उदयपुर । अविरल वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–३ मा ११९ घर डुबानमा परेका छन् ।
स्थानीय गिदेरी खहरे खोला गाउँ पस्दा एबिसी टोलका ४० र जुलेफी टोलका ७९ घर प्रभावित भएका हुन् ।
वडाध्यक्ष टंकप्रसाद आचार्यका अनुसार खोलाको पानी गाउँ पस्दा सरस्वती आधारभूत विद्यालयसहित घरहरूको भुइँतला डुबानमा परेको छ । ‘अहिले खोलाको जलस्तर घट्दै गएकाले घरमा बस्न सकिने अवस्था देखिन्छ,’ उनले भने ।
भुइँतलाका सामान माथिल्लो तलामा सारिएकाले खाद्यान्न र लत्ताकपडा सुरक्षित रहेको र कुनै मानवीय क्षति नभएको उनले बताए ।
डुबानका कारण सरस्वती आधारभूत विद्यालयमा पठनपाठन रोकिएको छ । विद्यालय र घरहरूमा बालुवासहितको लेदो पसेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले खहरे खोलाको जलस्तर बढ्दा गाउँ प्रभावित भएको र कुनै मानवीय वा पशुचौपायाको क्षति नभएको जानकारी दिए । ‘खोलाको पानी गाउँ पसे पनि अहिले अवस्था सामान्य बन्दै गएको छ,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले डुबान क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले निरीक्षण गरिरहेको बताए । ‘झन्डै ८० घर डुबानमा परेको प्रारम्भिक जानकारी आएको छ, तथ्यांक संकलन जारी छ,’ उनले भने । ‘पानीको स्तर घट्दै गएकाले जोखिम नरहेको र स्थानीयहरू घरमै बस्न सक्ने अवस्था छ ।’ यसैबीच, अविरल वर्षाका कारण सप्तकोशी नदीको तटीय क्षेत्रमा निगरानी बढाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: