Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

रास्वपा केन्द्रीय समिति बैठक, के–के भयो निर्णय ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपाली नागरिकका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै जारी राखिएको अभियानलाई देशव्यापी बनाउने निर्णय गरेको हो । 

संगठन निर्माणका हरेक गतिविधि हस्ताक्षर अभियान मार्फत प्रभावकारी बनाउने र  इश्रामुल्ला मियाँलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी गराए । रास्वपाका संस्थापक केन्द्रीय सदस्य मियाँले हज कमिटीको अध्यक्ष हुनका लागि केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए ।

बैठकले रिक्त रहेका विभागका प्रमुख समेत तोकेको छ । श्रम तथा उपभोक्ता हित विभाग प्रमुखको जिम्मेवारी श्यामबाबु गौतमले पाएका छन् भने यही विभागको उपप्रमुखमा ललित श्रेष्ठलाई मनोनीत गरिएको छ । सार्वजनिक लेखा समीक्षा विभागको प्रमुख गोकुल सापकोटा तोकिएका छन् ।

केन्द्रीय समिति बैठकले मधेश प्रदेश समितिमा दुई जना सहमहामन्त्री नियुक्त गरेको छ । बाराका गणेश धिमाल र सिरहाका पुनम शाहलाई सहमहामन्त्री बनाइएको छ ।

पार्टीले सम्पादन गर्नुपर्ने विभिन्न रणनीतिक कार्य सम्पादन गर्नका लागि रणनीतिक समूहहरू गठन गर्ने निर्णय गरिएको छ । पार्टीको संगठन वडा, जिल्ला, प्रदेश र केन्द्रसम्म सशक्त बनाउने बैठकले निर्णय गरेको छ ।

संगठनको आवश्यक सबलीकरणका लागि केन्द्रीय समितिका सदस्य तथा केन्द्रीय विभागका  सदस्यलाई जिल्ला जिल्लामा परिचालन गरिने रास्वपाले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...

कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएनः प्रहरी

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...

बलेलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...

जिल्ला अस्पतालका कर्मचारीलाई सेवाग्राहीको सहजताका लागि निर्देशन

ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...

२६ सय विन्दुमा झर्‍यो नेप्से, एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending