विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ ।
कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । उक्त विधेयकलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेपछि विधेयक सर्वसम्मतले पारित भएको हो ।
विधेयकमा कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत र शोभा चेम्जोङले संशोधन प्रस्ताव राखेका थिए । प्रदेशसभा सदस्य बस्नेतले संशोधन प्रस्ताव अस्वीकार भएको थियो भने प्रदेशसभा सदस्य चेम्जोङले प्रस्ताव फिर्ता लिएका थिए ।
आजको बैठकमा ‘कोशी प्रदेशमा सरकार कामकाजको भाषा सम्बन्धममा व्यवस्था गर्न बनेको विधेयक’ सदनमा टेबुल भएको छ । सामाजिक विकासमन्त्री पाँचकर्ण राईले उक्त विधेयक प्रस्ताव गरेका थिए । उनले भाषा आयोगले यस प्रदेशमा १४ वटा भाषाको सिफारिस गरेपनि अहिलेलाई लिम्बू र मैथिली भाषा सरकारी कामकाजका लागि बनाउने भन्दै यसमा सरकारको आर्थिक भार थपिएको खुलासा गरे ।
विशेष समय
बैठकको विशेष समयमा जनता समाजवादी पार्टी कोशी प्रदेशसभाका संसदीय दलका नेता निर्मला लिम्बूले लिम्बू भाषामा भनाइ राखे ।
शून्य समय
बैठकको शून्य समयमा कोशी प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू, गोम्बु शेर्पा, मीना श्रेष्ठ, रामदेव यादव, रामप्रसाद महतो, कमला दर्नाल, शीलादीक्षित कार्की, मैया श्रेष्ठ र भीम पराजुलीले प्रदेशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रदेशसभाको अर्को बैठक यही साउन २६ गते दिउँसो १ बजे बस्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: