काठमाडौं । ‘मन्त्रिपरिषद् हेरफेर’ एजेन्डासहित प्रधानमन्त्री केपी शर्मा ओली र सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच अहिले केही बेरमा छलफल हुँदै छ । धानमन्त्रीको प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार दुई दलका शीर्ष नेताहरूको बैठक अहिले केहीबेरमा बालुवाटारमा बस्ने तय भएको हाे ।
बैठकमा एमालेबाट उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् भने कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी हुनेछन् ।
प्रधानमन्त्रीका प्रेसविज्ञ बजगाईंका अनुसार, मन्त्रिपरिषद् हेरफेरलाई लिएर बैठक बस्न लागेको हो । एमालेका एक नेताका अनुसार, प्रधानमन्त्री ओली एमालेबाट नियुक्त केही मन्त्रीलाई बिदा गर्ने पक्षमा छन् । तर नेपाली कांग्रेस आफ्ना मन्त्रीहरू फेरबदल गर्न इच्छुक देखिएको छैन । तर, प्रधानमन्त्री ओलीले सभापति देउवालाई मनाउने प्रयास गरिरहेका छन् ।
‘कार्यसम्पादन कमजोर भएका, विवादमा समेत आएका मन्त्रीहरूलाई हटाएर नयाँलाई जिम्मेवारी दिऔँ भन्ने प्रधानमन्त्रीको तयारी रहेकाे बजगाईँले बताए । त्यही कारण प्रधानमन्त्रीले सत्ता साझेदार नेपाली कांग्रेससँग छलफल अगाडि बढाका उनकाे भनाइ छ ।
कांग्रेसको भने यस विषयमा रुचि नदेखाएको कांग्रेस नेताहरुकाे भनाइ छ । कांग्रेससँगको छलफलपछि प्रधानमन्त्री ओलीले आजै निर्णय लिने सम्भावना रहेको छ । कांग्रेसले नमानेको खण्डमा एमालेका मात्रै मन्त्री फेरिने सम्भावना रहेको बालुवाटँर स्राेतकाे भनाइ छ ।
‘प्रधानमन्त्री आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेकाले कांग्रेससँगको छलफलपछि निर्णय लिनुे स्ँेतकाे भनाइ छ ।
रक्षामन्त्री मानवीर राई, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी फेरिने सम्भावना रहेको स्रोतको भनाइ छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि ‘रेड जोन’ मा छन् ।
मौजुदा मन्त्रीपरिषदमा एमालेबाट प्रधानमन्त्रीसहित ९ जना मन्त्री सहभागी छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त केही समयअघि मात्रै मन्त्री बनेकाले उनीहरूलाई निरन्तरता दिने पक्षमा प्रधानमन्त्री ओली रहेका छन् । न्यौपाने असार ३१ गते मन्त्री भएकी हुन् । एमाले सांसद राजकुमार गुप्ताले घूसकाण्डमा मुछिएपछि मन्त्रीबाट राजीनामा दिएका थिए । रिक्त पदमा न्यौपाने मन्त्री नियुक्त भएकी हुन् ।
पन्त गत वैशाख १० गते मन्त्री नियुक्त भएका थिए । गत वैशाख ८ गते एमाले सांसद विद्या भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएपछि पन्त मन्त्री भएका थिए ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ भने फेरिने सूचीमा छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - २१:०३
झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...
माघ ७ गते, २०८२ - २०:५६
टिकट नपाएपछि गुरुङको विद्रोह
माघ ७ गते, २०८२ - २०:३७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...
माघ ७ गते, २०८२ - १४:१६
झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओली...
माघ ७ गते, २०८२ - १४:१४
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...
माघ ७ गते, २०८२ - १४:०९
झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...
माघ ७ गते, २०८२ - १४:०४
काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...
माघ ७ गते, २०८२ - १४:०१
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएपछि महावीर पुनले आफू कुनै पनि राजनीतिक पार्टीमा नलाग्ने स्पष्ट पारेका छन् । म्याग्दीब...
माघ ७ गते, २०८२ - १३:५८
बाग्लुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाग्लुङ जिल्लामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा (राजमो)बीच चुनाव...




प्रतिकृया लेख्नुहोस्: