Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

झापा, माेरङ र सुनसरीबाट २२ ट्रान्सफर्मर चोरी गर्ने १२ जना पक्राउ

खबरडबली संवाददाता

विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लामा गत माघ १५ यता ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई कोशी प्रदेश प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार मोरङमा ८, सुनसरीमा १२ र झापामा २ गरी कुल २२ ट्रान्सफर्मर चोरी भएका थिए । यी चोरीका घटनामा संलग्न १२ जनालाई पक्राउ गरिएको छ । जसमा ७ जना चोर र ५ जना चोरीको सामान खरिद गर्ने व्यक्ति छन् ।

यो गिरोहले कृषि प्रयोजन र एकान्त स्थानमा राखिएका ट्रान्सफर्मरलाई निशाना बनाउने गरेको थियो । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको विवरणअनुसार पक्राउ पर्ने चोरहरूमा मोरङको ग्रामथान गाउँपालिका–४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), ग्रामथान–५ का ३१ वर्षीय इरज धामी, सुनसरीको दुहबी नगरपालिका–३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), दुहबी–२ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी, मोरङको बेलबारी नगरपालिका–४ का २६ वर्षीय अर्जुन चौधरी, बेलबारी–३ का २७ वर्षीय रञ्जित तामाङ र भारत घर भई सुनसरीको दुहबी–४ मा ससुराली बस्दै आएका ३४ वर्षीय आलम मिया छन् ।

चोरीको सामान खरिद गर्नेहरूमा विराटनगर महानगरपालिका–३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर–६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, सुनसरीको दुहबी–३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी–२ का ३१ वर्षीय कपिल भट्ट र इटहरी उपमहानगरपालिका–४ का ३९ वर्षीय सिताराम राई पक्राउ परेका छन् ।

प्रहरीका अनुसार यो गिरोहले २ करोड मूल्य बराबरका २२ ट्रान्सफर्मर चोरी गरेको थियो । चोरीमा प्रयोग भएका औजारहरूमा २२ थान डायल रेन्च, ३ थान सलाई रेन्च, ३ थान पिलास, ३ थान पेचकस, १ थान छिनो, १ थान साङ्लो, १ थान कैँची र ३ थान ह्याक्सो ब्लेड बरामद गरिएको छ । साथै, चोरीमा प्रयोग भएका ६ वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

यो गिरोहले गत माघ १५ देखि चोरी सुरु गरेको थियो । साउन ९ गते मोरङको रंगेली नगरपालिका–९, इटाभट्टा टोलमा ट्रान्सफर्मर चोरी गर्न गएका ४२ वर्षीय अर्जुनकुमार थारु पक्राउ परेपछि प्रहरीले यो गिरोहलाई पत्ता लगाएको हो । ट्रान्सफर्मर चोरीको अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली खटिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending