बनेपा । मरेपछि बैतर्नी तर्न छोराले काजकिरिया गर्नुपर्ने रुढीवादी परम्परा विस्तारै छोरीहरूले तोड्दै आएका छन् । यसको पछिल्लो उदाहरण हुन् – बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटा । उनी दिवंगत बुवा हरिप्रसाद सापकोटालाई दाहसंस्कार गरेर काजकिरियामा बसेकी छिन् ।
विमलासहित उनका दुई बहिनीहरू निर्मला र राधिका पनि बाबुको काजकिरियामा बसेका छन् । बुवाको ९१ वर्षको उमेरमा हिजो आइतबार निधन भयो । छोरा नभएका र छोरीहरुमात्रै रहेका सापकोटालाई दागबत्ती कसले देला र काजकिरिया कसले गर्ला भन्ने चर्चाका बीच उनका छोरीहरूले दागबत्ती दिएर दाहसंस्कार गरे ।
जब काजकिरिया गर्न छोरीहरू नै अग्रसर भए तब समाजले त्यसलाई स्वीकार्न चाहेन । तर, उनीहरु पछि हटेनन् । समाजको बहिष्कारको चेतावनीकाबीच बाबुको किरियामा बसे । आफूहरू किरियामा बस्दै गर्दा बहिष्कार गर्ने मिटिङ बसिरहेको थाहा पाएपछि बिमलाले सामाजिक सञ्जालबाटै आक्रोशसमेत व्यक्त गरेकी छन् ।
उनले लेखेकी छन्, ‘महिला माथिको बिभेद कहिले अन्त्य हुन्छ आफ्नु बाउको काजकिरिया गर्दा सामाजिक बहिष्कारको मिटिङ हुँदैछ । यो समाज र दाजुभाइ भन्नेहरुले हामीलाई पीडा माथि पीडा थप्ने बहस र बैठक तुरुन्त रोक्न अनुरोध छ । हामीले अरु कसैको वंशमा दखल गरेका छैनौ हामी अब थप पीडा सहन सक्ने अवस्था मा छैनौ ।’
उनले आफूहरू बहिष्कार हुन तयार रहेको भन्दै कानुन र संविधानविपरीत काम नगर्न चेतावनीसमेत दिएकी छन् । आफूहरूले गरेको यो कार्यले हजारौं छोरीहरुमाथि न्याय हुने बिमलाले उल्लेख गरेकी छन् ।
उनले थप लेखेकी छन्, ‘ख्याल गर तिमीहरूले चलाएको बहस कानुन र संविधानको पनि बर्खिलाब छ । हामीले गरेको यो कामले हजारौं छोरी माथि न्याय हुनेछ । खबरदार यो छलफल र बहस रोकी हाल हामी बहिष्कार हुन तयार छौ । १३ दिन हाम्रो बुवाको घरमा बसेर काजकिरिया गर्न देउ पीडा नदेउ । १३ दिनपछि सदाको लागि माइतीको ढोका बन्द गरेर कर्म घर फर्कने छौ । समाजको डर लाग्नेहरू कृपया हामीलाई साथ दिनु पर्ने बाध्यता नसम्झनु होला तपाईं स्वतन्त्र हुनुहुन्छ ।’
सापकोटा दिदीबहिनीहरू किरियामा बसेको र उनीहरूलाई सामाजिक बहिष्कारको प्रयास भएकोप्रति धेरैले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । सापकोटा दिदीबहिनीको कदमलाई समर्थन गर्दै सामाजिक सञ्जालमा हजारौं पोष्टहरु शेयर भएका छन् ।
छोरीहरुको काजकिरिया गर्न सुरुमा सापकोटा परिवारका पुरोहितले अनुमति दिएका थिए । तर, समाजले पुरोहितलाई पनि बहिष्कार गर्ने खालको धम्की दिएपछि उनी पनि पछि हटेको र अर्का पुरोहितबाट काजकिरियाको काम भइरहेको छ । पुरोहित दीपक सुवेदीले काजकिरिया गरारइरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - २१:०२
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...
माघ ५ गते, २०८२ - २०:४०
धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...
माघ ५ गते, २०८२ - २०:३३
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा
माघ ५ गते, २०८२ - २०:१०
काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...
माघ ५ गते, २०८२ - १९:०२
ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...
माघ ५ गते, २०८२ - १८:५९
काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...
माघ ५ गते, २०८२ - १८:४०
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...
माघ ५ गते, २०८२ - १८:३१
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...
माघ ५ गते, २०८२ - १८:३०
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...
माघ ५ गते, २०८२ - १८:१६
धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...




प्रतिकृया लेख्नुहोस्: