Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

‘कुलिङ अफ पिरियड’ छाविनमा कांग्रेस-एमालेले राजनीति गरे, दलको कार्यालय बोलाएर दबाब दिए : सापकोटा

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद तथा सङ्घीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’ प्रावधानमा भएको छेडखानीबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिका सदस्य माधव सापकोटाले सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले समितिको काममा राजनीतिक हस्तक्षेप गरेको गम्भीर आरोप लगाएका छन् ।

सांसद सापकोटाले समितिमा सत्तापक्षका सांसदहरूको बाहुल्य रहेको र दुवै दलले आफ्ना सांसदहरूलाई पार्टी कार्यालयमा बोलाएर दबाब दिएको खुलासा गरे । उनले भने, “छानबिन प्रक्रियाका क्रममा सत्तारुढ दलका चारै जना सांसदलाई प्रधानमन्त्रीको पार्टीको संसदीय दलको कार्यालयमा बोलाएर दबाब दिइयो । हामीले स्पष्ट रूपमा दलीय हस्तक्षेप देख्यौँ ।”

सापकोटाका अनुसार, समितिले तथ्य र प्रमाणका आधारमा कारबाहीको सिफारिस गर्न खोजे पनि सत्तारुढ दलहरूको दबाबका कारण प्रतिवेदनमा ‘सम्झौताको भाषा’ प्रयोग गर्नुपरेको छ । उनले थपे, “यो मानवीय त्रुटि होइन, गम्भीर त्रुटि हो । पदीय जिम्मेवारी र आचरण पालना नगरेको निष्कर्ष निकाल्न ठूलो प्रयास गर्नुपर्‍यो ।”

सापकोटाले नेपाली कांग्रेसले समिति सभापति र नेकपा एमालेले मुख्य सचिवलाई जोगाउन पूर्ण शक्ति प्रयोग गरेको दाबी गरे । उनले भने, “सत्तारुढ दलहरूले आफ्ना स्वार्थका लागि समितिको निष्पक्षतामाथि आघात पुर्‍याए । तथापि, हामीले तथ्य र प्रमाणलाई प्रतिवेदनमा समेटेका छौँ ।”

नेपाली कांग्रेसका सांसद जीवन परियारको सभापतित्वमा गठित समितिले २९ दिनमा ३७ बैठक बसेर तयार गरेको प्रतिवेदन मंगलबार सभामुख देवराज घिमिरेलाई बुझाएको छ । प्रतिवेदनले विधेयकको ‘कुलिङ अफ पिरियड’ प्रावधानलाई कमजोर बनाउने गरी गरिएको भाषा परिवर्तनलाई गम्भीर त्रुटिको रूपमा उल्लेख गरेको छ ।

प्रतिवेदनमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुरालाई राजनीतिक र नैतिक रूपमा जिम्मेवार ठहर गरिएको छ । साथै, मुख्य सचिव, सङ्घीय मामिला मन्त्रालयका सचिव र मन्त्रिपरिषद् कार्यालयका कानुन सचिवले पदीय आचरण पालना नगरेको निष्कर्ष निकालिएको छ । 

 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending