Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

हास्य कलाकारको व्यंग्य:ओलीको बोली देश र जनतालाई झेली

खबरडबली संवाददाता

काठमाडौं । गाईजात्रा पर्वको अवसरमा रिपोर्टर्स क्लब नेपालले हास्यकलाकारहरूसँग साक्षात्कार कार्यक्रम कलाकारहरुले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकाे बाेलीलाई लिएर कडा व्यंगय गरेका छन ।

साक्षात्कार कार्यक्रम कलाकाहरुले ओलीको बोली देश र जनतालाई झेली भन्ने संकेत गरेर व्यंग्य गरेका हुन् । यसरी वंग्य गर्नेहरु हास्यकलाकारहरू सन्तोष खनाल, सुयशा खनाल, सुवोध गौतम, दमन रूपाखेती, दिनेश काफ्ले, प्रभात लामा, सुन्दर खनाल, हिमेश पन्तलगायत थिए । 

व्यंग्यात्मक प्रस्तुतिमा हास्यकलाकार दमन रूपाखेतीले प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि व्यंग्य गरेका थिए । उनले वृद्ध नेताहरूलाई राजनीतिबाट सन्यास लिन सुझाव दिँदै ओलीमाथि कटाक्ष गरेका थिए । 

‘ओलीको बोलीले देश र जनतालाई झेली । आफूमात्र ठीक, अरूलाई बेठीक ठान्ने । आफूलाई मान्नेलाई कार्यकर्ता, नमान्नेलाई पार्टीबाट हटाउने । कम्युनिष्टको नाममा कमाउनिष्ट भएर जनतालाई ठग्ने गाईजात्रे ओलीलाई सबै मिलेर बाँधौँ ।’ हास्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले भ्रष्टाचारमाथि कवितात्मक व्यंग्य प्रस्तुत गरेका थिए ।

‘राम्रा मान्छे पनि बिग्रिन्छन्, सदनभित्र छिरेपछि। भ्रष्टाचारको बोरा निस्किन्छ, मन्त्री–सांसदको भुँडी चिरेपछि । कलाकारहरुकाे व्यंग्य थियाे । उनले २२ वर्षदेखि गाईजात्रा गर्दै आएको र यसपटक ओएसआर डिजिटलमार्फत ‘मिसन नौटङ्की’ प्रस्तुति दिएको बताए ।

हास्यकलाकार श्रीकृष्ण सिम्खडाले प्रचण्ड, देउवालगायतको क्यारिकेचर प्रस्तुत गर्दै आफ्नो रचना रहेको गीत सुनाए । कलाकार राजा राजेन्द्रले देशमा सधैं नकारात्मक कुरामात्र नदेख्न आग्रह गरे । उनले भने, ‘पहिला ऋणको अनुपात के थियो, अहिले के छ ? पहिला विद्युतीकरण कति थियो, अहिले कति छ ? पढेलेखेका मान्छेले यस्ता कुरा बुझ्नुपर्छ ।’ भने ।

वरिष्ठ हास्यकलाकार शैलेन्द्र सिम्खडाले २०३७ सालदेखि गाईजात्रामा निरन्तर सहभागिता जनाउँदै आएको बताए । उनले हास्य–व्यंग्यमार्फत समाजमा सकारात्मक सन्देश फैलाउने आफ्नो उद्देश्य रहेको उल्लेख गरे । उनले भने, ‘अहिले त गाईजात्रा दैनिक सडकमै भइरहेको छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: