रौतहट । रौतहटको ईशनाथ नगरपालिका–८ मन्सरी टोलमा सोमबार राति करेन्ट लागेर फेरी एकजनाको मृत्यु भएको छ। आफ्नै खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका ५५ वर्षीय शेख जाफिरको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार आईतवार राति साढे ९ बजे जाफिर खेतमा सिँचाइका लागि जडान गरिएको मोटर सञ्चालन गर्दै गर्दा करेन्ट प्रवाह भएको तारको सम्पर्कमा आएर गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल लगिएको थियो। तर, राति पौने ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रवक्ता रायले न्युज कारखाना लाई जानकारी दिएका छन्।
घटनाको जानकारी प्राप्त भएपछि रामपुरखाप प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल रामपुरखाप प्रहरी चौकीबाट करिब २ किलोमिटर दक्षिणमा पर्दछ। मृतकको शव पोष्टमार्टमका लागि हाल गौर अस्पतालमै राखिएको छ। प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ।
रौतहटमा बिधुतिय करेन्ट लागेर गत आर्थिक बर्षमा २३ जनाको मृत्यु भएको थियो भने हालसम्म २८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकमा उल्लेख गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - २०:०९
सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि १२ जना उम्मेदवार टुङ्ग्याएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि स...
माघ ६ गते, २०८२ - १९:५६
मकवानपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै बागमती प्रदेशसभामा ठूलो फेरबदल देखिएको छ । विभिन्न दलका ६ जना प्रदेशसभा सदस्यहरूले प्रतिनिधिसभा निर...
माघ ६ गते, २०८२ - १९:४०
मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ । उक्त निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन् । विसं...
माघ ६ गते, २०८२ - १९:२२
बुटवल । नेकपा एमालेले रूकुम पूर्वमा प्रतिनिधिसभा निर्वाचनका लागि यसअघि तय गरेको उम्मेदवार परिवर्तन गरेको छ । पार्टीले केन्द्रीय सदस्य खेममान खड्काको ठ...
माघ ६ गते, २०८२ - १९:१२
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सोमबार औपचारिक रूपमा राजीनाम...
माघ ५ गते, २०८२ - २१:०२
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...
माघ ५ गते, २०८२ - २०:४०
धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...
माघ ५ गते, २०८२ - २०:३३
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा
माघ ५ गते, २०८२ - २०:१०
काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...
माघ ५ गते, २०८२ - १९:०२
ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...




प्रतिकृया लेख्नुहोस्: