काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता जस्ताको तस्तै पारित हुने खतरा देखिएपछि आफ्नो पार्टीले व्याख्यात्मक टिप्पणी र आवश्यक परे आन्दोलनको बाटो राखेर पारित गर्नुपरेको बताएका छन् ।
लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसीसी’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले सुरुदेखि नै एमसीसीबारे गहिरो अध्ययन र छलफल गरेको उल्लेख गरे । “नेकपा कालमा मैले नेतृत्व गरेर एमसीसीबारे अध्ययन गर्न कार्यदल बनाएको थिएँ,” उनले भने, “कार्यदलले सम्झौता अनुमोदन गर्न नहुने निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो ।”
उनले नेकपाको तत्कालीन स्थायी समिति बैठकको प्रसंग जोड्दै भने, “बाहिर प्रचार भइरहेको थियो कि नेपाल इन्डो–प्यासिफिक स्ट्राटेजी (आइपीएस) मा सहभागी भएको छ । तत्कालीन परराष्ट्रमन्त्रीले यो कुरा अस्वीकार गरे पनि पछि अमेरिकाले नेपाललाई सहभागी राष्ट्र घोषणा गरेपछि मन्त्रीले पार्टी र जनतालाई ढाँटेको प्रष्ट भयो ।”
प्रचण्डका अनुसार, त्यतिबेला नेपाली कांग्रेस एमसीसी जस्ताको तस्तै पारित गर्न जोडदार लागिपरेको थियो भने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एमाले नेतृत्वले सम्झौतामा कुनै संशोधन गर्न नहुने अडान राखेका थिए ।
“हामीले जस्ताको तस्तै पारित गर्न नहुने भन्दै एमाले तयार भए नेतृत्व दिन पनि तयार थियौँ,” उनले भने । तर, कांग्रेस र एमालेको अडानका कारण संशोधन सम्भव नभएपछि माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गरेको प्रचण्डले बताए । “संसदबाट अनुमोदन नगरेको भए सम्झौता जस्ताको तस्तै पारित हुने खतरा थियो,” उनले भने ।
माओवादी केन्द्रले एमसीसी र आइपीएसप्रति स्पष्ट र दृढ अडान राखेको दाबी गर्दै प्रचण्डले भविष्यमा कुनै ‘बदमासी’ भए आन्दोलन गर्न सकिने आधारका रूपमा व्याख्यात्मक टिप्पणीलाई प्रस्तुत गरे ।
पुस्तक विमोचन कार्यक्रममा माओवादी केन्द्रका शीर्ष नेताहरू, लेखक लीलामणि पोखरेल र विभिन्न बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: