Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

हास्य कलाकारको व्यंग्य:ओलीको बोली देश र जनतालाई झेली

खबरडबली संवाददाता

काठमाडौं । गाईजात्रा पर्वको अवसरमा रिपोर्टर्स क्लब नेपालले हास्यकलाकारहरूसँग साक्षात्कार कार्यक्रम कलाकारहरुले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकाे बाेलीलाई लिएर कडा व्यंगय गरेका छन ।

साक्षात्कार कार्यक्रम कलाकाहरुले ओलीको बोली देश र जनतालाई झेली भन्ने संकेत गरेर व्यंग्य गरेका हुन् । यसरी वंग्य गर्नेहरु हास्यकलाकारहरू सन्तोष खनाल, सुयशा खनाल, सुवोध गौतम, दमन रूपाखेती, दिनेश काफ्ले, प्रभात लामा, सुन्दर खनाल, हिमेश पन्तलगायत थिए । 

व्यंग्यात्मक प्रस्तुतिमा हास्यकलाकार दमन रूपाखेतीले प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि व्यंग्य गरेका थिए । उनले वृद्ध नेताहरूलाई राजनीतिबाट सन्यास लिन सुझाव दिँदै ओलीमाथि कटाक्ष गरेका थिए । 

‘ओलीको बोलीले देश र जनतालाई झेली । आफूमात्र ठीक, अरूलाई बेठीक ठान्ने । आफूलाई मान्नेलाई कार्यकर्ता, नमान्नेलाई पार्टीबाट हटाउने । कम्युनिष्टको नाममा कमाउनिष्ट भएर जनतालाई ठग्ने गाईजात्रे ओलीलाई सबै मिलेर बाँधौँ ।’ हास्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले भ्रष्टाचारमाथि कवितात्मक व्यंग्य प्रस्तुत गरेका थिए ।

‘राम्रा मान्छे पनि बिग्रिन्छन्, सदनभित्र छिरेपछि। भ्रष्टाचारको बोरा निस्किन्छ, मन्त्री–सांसदको भुँडी चिरेपछि । कलाकारहरुकाे व्यंग्य थियाे । उनले २२ वर्षदेखि गाईजात्रा गर्दै आएको र यसपटक ओएसआर डिजिटलमार्फत ‘मिसन नौटङ्की’ प्रस्तुति दिएको बताए ।

हास्यकलाकार श्रीकृष्ण सिम्खडाले प्रचण्ड, देउवालगायतको क्यारिकेचर प्रस्तुत गर्दै आफ्नो रचना रहेको गीत सुनाए । कलाकार राजा राजेन्द्रले देशमा सधैं नकारात्मक कुरामात्र नदेख्न आग्रह गरे । उनले भने, ‘पहिला ऋणको अनुपात के थियो, अहिले के छ ? पहिला विद्युतीकरण कति थियो, अहिले कति छ ? पढेलेखेका मान्छेले यस्ता कुरा बुझ्नुपर्छ ।’ भने ।

वरिष्ठ हास्यकलाकार शैलेन्द्र सिम्खडाले २०३७ सालदेखि गाईजात्रामा निरन्तर सहभागिता जनाउँदै आएको बताए । उनले हास्य–व्यंग्यमार्फत समाजमा सकारात्मक सन्देश फैलाउने आफ्नो उद्देश्य रहेको उल्लेख गरे । उनले भने, ‘अहिले त गाईजात्रा दैनिक सडकमै भइरहेको छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: हालसम्म ७२० मत खस्यो

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म ७ सय २० मत खसेको छ । दिउँसो साढे चार बजेसम्म ७ सय २० मत खसेको हो । बिहान करिब साढे ९ बजे...

जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण

धनुषा  । जापान सरकारको आर्थिक सहयोगमा धनुषामा दुई वटा सामुदायिक विद्यालयको भूकम्प प्रतिरोधात्मक एवं सुविधासम्पन्न भवन निर्माण भएकोे छ । प्लान इन्टनेसन...

हुम्लाबाट काठमाडौंसम्म पहिलो पटक सिधा बस सेवा सुरु

हुम्ला । हुम्लाबाट काठमाडौंसम्म पहिलो पटक नियमित बस सेवा सुरु भएको छ। बुधबारदेखि यो सेवा सञ्चालनमा आएको हो। हुम्ला हिल्सा यातायात प्रालिका सञ्चालक ...

भक्तपुरको बालकोटका एमाले नेताहरु नेकपा प्रवेश

भक्तपुर । भक्तपुरको बालकोट–२ वडाका नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीको एकता अभियानमा सहभागी भएका छन् । उनीहरू आज नेपाली...

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending