Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते

सांकेतिक तस्विर
खबरडबली संवाददाता

सर्लाही । पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्।

आज साँझ जनकपुरबाट मलंगवा आउँदै गरेको ग१ख ९४९४ नम्बरको यात्रीबस ईश्वरपुर नगरपालिका–४ लच्का नजिकै दुर्घटनामा परेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरेका अनुसार दुर्घटनामा परेर बसमा सवार १८ जना यात्रु घाइते भएका छन्।

दुर्घटनामा धनुषा हन्सपुर नगरपालिका–२ का २८ वर्षीय उदित साह, क्षीरेश्वरनाथ नगरपालिका–५ का २७ वर्षीया चन्दादेवी साह, सबैला नगरपालिका–२ का ३८ वर्षीय हरिशंकर साह, मिथिला नगरपालिका–१ का ३५ वर्षीया मन्जुकुमारी महतो, उनका १० वर्षीय छोरा आशिषकुमार र पाँच वर्षीय शुसनकुमार घाइते भएका छन्।

यस्तै सोही दुर्घटनामा परेर सर्लाही कविलासी नगरपालिका–८ का ६८ वर्षीय रामपुकार मुखिया, सोही स्थानका २५ वर्षीया सुमित्रादेवी महतो, मलंगवा नगरपालिका–१२ का ४५ वर्षीया जतारन महतो, ६५ वर्षीया सखिया महतो, लालबन्दी नगरपालिकाका २४ वर्षीया रेणुका गौतम, कबिलासी नगरपालिका–३ का ३३ वर्षीया मुनिकाकुमारी शर्मा, सोही स्थान बस्ने २४ वर्षका धिरजकुमार ठाकुर, हरिपुर नगरपालिका–७ का ३० वर्षीया बिर्जना सिंह, हरिपुर नगरपालिका–९ का ४५ वर्षीया रीता चौधरी घाइते भएका छन्।

दुर्घटनामा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–७ का ३९ वर्षीया कमलाकुमारी महतो, उनका छोरा १४ वर्षीय आशिषकुमार महतो र बर्दिबास नगरपालिका–१का चार वर्षीया श्रृषा पोख्रेल घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका घाइतेको मोडेल अस्पताल लालबन्दी, नवलपुरस्थित सर्लाही लाइफलाइन अस्पताल र शुभस्वतिक अस्पताल बर्दिबासमा उपचार भइरहेको हो। उनीहरु सबैको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए। सवारी र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending