Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

रास्वपा केन्द्रीय समिति बैठक, के–के भयो निर्णय ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपाली नागरिकका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै जारी राखिएको अभियानलाई देशव्यापी बनाउने निर्णय गरेको हो । 

संगठन निर्माणका हरेक गतिविधि हस्ताक्षर अभियान मार्फत प्रभावकारी बनाउने र  इश्रामुल्ला मियाँलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी गराए । रास्वपाका संस्थापक केन्द्रीय सदस्य मियाँले हज कमिटीको अध्यक्ष हुनका लागि केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए ।

बैठकले रिक्त रहेका विभागका प्रमुख समेत तोकेको छ । श्रम तथा उपभोक्ता हित विभाग प्रमुखको जिम्मेवारी श्यामबाबु गौतमले पाएका छन् भने यही विभागको उपप्रमुखमा ललित श्रेष्ठलाई मनोनीत गरिएको छ । सार्वजनिक लेखा समीक्षा विभागको प्रमुख गोकुल सापकोटा तोकिएका छन् ।

केन्द्रीय समिति बैठकले मधेश प्रदेश समितिमा दुई जना सहमहामन्त्री नियुक्त गरेको छ । बाराका गणेश धिमाल र सिरहाका पुनम शाहलाई सहमहामन्त्री बनाइएको छ ।

पार्टीले सम्पादन गर्नुपर्ने विभिन्न रणनीतिक कार्य सम्पादन गर्नका लागि रणनीतिक समूहहरू गठन गर्ने निर्णय गरिएको छ । पार्टीको संगठन वडा, जिल्ला, प्रदेश र केन्द्रसम्म सशक्त बनाउने बैठकले निर्णय गरेको छ ।

संगठनको आवश्यक सबलीकरणका लागि केन्द्रीय समितिका सदस्य तथा केन्द्रीय विभागका  सदस्यलाई जिल्ला जिल्लामा परिचालन गरिने रास्वपाले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा एमाले टिकट वितरण : युवालाई पन्छाउँदै पुरानै नेतामाथि भरोसा

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि १२ जना उम्मेदवार टुङ्ग्याएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि स...

प्रतिनिधिसभा चुनावको सरगर्मी बढ्दा बागमतीका ६ प्रदेश सांसदको राजीनामा

मकवानपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै बागमती प्रदेशसभामा ठूलो फेरबदल देखिएको छ । विभिन्न दलका ६ जना प्रदेशसभा सदस्यहरूले प्रतिनिधिसभा निर...

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ । उक्त निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन् । विसं...

रूकुम पूर्वमा प्रचण्डसँग भिड्ने एमाले उम्मेदवार फेरिए, लीलामणि गौतम आए मैदानमा

बुटवल । नेकपा एमालेले रूकुम पूर्वमा प्रतिनिधिसभा निर्वाचनका लागि यसअघि तय गरेको उम्मेदवार परिवर्तन गरेको छ । पार्टीले केन्द्रीय सदस्य खेममान खड्काको ठ...

चुनावी सरकारका मन्त्री घट्दै, ललितपुर २ मा चुनावी मैदानमा हाेमीने सञ्चार मन्त्री खरेलकाे तयारी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सोमबार औपचारिक रूपमा राजीनाम...

एमालेमा टिकट विवाद: देशभर असन्तोष, सचिवालयदेखि जिल्लासम्म विद्रोह

काठमाडौं  । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...

सुदूरपश्चिममा एमालेको टिकट बाँडफाँट: टिकट हो वा त्रासदी ? बझाङ–कञ्चनपुर विवादले उडायो सुर

धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...

गोरखा–२ चुनावी प्रयोगशाला बन्दै

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा

धरान दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइते १३ जनामध्ये ८ गम्भीर

काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...

ओखलढुंगामा सिफारिस नपरेको उम्मेदवार बनाइएको भन्दै एमाले पार्टी कार्यालयमा तालाबन्दी

ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending