कूटनीतिज्ञलाई फिर्ता बोलायो र नोम पेन्हबाट उनीहरूका थाई समकक्षहरूलाई निष्कासन गर्‍यो । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटको अनुरोधमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले घातक झडपहरूबारे छलफल गर्न शुक्रबार आपत्कालीन बैठक आयोजना गर्ने कूटनीतिक स्रोतहरूले बताएका छन् ।

संयुक्त राज्य अमेरिकाले द्वन्द्वको ‘तत्काल’ अन्त्य गर्न आग्रह गरेको छ भने कम्बोडियाको पूर्व औपनिवेशिक शासक फ्रान्सले पनि यस्तै आह्वान गरेको छ ।नोमपेन्हको निकट सहयोगी युरोपेली सङ्घ ९इयु० र चीनले वार्ताको आह्वान गर्दै द्वन्द्वबारे ‘गहिरो चिन्ता’ व्यक्त गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस र एमालेलाई आन्तरिक समस्या समाधान गर्न रवि लामिछानेको आग्रह

काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...

सरकारबारे रवी: झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो

चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...

प्रधानमन्त्री शाहको घोषणा: सुकुमवासी र सहकारी समस्या यही कार्यकालमा समाधान गर्ने

चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...

अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परेमा ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...

सिमाबारे प्रधानमन्त्री शाहको स्पष्टीकरण: हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं

राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह

कांग्रेसले जस्तो नेतालाई 'भगवान्' र 'बा' बनाउने गल्ती रास्वपाले नगरोस्: सभापति थापा

चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...

स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...

वैकल्पिक राजनीतिको उपलब्धि रास्वपा हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

रास्वपा कहाँ उभिन्छ भन्ने चासो छ : प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...

इतिहासले दिएको अवसर चुकाए रास्वपा र नेतृत्वलाई मात्र नभई देशलाई धोका हुनेछ: अध्यक्ष लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending