काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पछिल्लो समय आफ्नो राजनीतिक सक्रियता उल्लेखनीय रूपमा बढाएका छन् । पार्टीभित्र नेतृत्व हस्तान्तरणको विषयमा अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको विवाद चर्किरहेका बेला श्रेष्ठको सक्रियता राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ ।
उनले छोटो समयमा फरक पार्टीका तीनजना प्रभावशाली नेताहरूसँग भेटवार्ता गरेर वामपन्थी एकताको सम्भावनालाई पुनर्जनन गराउने प्रयास गरेको देखिन्छ । तर, यो सक्रियता केवल वाम एकताको प्रयास हो वा उनको व्यक्तिगत राजनीतिक रणनीति हो ? यसले थुप्रै प्रश्न उब्जाएको छ ।
यसैक्रममा आइतबार श्रेष्ठले नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसँग उनकै निवास डुल्लुमा भेट गरे । यो भेटमा वामपन्थी एकता, कम्युनिष्ट आन्दोलनको भविष्य र समसामयिक राजनीतिक विषयमा गहन छलफल भएको बताइएको छ । यसअघि, उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग पनि भेटवार्ता गरिसकेका छन् । यी भेटघाटहरूले उनको सक्रियता केवल संयोग नभई सुनियोजित रणनीतिक कदम भएको संकेत गरिरहेकाे छ ।
माओवादी केन्द्रभित्र नेतृत्व हस्तान्तरणको विषयले तनाव सिर्जना गरेको छ । दाहालले पार्टी नेतृत्व छाड्ने र नयाँ पुस्तालाई जिम्मेवारी दिने संकेत गरे पनि यसमा शर्मा र श्रेष्ठबीच मतभेद रहेको चर्चा पनि छ । यस्तो अवस्थामा श्रेष्ठको बाह्य भेटघाटलाई उनको नेतृत्वको आकाङ्क्षा र पार्टीभित्रको प्रभाव विस्तार गर्ने रणनीतिका रूपमा पनि हेरिएको छ । उनी वामपन्थी एकताको कुरा उठाएर माओवादीभित्र आफूलाई सन्तुलित र दूरदर्शी नेताको छवि बनाउन खोजिरहेको विश्लेषण गर्न सकिन्छ ।
नेपालको वामपन्थी आन्दोलन विगतमा एकताबद्ध हुँदा शक्तिशाली बनेको इतिहास छ । तर, २०७५ को नेकपा एकता विघटनपछि वामपन्थी शक्तिहरू छरिएर कमजोर बनेका छन् । श्रेष्ठको हालको सक्रियता यसलाई पुनर्जनन गर्ने प्रयासको हिस्सा हुन सक्छ । खनाल, विप्लव र भुसालजस्ता नेताहरूसँगको भेटले उनले वैचारिक र रणनीतिक आधारमा एकताको सम्भावना खोजिरहेको देखाउँछ । यद्यपि, फरक–फरक धार र स्वार्थ बोकेका यी दलहरूबीच एकता सहज छैन ।
यद्यपी श्रेष्ठको बढ्दो सक्रियता माओवादीभित्रको आन्तरिक सङ्कट, नेतृत्वको आकाङ्क्षा र वामपन्थी एकताको खोजीको सम्मिश्रण हो । उनको यो कदमले माओवादी केन्द्रलाई नयाँ दिशा दिने सम्भावना त छ, तर फरक वैचारिक धार र नेताहरूको व्यक्तिगत स्वार्थले चुनौती थपिरहेको छ । आगामी दिनमा उनको सक्रियताले कस्तो रूप लिन्छ, त्यसले नेपालको वामपन्थी आन्दोलनको भविष्यमा महत्त्वपूर्ण प्रभाव पार्ने बताइन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: