Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

घुससहित रंगेहात पक्राउ परेका कल्याणपुरका मेयर धरौटीमा रिहा

खबरडबली संवाददाता

काठमाडौं । एक लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारको नियन्त्रणमा पुगेका सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह १ लाख धरौटीमा रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेकोमा बयान तथा थुनछेक बहसपछि विशेष अदालतले १ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको संयुक्त इजलासले १ लाख धरौटीमा छोड्न आदेश दिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । नाला निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीका लागि सेवाग्राहीसँग १ लाख घुस लिएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले मेयरविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ३ को उदफा १ बमोजिम कैद सजाय र बिगोअनुसार जरिवाना हुनुपर्ने मागसहित विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । अनुसन्धानका क्रममा साहले सेवाग्राहीबाट १ लाख घुस लिएको पुष्टि भएपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर देखिएको हो । नगरप्रमुख साहले उक्त नाला निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए ।

आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले साहलाई वडा नम्बर ६ मा सम्पन्न नाला निर्माण कार्यको भुक्तानी प्रक्रिया अगाडि बढाउने क्रममा सेवाग्राहीसँग बिचौलियामार्फत लिएको एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...

कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएनः प्रहरी

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...

बलेलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...

जिल्ला अस्पतालका कर्मचारीलाई सेवाग्राहीको सहजताका लागि निर्देशन

ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...

२६ सय विन्दुमा झर्‍यो नेप्से, एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending