काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका कारण मुलुकको शान्ति प्रक्रियाका बाँकी कामहरू अवरुद्ध भएको गम्भीर बताएका छन् ।
एमाले अध्यक्ष ओली शान्ति प्रक्रियाका सन्दर्भमा कहिल्यै पनि सकारात्मक नरहेको र ओलीका विचार, सोच र धारणाहरू ‘दरबारनिकट’ शक्तिहरूसँग मिल्दोजुल्दो रहेको टिप्पणी गर्दै तत्कालीन समयमा दरबारिया शक्तिहरू शान्ति प्रक्रियाको विपक्षमा रहेको र ओलीको सोच पनि उनीहरूसँगै निकट रहेको बताए ।
गुरुङले भने, ‘उनका विचारमा तत्कालीन शान्ति प्रक्रियाका बेला पनि सायद उनको फरक मत रहेछ भन्ने देखिन्छ । त्यसले गर्दा उनका सोचहरू पनि कता कता दरबारनिकटकै नीति र विचारसँग सामिप्य थियो भन्ने लाग्छ । त्यसैले उनको नेतृत्व आएपछि यो प्रक्रिया अवरुद्ध भएको हो ।’ पछिल्लो समय सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी कानुन बनाएर प्रक्रिया अगाडि बढाउने तयारी भए पनि सरकारको नेतृत्व ओलीले नै गरिरहेकाले शान्ति प्रक्रियाले गति लिनेमा गुरुङले आशङ्का व्यक्त गरे । उनले ओली नेतृत्वको सरकार शान्ति प्रक्रियाप्रति दृढतापूर्वक उभिएमा मात्र बाँकी कार्यभार हल हुने, अन्यथा यसलाई केवल राजनीतिक स्वार्थ सिद्ध गर्ने अस्त्रका रूपमा प्रयोग गरिएमा समस्या ज्यूँका त्यूँ रहने खतरा औँल्याए । गुरुङका अनुसार शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू हाल ‘दोबाटो’मा छन्, जसको भविष्य सरकारको नियत र दलहरूको इमानदारीमा निर्भर गर्छ ।
गुरुङले विस्तृत शान्ति सम्झौता केवल माओवादीको मात्र नभएर जनयुद्ध र जनआन्दोलनमा सामेल सबै राजनीतिक शक्तिहरूबीचको साझा सम्झौता भएको स्मरण गराउँदै सम्झौतामा हस्ताक्षर हुँदा तत्कालीन सरकारको तर्फबाट नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र माओवादीको तर्फबाट अध्यक्ष दाहालले नेतृत्व गरेका थिए । गुरुङले कोइरालाको निधनपछि कांग्रेस नेतृत्वले त्यो भावनालाई कति आत्मसात् गर्यो भन्ने विषय समीक्षाको विषय भए पनि माओवादी अध्यक्ष दाहाल निरन्तर नेतृत्वमा रहेकाले आफ्नो पार्टी सम्झौताप्रति पूर्ण प्रतिबद्ध रहेको दाबी गरे ।
उनले शान्ति प्रक्रियामा तत्कालीन एमालेका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले सकारात्मक भूमिका खेलेको तर पार्टी नेतृत्व केपी शर्मा ओलीमा सरेपछि प्रक्रिया अवरुद्ध भएको आरोप दोहोऱ्याए । शान्ति प्रक्रियालाई निष्कर्षमा पुऱ्याउन सबै दलहरू एकजुट हुनुपर्नेमा उनको जोड छ । उनले भने–‘यो कुनै एक पक्षको मात्र नभई मुलुकको ऐतिहासिक परिवर्तनसँग जोडिएको साझा दायित्व हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - २०:०९
सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि १२ जना उम्मेदवार टुङ्ग्याएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि स...
माघ ६ गते, २०८२ - १९:५६
मकवानपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै बागमती प्रदेशसभामा ठूलो फेरबदल देखिएको छ । विभिन्न दलका ६ जना प्रदेशसभा सदस्यहरूले प्रतिनिधिसभा निर...
माघ ६ गते, २०८२ - १९:४०
मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ । उक्त निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन् । विसं...
माघ ६ गते, २०८२ - १९:२२
बुटवल । नेकपा एमालेले रूकुम पूर्वमा प्रतिनिधिसभा निर्वाचनका लागि यसअघि तय गरेको उम्मेदवार परिवर्तन गरेको छ । पार्टीले केन्द्रीय सदस्य खेममान खड्काको ठ...
माघ ६ गते, २०८२ - १९:१२
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सोमबार औपचारिक रूपमा राजीनाम...
माघ ५ गते, २०८२ - २१:०२
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...
माघ ५ गते, २०८२ - २०:४०
धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...
माघ ५ गते, २०८२ - २०:३३
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा
माघ ५ गते, २०८२ - २०:१०
काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...
माघ ५ गते, २०८२ - १९:०२
ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...




प्रतिकृया लेख्नुहोस्: