Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते

सांकेतिक तस्विर
खबरडबली संवाददाता

सर्लाही । पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्।

आज साँझ जनकपुरबाट मलंगवा आउँदै गरेको ग१ख ९४९४ नम्बरको यात्रीबस ईश्वरपुर नगरपालिका–४ लच्का नजिकै दुर्घटनामा परेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरेका अनुसार दुर्घटनामा परेर बसमा सवार १८ जना यात्रु घाइते भएका छन्।

दुर्घटनामा धनुषा हन्सपुर नगरपालिका–२ का २८ वर्षीय उदित साह, क्षीरेश्वरनाथ नगरपालिका–५ का २७ वर्षीया चन्दादेवी साह, सबैला नगरपालिका–२ का ३८ वर्षीय हरिशंकर साह, मिथिला नगरपालिका–१ का ३५ वर्षीया मन्जुकुमारी महतो, उनका १० वर्षीय छोरा आशिषकुमार र पाँच वर्षीय शुसनकुमार घाइते भएका छन्।

यस्तै सोही दुर्घटनामा परेर सर्लाही कविलासी नगरपालिका–८ का ६८ वर्षीय रामपुकार मुखिया, सोही स्थानका २५ वर्षीया सुमित्रादेवी महतो, मलंगवा नगरपालिका–१२ का ४५ वर्षीया जतारन महतो, ६५ वर्षीया सखिया महतो, लालबन्दी नगरपालिकाका २४ वर्षीया रेणुका गौतम, कबिलासी नगरपालिका–३ का ३३ वर्षीया मुनिकाकुमारी शर्मा, सोही स्थान बस्ने २४ वर्षका धिरजकुमार ठाकुर, हरिपुर नगरपालिका–७ का ३० वर्षीया बिर्जना सिंह, हरिपुर नगरपालिका–९ का ४५ वर्षीया रीता चौधरी घाइते भएका छन्।

दुर्घटनामा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–७ का ३९ वर्षीया कमलाकुमारी महतो, उनका छोरा १४ वर्षीय आशिषकुमार महतो र बर्दिबास नगरपालिका–१का चार वर्षीया श्रृषा पोख्रेल घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका घाइतेको मोडेल अस्पताल लालबन्दी, नवलपुरस्थित सर्लाही लाइफलाइन अस्पताल र शुभस्वतिक अस्पताल बर्दिबासमा उपचार भइरहेको हो। उनीहरु सबैको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए। सवारी र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...

कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएनः प्रहरी

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...

बलेलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...

जिल्ला अस्पतालका कर्मचारीलाई सेवाग्राहीको सहजताका लागि निर्देशन

ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...

२६ सय विन्दुमा झर्‍यो नेप्से, एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending