ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले आफ्नो पालिकाको गौरवका योजना छनोट गरेको छ । गाउँपालिकाले विभिन्न १४ वटा योजनाको नाम सूचिकृत गर्दै पालिकाको गौरवका योजना छनोट गरेको हो ।
चालु नयाँ आर्थिक वर्षका लागि पारित नीति कार्यक्रममै १४ वटा योजनालाई गाउँपालिकाले गौरवको योजनाका रुपमा सूचिकृत गरेको छ । गाउँपालिकाले छनोट गरेको गौरवका योजनामा वडा १ खोक्लिङको हान्द्रदुङदेखि डाँडागाउँ–लिबाङ–साँवा हुँदै वडा ५ पापुङ जोड्ने सडक कालोपत्रे गर्ने, निर्माणाधीन प्रशासकीय भवनलाई सम्पन्न गर्ने रहेको छ ।
यस्तै वैकल्पिक ऊर्जा प्रवद्र्धन कार्यक्रम, पाँच शøयाको अस्पताल, पापुङमा बर्थिङ सेन्टर ९प्रसूति केन्द्र० स्थापना गर्ने, खोक्लिङको ओझागाउँ आधारभूत विद्यालयको भवन निर्माण, वडा १ को कार्यालय भवन निर्माणलाई गौरवको योजनामा राखिएको छ । गाउँपालिकाको गौरवको योजनाअन्तर्गत नै शेर्पा आधारभूत विद्यालयको भवन निर्माण, सिंहेश्वरी आधारभूत विद्यालय, बेसीगाउँ आधारभूत विद्यालय र साँवा माध्यमिक विद्यालयको भवन निर्माण रहेको छ ।
यसैगरी, साङ्गे छ्योलिङ गुम्बा निर्माण, सगरमाथा आधारभूत विद्यालयको भवन निर्माण, युवा खेल मैदान निर्माण र दुगुर्ने थुम्बा पुलदेखि बेसीगाउँ आधारभूत विद्यालय, २ नम्बर वडा कार्यालय–वैराखु आविदेखि दुरिङ, होवोक काँडे जोड्ने सडक स्तरोन्नति पनि पालिकाले गौरवको योजनामा राखिएको छ । गौरवको योजनाका रुपमा सूचिकृत उक्त योजनाहरुलाई मुख्य प्राथमितामा राखेर कार्यान्वयन गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका अनुसार गौरवको योजनाका रुपमा छनोट भएका योजना कार्यान्वयनका लागि बजेट तथा स्रोत सुनिश्चित गर्न पालिकाले मध्यकालीन खर्च संरचना (एमटिइएफ) को अवधारण अघि सारेको छ । पालिकाले गौरवका योजना एवम् ठुला परियोजना सञ्चालन गर्दा वातावरणीय प्रभाव अध्ययन सर्वेक्षणलाई अनिवार्य गर्ने भएको पनि अध्यक्ष कार्कीले जानकारी दिए । उजका अनुसार छनोट भएका गौरवका योजना कार्यान्वयनलाई वर्तमान कार्यकालमै पूरा गर्ने लक्ष्य राखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: