काठमाडाैं । फौजदारी अपराधमा विशेष अदालतबाट दोषी ठहरिएपछि मधेश प्रदेश प्रेस काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्यायलाई प्रेस चौतारी नेपालले संगठनबाट निष्काशन गरेको छ। प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले विज्ञप्ति जारी गर्दै उपाध्यायको साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरिएको जानकारी दिएका हुन्।
संगठनको विधान २०५५ को आठौँ संशोधन (२) (१) अन्तर्गत परिच्छेद ३, दफा ८ को ९ग० बमोजिम अदालतबाट फौजदारी कसुरमा दोषी ठहर भएका व्यक्तिलाई सदस्य नरहने व्यवस्था गरिएको छ। सोही कानुनी प्रावधान अनुसार उपाध्यायको निष्कासन गरिएको चौतारीले स्पष्ट पारेको छ।
यसअघि विशेष अदालतले उपाध्यायलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना तिर्ने फैसला गरेको थियो। अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले बिहीबार उक्त फैसला सुनाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ९ वैशाखमा उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो। त्यसको दुई दिनअघि, ७ वैशाखमा उनी मधेश प्रदेश प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भएका थिए। मुद्दा दायर भएसँगै उनी पदबाट निलम्बनमा परेका थिए।
उपाध्यायमाथि बाराको पचरौता नगरपालिकामा सार्वजनिक खरिद ऐनविपरीत विज्ञापन प्रकाशन नगरी आर्थिक अनियमितता गरेको आरोप लागेको थियो। अख्तियारको अनुसन्धानमा उनले कानुनी प्रक्रिया नअपनाई अनियमित ढंगले विज्ञापन प्रकाशनको काम अघि बढाएको देखिएको थियो। आयोगले सार्वजनिक प्रक्रिया छलिएको र त्यसबाट व्यक्तिगत लाभ लिइएको ठहर गर्दै विशेष अदालतमा अभियोजन दर्ता गरेको थियो।
विशेष अदालतको फैसला सार्वजनिक भएलगत्तै प्रेस चौतारी नेपालले संगठनको अनुशासन, आचरण र आन्तरिक शुद्धताको नीतिअनुसार उपाध्यायलाई निष्काशन गरिएको जनाएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - १६:०८
पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...
चैत्र २२ गते, २०८२ - १५:५९
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...
चैत्र २२ गते, २०८२ - १५:४३
काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...
चैत्र २२ गते, २०८२ - १५:४२
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...
चैत्र २२ गते, २०८२ - १५:३९
कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...
चैत्र २२ गते, २०८२ - १५:३२
ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...
चैत्र २२ गते, २०८२ - १५:१८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...
चैत्र २२ गते, २०८२ - १५:१६
काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...
चैत्र २२ गते, २०८२ - १५:१२
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...
चैत्र २२ गते, २०८२ - १५:१०
काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...


प्रतिकृया लेख्नुहोस्: