Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

ओली–देउवा भेटपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै

एमालेका केही मन्त्री परे ‘रेड जोन’ मा, काे–काे बन्दैछन् एमालेबाट मन्त्री

खबरडबली संवाददाता

काठमाडौं । ‘मन्त्रिपरिषद् हेरफेर’ एजेन्डासहित प्रधानमन्त्री केपी शर्मा ओली र सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच अहिले केही बेरमा छलफल  हुँदै छ । धानमन्त्रीको प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार दुई दलका शीर्ष नेताहरूको बैठक अहिले केहीबेरमा बालुवाटारमा बस्ने तय भएको हाे । 

बैठकमा एमालेबाट उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् भने कांग्रेसबाट  उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी हुनेछन् ।

प्रधानमन्त्रीका प्रेसविज्ञ बजगाईंका अनुसार, मन्त्रिपरिषद् हेरफेरलाई लिएर बैठक बस्न लागेको हो ।  एमालेका एक नेताका अनुसार, प्रधानमन्त्री ओली एमालेबाट नियुक्त केही मन्त्रीलाई बिदा गर्ने पक्षमा छन् । तर नेपाली कांग्रेस आफ्ना मन्त्रीहरू फेरबदल गर्न इच्छुक देखिएको छैन । तर, प्रधानमन्त्री ओलीले सभापति देउवालाई मनाउने प्रयास गरिरहेका छन् ।

‘कार्यसम्पादन कमजोर भएका, विवादमा समेत आएका मन्त्रीहरूलाई हटाएर नयाँलाई जिम्मेवारी दिऔँ भन्ने प्रधानमन्त्रीको तयारी रहेकाे बजगाईँले बताए । त्यही कारण प्रधानमन्त्रीले सत्ता साझेदार नेपाली कांग्रेससँग छलफल अगाडि बढाका उनकाे भनाइ छ ।

कांग्रेसको भने यस विषयमा रुचि नदेखाएको कांग्रेस नेताहरुकाे भनाइ छ । कांग्रेससँगको छलफलपछि प्रधानमन्त्री ओलीले आजै निर्णय लिने सम्भावना रहेको छ । कांग्रेसले नमानेको खण्डमा एमालेका मात्रै मन्त्री फेरिने सम्भावना रहेको बालुवाटँर स्राेतकाे भनाइ छ ।

‘प्रधानमन्त्री आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेकाले कांग्रेससँगको छलफलपछि निर्णय लिनुे स्ँेतकाे भनाइ छ ।

रक्षामन्त्री मानवीर राई, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी फेरिने सम्भावना रहेको स्रोतको भनाइ छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि ‘रेड जोन’ मा छन् । 

मौजुदा मन्त्रीपरिषदमा एमालेबाट प्रधानमन्त्रीसहित ९ जना मन्त्री सहभागी छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त केही समयअघि मात्रै मन्त्री बनेकाले उनीहरूलाई निरन्तरता दिने पक्षमा प्रधानमन्त्री ओली रहेका छन् । न्यौपाने असार ३१ गते मन्त्री भएकी हुन् । एमाले सांसद राजकुमार गुप्ताले घूसकाण्डमा मुछिएपछि मन्त्रीबाट राजीनामा दिएका थिए ।  रिक्त पदमा न्यौपाने मन्त्री नियुक्त भएकी हुन् ।

पन्त गत वैशाख १० गते मन्त्री नियुक्त भएका थिए । गत वैशाख ८ गते एमाले सांसद विद्या भट्टराईले शिक्षा,  विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएपछि पन्त मन्त्री भएका थिए ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ भने फेरिने सूचीमा छैनन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...

कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएनः प्रहरी

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...

बलेलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...

जिल्ला अस्पतालका कर्मचारीलाई सेवाग्राहीको सहजताका लागि निर्देशन

ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...

२६ सय विन्दुमा झर्‍यो नेप्से, एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending