फिदिम। श्रीमानले कोदालो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । श्रीमानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएकी २२ वर्षीया अनु राईको उपचारका क्रममा मृत्यु भएको हो ।
पाँचथरको फालेलुङ गाउँपालिका–७ आहाले घर भई सदरमुकाम फिदिम नगरपालिका–१ नाम्दुस्थित माइतीमा बस्दै आएकी राईलाई २७ वर्षीय श्रीमान महेन्द्र तामाङले बुधबार राति कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी ९प्रहरी निरीक्षक० रुपेश तामाङले जानकारी दिए।
उनका अनुसार घरबाट ससुराली आएका तामाङले पारिवारिक विवादमा श्रीमतीमाथि कोदालो प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
कोदालोको पासोले लाग्दा गम्भीर घाइते भएकी राईको शुक्रबार बिहान झापास्थित बिएण्डसि अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
श्रीमतीलाई कोदालो प्रहार गरेर फरार भएका तामाङलाई फिदिम नगरपालिका ६ सिवामा लुकेर बसेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १८:२६
काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...
आषाढ़ ७ गते, २०८३ - १८:१९
चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...
आषाढ़ ७ गते, २०८३ - १८:०८
चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...
आषाढ़ ७ गते, २०८३ - १८:०३
चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...
आषाढ़ ७ गते, २०८३ - १७:५९
राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह
आषाढ़ ७ गते, २०८३ - १७:५३
चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...
आषाढ़ ७ गते, २०८३ - १७:४३
काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...
आषाढ़ ७ गते, २०८३ - १७:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...
आषाढ़ ७ गते, २०८३ - १७:२६
चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...
आषाढ़ ७ गते, २०८३ - १७:१५
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...



प्रतिकृया लेख्नुहोस्: