Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

सर्लाहीको घारिबथानमा सर्पले टोकेर महिलाको मृत्यु

खबरडबली संवाददाता

सर्लाही। सर्लाहीको उत्तरवर्ती क्षेत्रस्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा सर्पले टोकेर महिलाको मृत्यु भएको छ । घारिबथानकी ५० वर्षीया सीता परियारको गोमन सर्पले डसेर मृत्यु भएको हो ।

परियारलाई बिहीबार साँझ सुँगुरलाई चारो हाल्न जाँदा गोमन सर्पले खुट्टामा दुई पटक डसेको थियो । 

उहाँलाई नवलपुर सर्पदंश उपचार केन्द्रमा उपचार सम्भव नभएपछि भेन्टिलेटरको सुविधा रहेको जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको ईश्वरपुर नगरपालिका १२ का वडा सदस्य खेमबहादुर बुढाथोकी ९दिनेश० ले बताउनुभयो । नवलपुर सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर र आइसियु चलाउन जान्ने दक्ष जनशक्ति नरहेकाले सर्पले डस्नै बित्तिकै सामान्य अवस्थामा ल्याइएका बिरामीको मात्रै उपचार सम्भव हुने गरेको छ । 

नवलपुर सर्पदंश उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवले परियारलाई विष लागेर चिन्ताजनक अवस्थामा ल्याइएकाले १० भाइल एन्टिस्नेक भेनम चढाएर जनकपुर रेफर गरिएको जानकारी दिए। महिलालाई बोली लटपटिएको र थुक्नसमेत नसक्ने अवस्थामा ल्याइएकाले यहाँ उपचार सम्भव नभएको सर्पदंश उपचार केन्द्रका इन्चार्ज यादवको भनाइ छ । 

केही समयअघि बागमती नगरपालिका–११, कर्मैयामा फर्सीको मुन्टा टिप्न जानुभएकी एक महिलालाई गोमन सर्पले डसेपछि समयमै उपचार नपाउँदा मृत्यु भएको थियो । गर्मीका कारण तराई मधेशमा विषालु सर्पको बिगबिगी बढेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाही-४ मा सभापति गगन थापाको वारेसमार्फत उम्मेदवारी दर्ता

सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...

रुकुम पश्चिमबाट जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...

रौतहट-२ मा अफताब आलमका छोराले गराए कांग्रेसबाट उम्मेदवारी दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...

दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...

रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...

जगदीश खरेलले गरे ललितपुर-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...

एमालेलाई नजिस्क्याउन झापाबाट ओलीको चेतावनी

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् ।  मनोनयन दर्ताका क्रममा रास्वपा र ...

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...

भक्तपुर–२ मा दीपशिखाको उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending